एकाइ : ९ हाम्रो अन्तराष्ट्रिय सम्वन्ध

 पाठ : १ 

नेपालको परराष्ट्र नीति 

राष्ट्रिय हितका निमित अन्य देश तथा अन्तराष्ट्रिय संघ संस्था राखिने सम्बन्धका मार्ग दर्शन तथा आधारलाई परराष्ट्र नीति भानिन्छ |   सार्वभौमसता, भौगोलिक अखंडता, स्वतन्त्रता, आर्थिक सम्वृद्धिलाई संरक्षण गर्दै विश्वव्यापी शान्ति, सद्भाव सुरक्षामा योगदान पपर्याउनु नेपालको परराष्ट्र नीतिको प्रमुख उद्देश्य हो |  

नेपालको परराष्ट्र नीतिका आधारहरु

  • पंचशील प्रति आस्था 
  • असंलगनता 
  • संयुक्त राष्ट्र संघको वडापत्र प्रति आस्था 
  • अन्तराष्ट्रिय कानुन 
  • क्षेत्रीय सहयोग अभिवृद्धि गर्न जोड 
  • नि:शस्त्रीकरण 
  • भूपरिवेष्टित मुलुकहरुको हकहितको सुरक्षा 
  • समस्याहरुको शान्तिपूर्ण समाधान 
  • असल छिमेकीपनको भावना  
पंचशिलका सिद्धान्तहरु 
पंचशिलको सिद्धान्त नेपालको परराष्ट्र नीतिको मूल आधार हो | भारत र चिन बीच सन् १९५४ मा  भएको दौत्य सम्बन्ध यहि पंचाशिलका सिद्धान्तलाई आधार बनाएर गरिएको थियो | पछी सन् १९५५ मा भएको वांगदुङ  सम्मेलन यस सिद्धान्तलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरेको हो | 
  • एक मुलुकले अर्को मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रिय अखण्डताको सम्मान गर्ने |  
  • अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने |
  • समानता र पारस्परिक हित कायाम गर्ने |
  • एउटा मुलुकले अर्काको मुलुकविरुद्ध आक्रमण नगर्ने  (अनाक्रमण) | 
  • शान्तिपूर्ण सहअस्तित्वको भावनालाई स्वीकार गर्ने | 
पंचशिलका सिद्धान्तका महत्व 

पंचशीलका सिद्धान्तहरु विश्व शान्तिका लागि महत्वपूर्ण आधार मनिन्छ | यस सिद्धान्तका महत्वलाई निम्न बुंदाहरु द्वारा प्रष्ट पार्न सकिन्छ | 
  • पंचाशिलका सिद्धान्तहरुलाई आधार बनाई विश्वमा शान्ति स्थापना गर्न सकिन्छ | 
  • देश - देशबिचको बैमनश्यता तथा अस्वस्थ प्रतिस्प्रधा  कम गरी सहयोग तथा सहकार्यको भावनालाई विकास गर्न सकिन्छ | 
  • विश्वका प्रत्येक मुलुकको सार्वभौमिक समानता, राष्ट्रिय अखंड़ताको रक्षा गर्न सहयोग पुग्दछ | 
  • विश्वबन्धुत्वको भावना विकास गर्न सहयोग पुग्दछ | 
  • कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप हुँदैन |    
पाठ : २ 
संयुक्त राष्ट्र संघ 

                                              संयुक्त राष्ट्र संघ  भवन 

दोश्रो विश्व युद्धको अन्त्य संगै सन् १९४५, अक्टोबर २४ मा ५१ वटा स्वतन्त्र राष्ट्रहरुले एउटा अन्तराष्ट्रिय संस्थाको स्थापना गरे, जसलाई संयुक्त राष्ट्र संघ भन्दछन् | सन् १९४५, जुन २६ मा सन् फ्रान्सिस्को सम्मेलनद्वारा संयुक्त राष्ट्र संघको वडापत्रलाई पारित गरेका थिए | यस वडापत्रमा १९ भाग र १११ धारा छन् | यसको मुख्य कार्यालय संयुक्त राज्य अमेरिका न्युयोर्कमा छ| अंग्रेजी, फ्रेन्च, रुसी, चिनिया, अरबी र स्पेनिस यसका प्रमुख भाषाहरु हुन् | हाल दक्षिण सुडान सहीत १९३ राष्ट्रहरु यस संस्थाका सदस्यका रुपमा रहेका छन् भने नेपालले सन् १९५५, डिसेम्बर १४ का दिन १४७ औं सदस्यका रुपमा सदस्यता प्राप्त गरेको छ | 

