एकाइ : ८ हाम्रो आर्थिक क्रियाकलाप

पाठ : १ 

जलस्रोत : उर्जाको एक महत्वपूर्ण स्रोत 

कुनै पनि भौतिक वा रासायनिक पदार्थको प्रयोगबाट उत्पन्न हुने शक्तिलाई उर्जा भन्दछन | पेट्रोलियम पदार्थ, कोइला, सुर्य, हावा, पानी आदि उर्जाका स्रोतहरू हुन् | उर्जा नवीकरणीय र अनवीकरणीय गरि दुई प्रकारका         हुन्छन् | सुर्य, पानी, वायु आदि  नवीकरणीय उर्जाका स्रोतहरू हुन् भने पेट्रोलियम पदार्थ, दाउरा, फोहर आदि अनवीकरणीय  उर्जाका स्रोतहरू हुन् | नेपाल जलस्रोतको लागि धनि मुलुक हो | यो देश जलविधुतका लागि अति उपयुक्त छ | प्राविधिक रुपमा नेपाल करिव ४४,३७० मेगावाटका लागि उपयुक्त रहेकोछ भने सैद्धान्तिक रुपमा ८३,००० मेगावाटका लागि उपुक्त रहेको एक अध्ययनले देखाएको छ | नेपाल सरकारले  वि. स. २०७५ देखि २०८५ को दसकलाई उर्जा तथा जलस्रोत दसक घोषणा गरेको छ |  

उर्जाको महत्व

  •  हिम शृंखलाबाट बहने पहिलो स्तरका नदीहरूबाट प्रशस्त्र मात्रामा जलविधुत उत्पादन गरि छिमेकी देशहरूमा निर्यात गरेर वैदेशिक मुद्राको आर्जन गरि  मुलुकको अर्थ तन्त्रलाई बलियो बनाउन सकिन्छ | 
  • जलविधुतको सहि सदुपोगद्वारा पेट्रोलियम पदार्थको आयात घटाई वैदेशिक ब्यापार घाटा कम गर्न सकिन्छ साथै देशका कलकारखानालाई आवश्यक उर्जा उपलव्ध गराई औधोगीकिकरणको विकास गर्न भरपुर सहयोग पुग्दछ  | 
  •  जलविधुतको उत्पादनद्वारा देशको उर्जा संकटलाई कम गरि देशलाई उर्जा तर्फ आत्मनिर्भर बनाउन सहयोग पुगदछ |
  • कोशी, गण्डकी तथा कर्णाली जस्ता नदीहरूमा जलयातायातको विकास गरि जल यातायात तर्फ पनि विकास गर्न सकिन्छ |
  • हाम्रा यी पहिलो तथा दोस्रो स्तरका नदिहरूबाट सिचाईंको विकास गरि कृषि क्षेत्रको उत्पादनलाई पनि बढाई कृषि  जन्य बस्तुको आयात घटाई निर्यात बढाउन सकिन्छ | आदि | 



पाठ : २ 

पर्यटन उधोग, यसको महत्व ...

देश भित्र वा बाहिर मनोरंजन तथा अन्य कार्यको उद्देश्य  लिएर छोटो अवधिका लागि गरिने भ्रमण पर्यटन हो | कुनै पनि स्थानको भ्रमण गर्न आउने व्यक्तिहरु पर्यटक हुन | आफ्नै मुलुक भित्र भ्रमण गर्ने मानिसहरू आन्तरिक  पर्यटक हुन् भने बिभिन्न मुलुकहरूको भ्रमण गर्ने मानिसहरू वाह्य पर्यटक हुन् | पर्यटकलाई आवश्यक पर्ने सुबिधा उपलब्ध गराउन स्थापित उधोगहरू जस्तै होटेल, रेस्टुरेन्ट, पदयात्रा, मनोरंजन आदि संग सम्बन्धित  पर्यटन उधोग हो | 

