एकाइ : ९ हाम्रो अन्तराष्ट्रिय सम्वन्ध
पाठ : १
नेपालको परराष्ट्र नीति
राष्ट्रिय हितका निमित अन्य देश तथा अन्तराष्ट्रिय संघ संस्था राखिने सम्बन्धका मार्ग दर्शन तथा आधारलाई परराष्ट्र नीति भानिन्छ | सार्वभौमसता, भौगोलिक अखंडता, स्वतन्त्रता, आर्थिक सम्वृद्धिलाई संरक्षण गर्दै विश्वव्यापी शान्ति, सद्भाव सुरक्षामा योगदान पपर्याउनु नेपालको परराष्ट्र नीतिको प्रमुख उद्देश्य हो |
नेपालको परराष्ट्र नीतिका आधारहरु
- पंचशील प्रति आस्था
- असंलगनता
- संयुक्त राष्ट्र संघको वडापत्र प्रति आस्था
- अन्तराष्ट्रिय कानुन
- क्षेत्रीय सहयोग अभिवृद्धि गर्न जोड
- नि:शस्त्रीकरण
- भूपरिवेष्टित मुलुकहरुको हकहितको सुरक्षा
- समस्याहरुको शान्तिपूर्ण समाधान
- असल छिमेकीपनको भावना
पंचशिलका सिद्धान्तहरु
पंचशिलको सिद्धान्त नेपालको परराष्ट्र नीतिको मूल आधार हो | भारत र चिन बीच सन् १९५४ मा भएको दौत्य सम्बन्ध यहि पंचाशिलका सिद्धान्तलाई आधार बनाएर गरिएको थियो | पछी सन् १९५५ मा भएको वांगदुङ सम्मेलन यस सिद्धान्तलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरेको हो |
- एक मुलुकले अर्को मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रिय अखण्डताको सम्मान गर्ने |
- अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने |
- समानता र पारस्परिक हित कायाम गर्ने |
- एउटा मुलुकले अर्काको मुलुकविरुद्ध आक्रमण नगर्ने (अनाक्रमण) |
- शान्तिपूर्ण सहअस्तित्वको भावनालाई स्वीकार गर्ने |
पंचशिलका सिद्धान्तका महत्व
पंचशीलका सिद्धान्तहरु विश्व शान्तिका लागि महत्वपूर्ण आधार मनिन्छ | यस सिद्धान्तका महत्वलाई निम्न बुंदाहरु द्वारा प्रष्ट पार्न सकिन्छ |
- पंचाशिलका सिद्धान्तहरुलाई आधार बनाई विश्वमा शान्ति स्थापना गर्न सकिन्छ |
- देश - देशबिचको बैमनश्यता तथा अस्वस्थ प्रतिस्प्रधा कम गरी सहयोग तथा सहकार्यको भावनालाई विकास गर्न सकिन्छ |
- विश्वका प्रत्येक मुलुकको सार्वभौमिक समानता, राष्ट्रिय अखंड़ताको रक्षा गर्न सहयोग पुग्दछ |
- विश्वबन्धुत्वको भावना विकास गर्न सहयोग पुग्दछ |
- कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप हुँदैन |
पाठ : २
संयुक्त राष्ट्र संघ