संयुक्त राष्ट्र संघ स्थापनाका प्रमुख उद्देश्यहरु 
  • विश्वमा शान्ति र सुरक्षा स्थापना गर्नु | 
  • आर्थिक, सामाजिक तथा संस्कृतिक विकासमा अन्तराष्ट्रिय सहयोग जुटाउनु|
  • समान अधिकारका लागि विश्वका राष्ट्रहरुबीच पारस्परिक सम्बन्धको विकास गर्नु | 
  • सम्पूर्ण मानवजातिको आधारभूत आवश्यकता र अधिकारको  संरक्षण गर्नु, आदि  ।
संयुक्त राष्ट्र संघका अंगहरु 
  • महासभा 
  • सुरक्षा परिषद 
  • आर्थिक तथा सामाजिक परिषद 
  • जिम्मा जमानी परिषद 
  • अन्तराष्ट्रिय न्यायालय 
  • सचिवालय 
 संयुक्त राष्ट्रसंघका  विशिष्टकृत संस्थाहरु

खाद्ध तथा कृषि संघठन 
स्थापना : १६ अक्टोबर, १९४५ 
मुख्यालय : रोम, ईटाली 
कार्यहरु :   
  • भोकहरु विरुद्ध लडनका लागि अन्तराष्ट्रिय प्रयाशाहरुको नेतृत्व लिई आफ्नो कार्य अगाडी बढाउछ | 
  • विश्वमा खाद्दय उत्पादन र वितरणको कार्य सुधार ल्याउने र खाद्द्य समस्यालाई कम गर्ने |
  • ग्रामिण क्षेत्रका जनताको जीवनस्तरमा सुधार ल्याउन देशहरूलाई सहयोग गर्ने | 
  • पोषण र जीवनस्तर उकास्न विभिन्न देशहरुलाई आर्थिक तथा प्रविधिक सहयोग प्रदान गर्ने  
पाठ : ६ 
विश्वव्यापीकरण
राष्ट्रिय,आर्थिक,सामजिक तथा प्राविधिक क्रियाकलापलाई विश्वव्यापी संजालमा आवद्ध गर्ने क्रियाकलाप विश्वव्यापीकरण हो। विश्वव्यापीजरणलाई भूमण्डलीकरण पनि भानिन्छ। यो कुनैपनी वस्तु,सेवा तथा प्रविधको सिमारहित प्रवाहलाई विश्व्यापीकरण मानिन्छ।
विश्वव्यापीकरणका महत्वहरू
  • विश्वव्यापीकरणले राष्ट्रिय अर्थतन्त्रलाई अन्तरास्ट्रियकरण गर्न सहयोग गर्दछ।
  • यसले अर्थव्यवस्थालाई एक आपसमा आबद्ध बनाई आयात तथा निर्यातलाई खुकुलो बनाउछ।
  • राष्ट्रको राष्ट्रिय आय, बचत, उत्पादन तथा  रोजगारी अभिवृद्धि गर्दछ।
  • विश्वव्यापकरणले विश्व एक ग्राम हो भन्ने मान्यता सहित सीमा बिहिन समुदायको निर्माणमा वकालत गर्दछ।
  • विश्वव्यापीकरणले सुचना तथा प्रविधीको विकास गराई विश्वव्यापी रुपमै सामाजिक सन्जालमा आबद्ध गराउँदछ।
  • सुशासन,विधिको शासन, मानव अधिकार, सामाजिक न्याय,समावेशिकरण आदि पक्षको संरक्षण र सम्वर्धन गर्दछ।
विश्वव्यापीकरणका आयामहरू
  • आर्थिक आयाम/ पक्ष 
  • सामाजिक तथा सांस्कृतिक आयाम /पक्ष
  • राजनितिक आयाम
  • वातावरणिय आयाम।
विश्वव्यापीकरणका सकारात्मक पक्षहरू 
  • लोकतान्त्रिक मुल्यमान्यताको विकासमा वृद्धि हुन्छ।
  • बहुलवाद, सुशान, विधिको शासन तथा उत्तरदायी शासन कायम हुन्छ ।
  • आर्थिक उदारता, निजीकरण तथा विप्रेषणमा वृद्धि हुन्छ।
  • वैदेशिक लगानीमा वृद्धि भइ देशमा रोजगारीको वातावरण सृजना हुन्छ।
  • विश्वव्यापी सामाजिक संजालको विकास हुन्छ। 
  • मजदुरको हकको संरक्षण हुन्छ।
  • हरेक क्षेत्र तथा तहहरूमा सुचना प्रविधिको प्रयोग हुन्छ।
विश्वव्यापीकरणका चुनौती तथा समस्याहरू
  • राजनितीक अस्थिरता रहने र वैदेशिक हस्तक्षेप बढने संभावना उच्च रहन्छ साथै अलोकतान्त्रिक प्रतिस्पर्धा बढ्ने खतरा रहन्छ।
  • धनी  र गरिवबिचको खाडल बढ्छ ।
  • परनिर्भरताको अवस्था बढदछ।
  • मौलिक सामाजिक मुल्यमान्यतामा ह्रास आउँछ।
  • वैदेशिक भाषाको प्रभावले मातृभाषाको प्रयोगमा कमि आउँछ।
  • बौद्धिक पलायनमा वृद्धि हुन्छ।
  • साइबर अपराधमा वृद्धि आउँछ।
स्थानियकरण
कुनै पनि वस्तु, सेवा तथा प्रविधिलाई निश्चित क्षेत्रमा सिमित गर्ने कार्यलाई स्थानीयकरण भन्दछन।स्थानीयकरणले स्थानीय विशेषलाई ध्यान दिने गर्दछ। 