मानिसहरू पर्यटनका रुपमा घुम्न जाने कारणहरू 

  • बिदा मनाउन, 
  • देश भित्र वा बाहिर बस्ने मानिसहरूको जीवनशैलीको अध्यन तथा अवलोकन गर्न,
  • व्यावसायिक तथा सरकारी कार्यका लागि, 
  • पर्वतारोहण, पदयात्रा तथा अन्य मनोरंजनका लागि, 
  • विषम हावापनिबाट छलिन, 
  • धार्मिक तथा तीर्थाटनका लागि आदि | 
पर्यटन उधोगको महत्व 
  • पर्यटन उधोग वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत हो \
  • पर्यटन उधोगले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा वृद्धि गराउन सहोग गर्दछ |
  • पर्यटन उधोगले रोजगारीको सिर्जना गरी बेरोजगार समस्यालाई घटाउन सहयोग गर्दछ |
  • भौतिक पूर्वाधारको विकास भइ पर्यटकीय स्थान भएका क्षेत्रको विकासमा सहयोग पुगदछ |
  • मुलुकमा रहेका पर्यटकीय स्थल, संस्क्र्तिक स्थल तथा धार्मिक स्थलहरूको संरक्षण तथा सम्वर्धनमा ठुलो सहयोग पुग्दछ |
  • मुलुकमा रहेका पर्यटकीय स्थल, संस्क्र्तिक स्थल तथा धार्मिक स्थलहरूको प्रचार प्रसार भइ पर्यटन क्षेत्रको प्रवर्धन हुन्छ |
नेपालमा रहेको पर्यटन उधोगको  सम्भावना 

  • कंचनजंघा हिमाल देखि सैपाल हिमाल सम्म रहेको ग्रेट हिमालयन पदमार्ग,
  • विश्वको सर्वोच्च शिखर सगरमाथा र अन्य हिम शृंखलाहरू,
  • साहसिक पर्यटनका गन्तव्यहरू ,
  • लुम्बिनी, पशुपतिनाथ लगायत विश्व प्रसिद्ध धार्मिक स्थलहरू, 
  • प्रक्र्तिक सौन्दरियताले भरिपूर्ण पर्यटकीय स्थलहरू,
  • भौगोलिक विविधता तथा हावापानी ,
  • ऐतिहसिक तथा धार्मिक सम्पदाले भरिपूर्ण,  आदि | 
प्रश्न : साहसिक पर्यटनका लागि नेपाल  एक उत्कृष्ट गन्तव्य हो । यस कथनलाई बुंदागत रूपमा प्रष्ट पार्नुहोस ।

पाठ  : ४ 

वितिय शिक्षा 

कुनै पनि व्यक्ति वा संघ संस्थासंग भएको  भौतिक तथा अभौतिक धन सम्पति र आम्दानीको व्यवस्थित, प्रभावकारी एवं मितव्ययी तरिकाले उपयोग गर्न सिकाउने ज्ञानलाई वितिय शिक्षा भन्दछन् | यो आफुसंग भएको धन सम्पतिको  महत्व बुझी सहि  सदुपयोग गर्न सिकाउने एक प्रकारको आर्थिक ज्ञान पनि हो |  त्यस कारण होला यस लाई वितिय साक्षरता पनि भन्दछन | वितिय ज्ञानले धेरै कुरा सिकाउछ, जस्तै ; 

