Posts

Showing posts from December, 2023

एकाइ : १० जनसंख्या र यसको व्यस्थापन

  पाठ : १  राष्ट्रिय जनगणना २०७८ अनुसार  नेपालको जनसंख्या  एक झलक  कुल जनसंख्या :  २,९१,६४,५७८ पुरूषको जनसंख्या : १,४२,५३,५५१ महिलाको जनसंख्या : १,४९,११,०२७ वार्षिक वृद्धिदर : ०.९२% राष्ट्रिय जनघनत्व : १९८ जना प्र. व.कि.मी. भौगोलिक बनोटका आधारमा नेपालको जनघनत्व            * तराई :   ४६०           * पहाड :  १९२           * हिमाल :  ३४           * सबै भन्दा बढी जनघनत्व भएको जिल्ला : काठमाडौ : ५१६९ जना           * सबैभन्दा कम जनघनत्व भएको जिल्ला : मनाङ :  ३ जना  सबैभन्दा बढी जनसंख्या भएको जिल्ला : काठमाडौ (२०४१५८७) सबैभन्दा कम जनसंख्या भएको जिल्ला : मनाङ (५६५८) नगरपालिकामा बसोबास गर्नेको जनसंख्या : ६६.१७% गाउँपालिकामा बसोबास गर्नेको जनसंख्या : ३३.८३% १५ वर्ष देखि ५९ वर्षका मानिसको जनसंख्या : ६१.९६% १४ वर्ष भन्दा कम उमेर भएकाहरूको जनसंख्या : २८.८३% ६० वर्ष भन्दा माथि उमेर भएकाहरूको जनसंख्या : १०.२१% साक्...

एकाइ : ९ हाम्रो अन्तराष्ट्रिय सम्वन्ध

Image
  पाठ : १  नेपालको परराष्ट्र नीति  राष्ट्रिय हितका निमित अन्य देश तथा अन्तराष्ट्रिय संघ संस्था राखिने सम्बन्धका मार्ग दर्शन तथा आधारलाई परराष्ट्र नीति भानिन्छ |   सार्वभौमसता, भौगोलिक अखंडता, स्वतन्त्रता, आर्थिक सम्वृद्धिलाई संरक्षण गर्दै विश्वव्यापी शान्ति, सद्भाव सुरक्षामा योगदान पपर्याउनु नेपालको परराष्ट्र नीतिको प्रमुख उद्देश्य हो |   नेपालको परराष्ट्र नीतिका आधारहरु पंचशील प्रति आस्था  असंलगनता  संयुक्त राष्ट्र संघको वडापत्र प्रति आस्था  अन्तराष्ट्रिय कानुन  क्षेत्रीय सहयोग अभिवृद्धि गर्न जोड  नि:शस्त्रीकरण  भूपरिवेष्टित मुलुकहरुको हकहितको सुरक्षा  समस्याहरुको शान्तिपूर्ण समाधान  असल छिमेकीपनको भावना   पंचशिलका सिद्धान्तहरु  पंचशिलको सिद्धान्त नेपालको परराष्ट्र नीतिको मूल आधार हो | भारत र चिन बीच सन् १९५४ मा  भएको दौत्य सम्बन्ध यहि पंचाशिलका सिद्धान्तलाई आधार बनाएर गरिएको थियो | पछी सन् १९५५ मा भएको वांगदुङ  सम्मेलन यस सिद्धान्तलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरेको हो |  एक मुल...

एकाइ : ८ हाम्रो आर्थिक क्रियाकलाप

पाठ : १  जलस्रोत : उर्जाको एक महत्वपूर्ण स्रोत  कुनै पनि भौतिक वा रासायनिक पदार्थको प्रयोगबाट उत्पन्न हुने शक्तिलाई उर्जा भन्दछन | पेट्रोलियम पदार्थ, कोइला, सुर्य, हावा, पानी आदि उर्जाका स्रोतहरू हुन् | उर्जा नवीकरणीय र अनवीकरणीय गरि दुई प्रकारका         हुन्छन् | सुर्य, पानी, वायु आदि  नवीकरणीय उर्जाका स्रोतहरू हुन् भने पेट्रोलियम पदार्थ, दाउरा, फोहर आदि अनवीकरणीय  उर्जाका स्रोतहरू हुन् | नेपाल जलस्रोतको लागि धनि मुलुक हो | यो देश जलविधुतका लागि अति उपयुक्त छ | प्राविधिक रुपमा नेपाल करिव ४४,३७० मेगावाटका लागि उपयुक्त रहेकोछ भने सैद्धान्तिक रुपमा ८३,००० मेगावाटका लागि उपुक्त रहेको एक अध्ययनले देखाएको छ | नेपाल सरकारले  वि. स. २०७५ देखि २०८५ को दसकलाई उर्जा तथा जलस्रोत दसक घोषणा गरेको छ |   उर्जाको महत्व  हिम शृंखलाबाट बहने पहिलो स्तरका नदीहरूबाट प्रशस्त्र मात्रामा जलविधुत उत्पादन गरि छिमेकी देशहरूमा निर्यात गरेर वैदेशिक मुद्राको आर्जन गरि  मुलुकको अर्थ तन्त्रलाई बलियो बनाउन सकिन्छ |  जलविधुतको सहि सदुपोगद्वारा पे...