दोश्रो विश्व युद्धको अन्त्य संगै सन् १९४५, अक्टोबर २४ मा ५१ वटा स्वतन्त्र राष्ट्रहरुले एउटा अन्तराष्ट्रिय संस्थाको स्थापना गरे, जसलाई संयुक्त राष्ट्र संघ भन्दछन् | सन् १९४५, जुन २६ मा सन् फ्रान्सिस्को सम्मेलनद्वारा संयुक्त राष्ट्र संघको वडापत्रलाई पारित गरेका थिए | यस वडापत्रमा १९ भाग र १११ धारा छन् | यसको मुख्य कार्यालय संयुक्त राज्य अमेरिका न्युयोर्कमा छ| अंग्रेजी, फ्रेन्च, रुसी, चिनिया, अरबी र स्पेनिस यसका प्रमुख भाषाहरु हुन् | हाल दक्षिण सुडान सहीत १९३ राष्ट्रहरु यस संस्थाका सदस्यका रुपमा रहेका छन् भने नेपालले सन् १९५५, डिसेम्बर १४ का दिन १४७ औं सदस्यका रुपमा सदस्यता प्राप्त गरेको छ |
संयुक्त राष्ट्र संघ स्थापनाका प्रमुख उद्देश्यहरु
- विश्वमा शान्ति र सुरक्षा स्थापना गर्नु |
- आर्थिक, सामाजिक तथा संस्कृतिक विकासमा अन्तराष्ट्रिय सहयोग जुटाउनु|
- समान अधिकारका लागि विश्वका राष्ट्रहरुबीच पारस्परिक सम्बन्धको विकास गर्नु |
- सम्पूर्ण मानवजातिको आधारभूत आवश्यकता र अधिकारको संरक्षण गर्नु, आदि ।
संयुक्त राष्ट्र संघका अंगहरु
- महासभा
- सुरक्षा परिषद
- आर्थिक तथा सामाजिक परिषद
- जिम्मा जमानी परिषद
- अन्तराष्ट्रिय न्यायालय
- सचिवालय
संयुक्त राष्ट्रसंघका विशिष्टकृत संस्थाहरु
खाद्ध तथा कृषि संघठन
स्थापना : १६ अक्टोबर, १९४५
मुख्यालय : रोम, ईटाली
कार्यहरु :
- भोकहरु विरुद्ध लडनका लागि अन्तराष्ट्रिय प्रयाशाहरुको नेतृत्व लिई आफ्नो कार्य अगाडी बढाउछ |
- विश्वमा खाद्दय उत्पादन र वितरणको कार्य सुधार ल्याउने र खाद्द्य समस्यालाई कम गर्ने |
- ग्रामिण क्षेत्रका जनताको जीवनस्तरमा सुधार ल्याउन देशहरूलाई सहयोग गर्ने |
- पोषण र जीवनस्तर उकास्न विभिन्न देशहरुलाई आर्थिक तथा प्रविधिक सहयोग प्रदान गर्ने
पाठ : ६
विश्वव्यापीकरण
राष्ट्रिय,आर्थिक,सामजिक तथा प्राविधिक क्रियाकलापलाई विश्वव्यापी संजालमा आवद्ध गर्ने क्रियाकलाप विश्वव्यापीकरण हो। विश्वव्यापीजरणलाई भूमण्डलीकरण पनि भानिन्छ। यो कुनैपनी वस्तु,सेवा तथा प्रविधको सिमारहित प्रवाहलाई विश्व्यापीकरण मानिन्छ।
विश्वव्यापीकरणका महत्वहरू
- विश्वव्यापीकरणले राष्ट्रिय अर्थतन्त्रलाई अन्तरास्ट्रियकरण गर्न सहयोग गर्दछ।
- यसले अर्थव्यवस्थालाई एक आपसमा आबद्ध बनाई आयात तथा निर्यातलाई खुकुलो बनाउछ।
- राष्ट्रको राष्ट्रिय आय, बचत, उत्पादन तथा रोजगारी अभिवृद्धि गर्दछ।
- विश्वव्यापकरणले विश्व एक ग्राम हो भन्ने मान्यता सहित सीमा बिहिन समुदायको निर्माणमा वकालत गर्दछ।
- विश्वव्यापीकरणले सुचना तथा प्रविधीको विकास गराई विश्वव्यापी रुपमै सामाजिक सन्जालमा आबद्ध गराउँदछ।
- सुशासन,विधिको शासन, मानव अधिकार, सामाजिक न्याय,समावेशिकरण आदि पक्षको संरक्षण र सम्वर्धन गर्दछ।