  • आफुसंग भएको सिमित वितद्वारा असिमित आवश्यकताहरुको व्यवस्थित ढंगले पूर्ति गर्न | 
  • बचतको उचित व्यवस्थापन गर्न | 
  • सम्पूर्ण बैंकिंग कारोवारहरु गर्न | 
  • व्यावसायिक जोखिमहरुलाई न्यूनीकरण गर्न | 
  • बिमा सम्वन्धि कार्यहरु गर्न गराउन | आदि | 
वित्तीय शिक्षामा समावेश हुने तत्वहरू 
  • बैंक र बैंक खाता 
  • बैंकबाट लिन सकिने ऋण तथा त्यसको सकारात्मक पक्ष र नकारात्मक पक्ष 
  • ऋण लिने र भुक्तानी गर्ने तारिका 
  • बीमा सम्बन्धि काम 
  • विधुतिय बैंकिंग कार्य 
  • व्यावसायिक गतिविधि 
  • आम्दानी र खर्चबीचको सन्तुलन   
वितिय शिक्षाको महत्व तथा आवश्यकता
  • आफुसंग उपलव्ध पुंजी तथा स्रोत साधनको उचित परिचालन र व्यवस्थापन गर्न | 
  • उधम शिल्ताको विकास गरी स्वरोजगार हुन् |
  • आफु संग भएको अर्थको महत्व बुझी त्यसै अनुरुप आफ्नो आर्थिक क्रियाकलापहरू बढाउन| 
  • आफ्नो आम्दानि र खर्चकाबीच सन्तुलन कायम गर्न | 
  • बैदेशिक रोजगारबाट प्राप्त विप्रेषणलाई उत्पादनशिल क्षेत्रमा प्रयोग गरी राम्रो आयआर्जन गर्न |
  •  आफुले गरिरहेको वितिय कारोवारलाई सरल र सहज बनाउन | 
  • आधुनिक वितिय प्रविधिका बारेमा परिचित भई त्यसै अनुरुप अगाडी बढन | 
  • सम्पूर्ण बैंकिंग कारोवारहरु गर्न | आदि | 
वित्तिय शिक्षाले वित्तिय अनुशासन कायम गर्न सहयोग प्रदान गर्दछ 
  • वितिय शिक्षाले  व्यक्तिलाई कमाउने, जोगाउने, खर्च गर्ने, ऋण लिने र लगानी गर्ने जस्ता वित्तिय कारोबार गर्न सहयोग गर्नेहुँदा वितिय अनुशासन कायम गर्न सघाउ पुग्दछ।
  • आफुसँग भएको पैसाको महत्व बुझी त्यसको सहि सदुपयोगबाट आर्थिक तथा समजिक सुरक्षा प्राप्त गरी व्यक्तिलाई वितिय अनुशासन तर्फ अघि बढ्न सहयोग पुग्दछ।
  • व्यक्तिले आर्थिक वा वित्तिय स्रोत साधनको प्रभावकारी एवम् मितव्ययी उपयोग गर्न सक्ने भएपछि  उसमा आर्थिक अनुसासनको विकास हुन्छ।
  • हरेक  व्यक्तिले आफ्नो सिमित आम्दानीका आधारमा  व्यक्तिगत बजेट बनाई विवेकशील ढंगबाट खर्च गरेर नियमित बचत गरि भविष्यप्रति ढुक्क भई आर्थिक अनियमितता तर्फ नलाग्न उत्प्रेरित गर्ने हँदा आर्थिक अनुशासन कायम गर्न मद्दत पुग्दछ।
  • वितिय शिक्षाको ज्ञानले व्यक्तिलाई  आवश्यकताअनुसार ऋण प्राप्त गर्न तथा समयमा कर्जा भुक्तानी, सुरक्षीत लगानी र भविष्यमा आउन सक्ने वित्तीय चुनौतीको सामना गर्न सक्षम बनाई सहयोग गर्ने भएकाले वितिय अनुशासन कायम गर्न सजिलो हुन्छ ।
  • वित्तीय संस्थाको काम कर्तव्य र अधिकार, निक्षेप सङकलन प्रक्रिया, ऋण लिने र दिने प्रक्रिया आदिका बारेमा व्यक्तिलाई सचेत गराई वितिय अनुशासन कायम गर्न धेरै सहयोग गर्दछ।
  • ऋणको सहि सदुपयोगबाट हुने फाइदा र दुरुपयोग गर्दा हुने वेफाइदाबारे  प्रयाप्त जानकारी हासिल गरि यस्ता कार्यहरूको मद्दतबाट वितिय अनुशासन कायम गर्न सकिन्छ।
  • व्यक्तिको जीवनमा आउन सक्ने वित्तीय समस्याको समाधन गर्न र आफुसंग उपलव्ध पैसाको उचित व्यवस्थापन गर्न आवश्यक ज्ञान र सिपका लागि वित्तीय  ज्ञान प्रदान गराएर वितिय अनुशासन कायम गराउन सकिन्छ।
  • वितिय अनुशासन कायम गराउन विभिन्न सन्चारका माध्यम तथा सामाजिक संजालहरूद्वारा जनचेतनामुलक कार्यक्रमहरू सन्चालन गर्नुपर्दछ।
  • वितिय अभियोग लागेका अभियुक्तहरूलाई कानुनी कारबाही कडाईका साथ गरिनुपर्छ ।
पाठ : ६
सहकारी
आपसी सहमति र सहकार्य गरेर आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता पूरा गर्नका लागि संगठित संस्थालाई सहकारी भनिन्छ | नेपाल सहकारी ऐन - २०७४ अनुसार सहकारी संस्था स्थापनाका लागि संगठित सदस्यहरूको प्रारम्भिक साधारण भेला गरी उक्त भेलाको निर्णयसहित दर्ताका लागि निवेदन दिनुपर्ने कानुनि प्रावधान रहेको छ | वि. स. २००४ असोज ८ मा चितवनको बखानपुर स्थापना भएको बखान सहकारी नेपालको पहिलो सहकारी संस्था हो |