एकाइ : ७ हाम्रो विगत

  एकाइ : ७ हाम्रो विगत एकाइगत सिकाइ उपलव्धिहरु  वि. स. २००७ साल देखि २०४६ साल सम्मको प्रमुख राजनीतिक घटनाक्रम र त्यसले सामाजिक र आर्थिक पक्षमा परेको प्रभावहरु वर्णन गर्न |  वि. स. २०४६ साल देखि हालसम्मको राजनीतिक घटनाक्रम र यसले सामाजिक र आर्थिक पक्षमा परेको प्रभावहरुको खोजि गर्न |  प्रथम र दोश्रो विश्वयुद्धका कारण र प्रभ्गाव/परिणाम उल्लेख गर्दै यी युद्धमा नेपाल र नेपालीले खेलेको भूमिका प्रस्तुत गर्न  |  आफ्नो क्षेत्रका ऐतिहासिक स्थल एवंम् स्मारखारुको खोजी पहिचान, संरक्षण र सम्वर्धन गर्न |    नयाँ शव्दहरु  संक्रमणकाल  सन्धि  निरङ्कुश शासन  क्रान्ति  भारदार  प्रचण्ड गोरखा - वि. स. १९८८ मा स्राथापित जनीतिक संगठन  नेपाल प्रजापरिषद -  वि. स. १९९३, जेस्ठ २० मा स्थापित पहिलो राजनीतिक दल  नेपाली राष्ट्रिय कांग्रेस - वि. स.  २००२, माघ १२ गते मातृका प्रसाद कोइरालाको नेतृत्वमा स्थापित राजनीतिक दल । नेपाली प्रजातान्त्रिक कांग्रेस  - वि. स. २००५, साउन २० गते सुवर्ण शमशेरको नेतृत्वमा स्थापित राजनीतिक ...

एकाइ : ६ हाम्रो भूगोल

Image
    पाठ : १  हावापानीलाई प्रभाव पार्ने तत्वहरु   हावापानी  पृथ्वीको कुनै पनि स्थानको लामो समयसम्मको मौसम, वायुमंडल तथा जलवायुको औसत अवस्थालाई हावापानी भानिन्छ |  यो एउटा लामो समयसम्म चलीरहने प्रक्रिया हो |  अक्षांस, सामुद्रिक छाल आदि कुनै पनि स्थानको हावापनीलाई प्रभाव पार्दछ भने अति गर्मि, मध्यम हावापानी तथा अति ठण्डा यसका उधाहरणहरु हुन् |  हावापानीलाई प्रभाव पार्ने तत्वहरू अक्षांश  उचाई  जमिनको मोहडा सामुद्रीक धार  सामुद्रीक दुरी   वायुको बहाव दिशा   पाठ :  उष्ण हावापानी क्षेत्र पाठ :  समशितोष्ण सामुद्रीक हावापानी क्षेत्र  अवस्थिती  समशितोष्ण सामुद्रीक हावापानी क्षेत्र पृथ्वीको उत्तरी गोलार्धको ४५° देखि ६०° अक्षांश र दक्षिणी गोलार्धमा ४०° देखि ५०° अक्षांशक बिच फैलिएको छ।  समशितोष्ण हावापानी क्षेत्र समशितोष्ण मनसुनी हावापानी  अवस्थित  समशितोष्ण  मनसुनी हावापानी उत्तरी गोलार्धमा ३०° देखि ४५° अक्षांश र दक्षिणी गोलार्धमा ३०° देखी ४०° अक्षांश वरिपरि पाइन्छ । उत्तरी र मध्य ...