स्थानियकरणका महत्वहरू
  • स्थानियकरणले स्थानिय स्तरमा रहेका मौलिक धर्म तथा संस्कृतिको संरक्षण तथा सम्वर्धन हुन्छ।
  • विकासका कार्यहरू स्थानीय स्तरका जनता केन्द्रित हुन्छ।
  • स्थानियकराणले राष्ट्रियताको संरक्षण र सम्वर्धन गर्न सहयोग गर्दछ।
  • स्थानिय स्तरमा उपलव्ध स्थानिय श्रम, पूँजी तथा प्रविधिको उच्चतम प्रयोग हुन्छ।
  • स्थानिय स्तरको वातावरणको संरक्षण हुन्छ।
स्थानियकरणका सबल पक्षहरू
  • स्थानियकरणले ठाउँ विशेषलाई उच्च प्राथमिकतामा राख्दछ।
  • स्थानीयस्तरमै उपलव्ध स्थानीय कला संस्कृती, दृष्टिकोण, रितिरिवाज तथा सोचलाई पहिलो प्राथमिकता दिन्छ।
  • नयाँ आविस्कार तथा प्रविधिलाई स्थानीय सीप र प्रविधिमा आधारित बनाईत्यसै अनुरूप परम्परागत मुल्यमान्यता र संस्कृतिको पहिचानमा जोड दिन्छ।
स्थानियकरणका चुनौतीहरू
  • स्थानिय स्तरमा उपलव्ध पूँजी, श्रम तथा प्रविधिले एउटा सानो घेरा भित्र सिमित रहन्छन।
  • स्थानीय स्तरका जनताले अन्तर्राष्ट्रिय स्तरको वस्तु तथा सेवाको उपभोगबाट बन्चित रहन्छन। 
  • स्थानीयकरणमा प्रतिस्पर्धी बजारको अभाव रहन्छ।
  • आर्थिक रूपले विपन्न र साना मुलुकले ठुला देशहरूको राजनितिक दादागिरी सहनुपर्ने हुन्छ।

Comments

Popular posts from this blog

SEE का लागि

एकाइ : ६ हाम्रो भूगोल

एकाइ : ७ हाम्रो विगत