सहकारी संस्थाहरू निम्न सहकारीताको सिद्धान्तमा आधारित हुने गर्दछन | 

१. स्वेच्छिक तथा खुला सदस्यता 
२. सदस्यद्वारा प्रजातान्त्रिक नियन्त्रण 
३. सदस्यको आर्थिक सहभागिता 
४. स्वायत्त्तता र स्वतन्त्रता 
५. शिक्षा, तालिम र सूचना 
६. अन्तरसहकारी  सहयोग 
७. समुदायप्रति चासो
 
सहकारीको महत्व 
  • समाजमा छरिएर रहेका रकम जम्मा भई ठुलो पुँजीको निर्माण 
  • एकका लागि सबै र सबैका लागि एक भन्ने अवधारणाको विकास 
  • कम खर्च गर्दै बचत गर्न प्रोत्साहन प्रदान 
  • गरिवी नियन्त्रणमा सहयोग मिल्ने 
  • वित्तीय साक्षरता अभिवृद्धि 
  • उधमशीलताको विकासमा सहयोगी 
  • स्वरोजगारीको सिर्जना हुने र मुलुकमा बेरोजगार घट्ने 
  • सदस्यहरूको जीवनस्तरमा सुधार ल्याउन सहयोगी | 
सहकारी संस्थाको आवश्यकता 
  • समाजमा छरिएर रहेको पुंजीलाई संकलन गरी ठुलो पुंजी निर्माण गर्न 
  • उक्त संकलित पुँजीलाई सदस्य मार्फत उत्पादन मुलक क्षेत्रमा लगानी गरी साना तथा मझौला उधोग संचालन 
  • सदस्यहरूको आवश्यकता र क्षमता पहिचान गरी लगानीको वातावरण निर्माण गर्न 
  • मुलुकको कृषि क्षेत्रलाई सबल र सक्षम बनाउन 
  • कृषकलाई आवश्यक कृषि औजार, सुधारिएको बिउबिजन  तथा मल सजिलै उपलब्ध गराउन 
  • मुलुकमा व्याप्त गरिबीलाई न्यूनीकरण गर्न  
 

बित्तिय जोखिमबाट बचौँ, सहकारीहरुलाई संकटग्रस्त हुनबाट बचाऔँ

सहकारी संस्था र संस्थाका शेयर धनी तथा बचतकर्ताहरुलाई अनुरोध

बस्तु र सेवाहरुको मूल्यबृद्धि र मुद्रा स्फितिले वित्तिय क्षेत्रहरुमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेका छन् ।  तरलताको अभाव सृजना भएको सर्वविदितै छ ।  महानगरपालिकाको सहकारी बिभागमा शेयर सदस्य र सञ्चालकहरुले दिने गरेका लिखित र मौखिक उजुरीको चापबाट अवस्था देखिन्छ । यस्तो संवेदनशील समयमा सहकारी संघ संस्थाहरुले आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्दछु ।

यसका लागि कानुनले निर्दिष्ट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गरौं ।।