विश्वव्यापीकरणका आयामहरू
- आर्थिक आयाम/ पक्ष
- सामाजिक तथा सांस्कृतिक आयाम /पक्ष
- राजनितिक आयाम
- वातावरणिय आयाम।
विश्वव्यापीकरणका सकारात्मक पक्षहरू
- लोकतान्त्रिक मुल्यमान्यताको विकासमा वृद्धि हुन्छ।
- बहुलवाद, सुशान, विधिको शासन तथा उत्तरदायी शासन कायम हुन्छ ।
- आर्थिक उदारता, निजीकरण तथा विप्रेषणमा वृद्धि हुन्छ।
- वैदेशिक लगानीमा वृद्धि भइ देशमा रोजगारीको वातावरण सृजना हुन्छ।
- विश्वव्यापी सामाजिक संजालको विकास हुन्छ।
- मजदुरको हकको संरक्षण हुन्छ।
- हरेक क्षेत्र तथा तहहरूमा सुचना प्रविधिको प्रयोग हुन्छ।
विश्वव्यापीकरणका चुनौती तथा समस्याहरू
- राजनितीक अस्थिरता रहने र वैदेशिक हस्तक्षेप बढने संभावना उच्च रहन्छ साथै अलोकतान्त्रिक प्रतिस्पर्धा बढ्ने खतरा रहन्छ।
- धनी र गरिवबिचको खाडल बढ्छ ।
- परनिर्भरताको अवस्था बढदछ।
- मौलिक सामाजिक मुल्यमान्यतामा ह्रास आउँछ।
- वैदेशिक भाषाको प्रभावले मातृभाषाको प्रयोगमा कमि आउँछ।
- बौद्धिक पलायनमा वृद्धि हुन्छ।
- साइबर अपराधमा वृद्धि आउँछ।
स्थानियकरण
कुनै पनि वस्तु, सेवा तथा प्रविधिलाई निश्चित क्षेत्रमा सिमित गर्ने कार्यलाई स्थानीयकरण भन्दछन।स्थानीयकरणले स्थानीय विशेषलाई ध्यान दिने गर्दछ।
स्थानियकरणका महत्वहरू
- स्थानियकरणले स्थानिय स्तरमा रहेका मौलिक धर्म तथा संस्कृतिको संरक्षण तथा सम्वर्धन हुन्छ।
- विकासका कार्यहरू स्थानीय स्तरका जनता केन्द्रित हुन्छ।
- स्थानियकराणले राष्ट्रियताको संरक्षण र सम्वर्धन गर्न सहयोग गर्दछ।
- स्थानिय स्तरमा उपलव्ध स्थानिय श्रम, पूँजी तथा प्रविधिको उच्चतम प्रयोग हुन्छ।
- स्थानिय स्तरको वातावरणको संरक्षण हुन्छ।
स्थानियकरणका सबल पक्षहरू
- स्थानियकरणले ठाउँ विशेषलाई उच्च प्राथमिकतामा राख्दछ।
- स्थानीयस्तरमै उपलव्ध स्थानीय कला संस्कृती, दृष्टिकोण, रितिरिवाज तथा सोचलाई पहिलो प्राथमिकता दिन्छ।
- नयाँ आविस्कार तथा प्रविधिलाई स्थानीय सीप र प्रविधिमा आधारित बनाईत्यसै अनुरूप परम्परागत मुल्यमान्यता र संस्कृतिको पहिचानमा जोड दिन्छ।
स्थानियकरणका चुनौतीहरू
- स्थानिय स्तरमा उपलव्ध पूँजी, श्रम तथा प्रविधिले एउटा सानो घेरा भित्र सिमित रहन्छन।
- स्थानीय स्तरका जनताले अन्तर्राष्ट्रिय स्तरको वस्तु तथा सेवाको उपभोगबाट बन्चित रहन्छन।
- स्थानीयकरणमा प्रतिस्पर्धी बजारको अभाव रहन्छ।
- आर्थिक रूपले विपन्न र साना मुलुकले ठुला देशहरूको राजनितिक दादागिरी सहनुपर्ने हुन्छ।

Comments
Post a Comment