सहकारी संस्थाहरुमा अनुरोध :
—  तोकिएको समयमा  सबै शेयर सदस्यहरुलाई उपस्थित गराई साधारण सभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोवार बारे जानकारी गराउनुहोला । विश्वसनीयता र अपनत्व ग्रहण गराउनकालागि नियमित रुपले शेयर सदस्यहरुसँग सम्पर्क र संवाद बढाउनुहोला ।
— तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोवार र लगानी नगर्नुहोला ।
— वित्तिय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्नुहोला।
— परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्नुहोला ।
— शेयर सदस्यहरुलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्नुहोला ।
— सञ्चालक समिति परिवर्तन गर्दा सहकारीको ज्ञान भएको नियमित रुपले संस्थासँग कारोवार भएको व्यक्तिहरुलाई मात्र जिम्मेवारी दिनुहोला ।
— कानुनी प्रक्रिया पूरा नगरी तथा कसैको इच्छा बेगर कुनै पनि व्यक्तिलाई सञ्चालक तथा लेखा समितिमा निर्वाचित नगर्नुहोला ।
— कार्यपद्धतिमा सुशासन र निर्णय प्रक्रियामा पारदर्शिता कायम राखी तोकिएको समयभित्र प्रगति विवरण नियमनकारी निकायमा पेश गर्नुहोला ।
— ऋण प्रवाह गर्दा ऋणीको पारिवारिक विवरण र एकाघर परिवारको सनाखत गराएर मात्र तोकिएको ढाँचामा ब्याज र सेवा शुल्क सहितको फाराम भराई अवधि तोकेर मात्र प्रवाह गर्नुहोला ।
— जोखिम विश्लेषण गरेर मात्र सुरक्षित ऋण प्रवाह गर्नुहोला । जोखिम न्यूनीकरणका योजना बनाएर प्रभावकारी ऋण असुली गर्नुहोला ।
— राष्ट्रिय सहकारी महासंघ, विषयगत संघहरुबाट सहकारी अभियानको सफलताका लागि जारी गरिएका अपिल अध्ययन गरी लागू गर्नुहोला।
— आफ्ना शेयर सदस्य र बचतकर्ताहरुलाई नियमित सहकारी शिक्षा प्रदान गर्नुहोला ।

सदस्य/बचतकर्ताहरुलाई अनुरोध

सहकारी संस्थाहरु बैंक होईनन् । यी संस्थाहरु सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण हुन्छन् । सहकारी सुशासनकालागि सदस्यहरुको निरन्तर निगरानी आवश्यक छ । 
— सहकारी संस्थाको साधारण सभामा अनिवार्य उपस्थित हुनुहोला । संस्थाको कारोवारको बारेमा नियमित रुपले जानकारी लिनुहोला ।
— नियमित साधारण सभा नगर्ने सहकारीहरुको बारेमा विभागमा जानकारी गराउनुहोला ।
— सञ्चालक समितिका पदाधिकारीहरुको आनीबानी र इमान्दारिताका बारेमा नियमित जानकारी लिनुहोला ।
— बढी ब्याजको लोभमा लामो अवधिको अत्यधिक बचत नगर्नुहोला ।
— सहकारी संस्थाका बारेमा अतिरञ्जित हल्लाका पछाडि मात्र नलागी यथार्थ अवस्था बारे जानकारी लिनुहोला ।
- कार्यक्षेत्रभन्दा बाहिर गएर कार्य गर्ने संस्थासँग कारोवार नगर्नुहोला ।
— सञ्चालक समितिका पदाधिकारीहरुको पहिचान गरेर मात्र संस्थासँग कारोवार गर्नुहोला, नियमित संवाद र सम्पर्क राख्नुहोला ।
— आवधिक बचत जम्मा गर्दा जिम्मेवार पदाधिकारीको हस्ताक्षरयुक्त कागजातसहित निक्षेप निस्सा लिनुहोला ।
— ऋण लिँदा सेवा शुल्क र ब्याज रकम यकिन गरी सम्झौता गरेर मात्र ऋण लिने र समयमा नै तिर्ने बानी बसाल्नुहोला ||

स्रोत काठमाडौ महानगरपालिका(मेयर बालेन शाहको facebook पेजबाट)

सहकारीताको महत्व तथा आवश्यकता ;

* समाजमा सहकारीताको माध्यमबाट आर्थिक असमानता हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ।

२. मुलुकको अर्थ व्यवस्थामा सहकारीताको आदर्श र यसको कार्यान्वयन पक्षले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ।

३. समाजको दिगो आर्थिक विकास गर्न र सांस्कृतिक तथा सामाजिक समावेशीता कायम गर्न सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ।

४. महिला तथा विपन्न वर्गको नेतृत्व क्षमता विकास गर्न र नागरिकलाई वित्तीय साक्षरताको क्षेत्रको 

पाठ :  ५ 

कर तथा राजस्व 

 परिचय 

कुनै पनि देशका जनताले कानुनबमोजिम आफ्नो आम्दानीको आधारमा राज्य वा सरकारलाई अनिवार्य रुपमा तिर्नु पर्ने रकमलाई  कर  भन्दछन | कर तिर्नु नागरिकको परम कर्तव्य हो  नागरिकबाट कर उठाउने राज्य वा सरकारको अधिकार हो |  सरकारले आफुले उठाएको करलाई देश विकासका कार्य र जनताका सेवक कर्मचारी, प्रहरी, सेना आदिको तलवमा प्रयोग गर्दछ |  कर राज्य  वा सरकारको आम्दानीको एक महत्वपुर्ण स्रोत हो |सरकारले करबाट प्राप्त गर्ने आम्दानीलाई राजस्व भन्दछन |   

करको महत्व 

  • कर कुनै पनि राष्ट्रको आम्दानीको प्रमुख स्रोत हो |
  • करले मुलुकलाई आर्थिक पाटोमा आत्मनिर्भर बनाउन सहयोग गर्दछ | 
  • राज्य संचालनका लागि आवश्यक पर्ने खर्च जुटाउन सहयोग पुग्दछ ।
  • कानुन बमोजिम नियमितरूपमा कर तिर्दा मुलुकमा आर्थिक स्थायित्व कायम गर्न सहयोग पुग्दछ | 
  • मुलुकको भौतिक पूर्वाधारहरूको विकास गर्न आवश्यक बजेट जुर्दछ | 
  • मुलुकमा सामाजिक सुरक्षा तथा सामाजिक न्याय कायम गर्न ठुलो सहयोग पुग्दछ, आदि ।

करका प्रकारहरू       

मुख्यतया कर दुई प्रकारका हुन्छन 

क. प्रत्यक्ष कर

यदि राज्यद्वारा करको भार एउटा व्यक्ति संस्थामा मात्र लगाईएको छ भने  त्यस्तो कारलाई प्रत्यक्ष कर भन्दछन | प्रत्यक्ष करलाई अन्य व्यक्ति वा संस्थामा सार्न पाईंदैन | यस प्रकारको कर व्यक्ति वा संस्थाको आम्दानीमा लगाईन्छ |  यो कर आवश्यकता अनुसार बढाउन र घटाउन मिल्ने प्रकृतिको हुन्छ |  करको भार अरूमा सार्न नमिल्ने, निश्चितता भएको कर , उत्पादनमुलक कर, मुल्यनियन्त्रण गर्न सक्ने क्षमता भएको कर आदि प्रत्यक्ष करका विशेस्ताहरू हुन् | सवारी कर, घर जग्गा रजिष्ट्रेशन कर, व्याज कर,  घर जग्गा कर आदि प्रत्यक्ष करका उदाहरणहरू हुन् | कर तिर्न असुविधा, कर छल्ने समभावना उच्चम, सिमित क्षेत्रमा रहेको प्रत्यक्ष करका बेफाइदाहरु हुन् |

ख. अप्रत्यक्ष कर  

 एउटा व्यक्तिमा रहेको करको भार अर्को व्यक्तिमा सार्न मिल्ने कारलाई अप्रत्यक्ष कर भनिन्छ | अर्को शव्दमा भन्नुपर्दा करको भार एक जनामा र यसको प्रभाव अर्को व्यक्तिमा हुनु हो | कुनै पनि वस्तु वा सेवाको उत्पादन तथा विक्रि वितरणमा लगाइएको कर, जुन करलाई उत्पादकले सरकारी कोषमा दाखिला गर्दछ तर यस प्रकारको करको प्रभाव वस्तु तथा सेवा उपभोग गर्ने व्यक्तिमा पर्दछ भने यस्तो कर लाई अप्रत्यक्ष कर भन्दछन | करको भार अन्य व्यक्ति वा संस्थामा सार्न मिल्ने, फराकिलो आधार भएको कर प्रणाली, कर छली गर्न नमिल्ने, बजारमा बस्तु तथा सेवाको मुल्य वृद्धि गराउन सहयोग गर्दछ, कर तिर्न सहज, अनिश्चित र अमितव्ययी आदि यस कर प्रणालीको विशेषताहरू हुन् |  अन्त:शुल्क, मूल्य अभिवृद्धि कर, होटल कर, हवाई उडान कर आदि अप्रत्यक्ष करका उदाहरणहरू हुन् |  

प्रत्यक्ष कर र अप्रत्यक्ष करका भिन्नताहरू 

प्रत्यक्ष कर

  • राज्यद्वारा कुनै पनि  व्यक्ति वा संस्थाको आम्दानीमा  लगाईएको कर प्रत्यक्ष कर हो |
  • यो कर व्यक्ति वा संस्थाको सम्पति, आम्दानी वा नाफामा लगाइन्छ |
  • कुनै एक व्यक्ति वा संस्थाले तिर्नु पर्ने कर अर्को व्यक्ति वा संस्थामा सार्न मिल्दैन |
  • यो कर निश्चित हुन्छ | 
  • प्रत्यक्ष करको स्वरूप लचकदारको हुन्छ | 
  • करदाताले कर छल्न सक्ने सम्भावना उच्च रहन्छ |
  • प्रत्यक्ष करद्वारा बजार मुल्य नियन्त्रण गर्न सहयोग पुग्दछ | |
  • कर दाखिला गर्न प्रत्यक्ष सहभागी हुने  पर्ने हुँदा झन्झटिलो छ | आदि |

अप्रत्यक्ष कर

  • करको भार एक जनामा र यसको प्रभाव अर्को व्यक्तिमा हुने कर अप्रत्यक्ष कर हो |
  • यो कर वस्तु तथा सेवाको उत्पादनको  प्रत्येक चरणमा लाग्ने कर हो | 
  •  यस कर प्रणालीमा कुनै एक व्यक्ति वा संस्थाले तिर्नु पर्ने कर अर्को व्यक्ति वा संस्थामा सार्न मिल्ने कर हो | 
  • यो कर प्रणालीमा निश्चितता हुँदैन | 
  • अप्रत्यक्ष करको स्वरूप लचकदारको हुँदैन |
  • याँहा  करदाताले कर छल्न सक्ने सम्भावना अति न्यून रहन्छ |
  • अप्रत्यक्ष करद्वारा बजारमा वस्तु तथा सेवाको  मुल्य वृद्धिमा सहयोग पुग्दछ | |
  • यो कर अप्रत्यक्ष रुपमा दाखिला गर्नु पर्ने भएकाले प्रत्यक्ष कर जस्तो झन्झटिलो हुँदैन |

  नेपालमा प्रचलित करका प्रणालीहरू

    १. आयकर 

कुनै पनि व्यक्ति वा संघ संस्थाले आफुले आय आर्जन गरे वापत प्रचलित  कानुन बमोजिम राज्यलाई तिर्नु पर्ने रकम वा अनिवार्य  योगदानलाई आयकर भनिन्छ | आयकर ऐन २०५८ अनुसार,  रोजगारी, व्यावसय तथा लगानी जस्ता विभिन्न आर्थिक क्रियाकलापमा संलग्न भएपछी, सो बापत प्राप्त वेतन वा लाभमा यो कर लगाईने प्रावधान रहेको छ | यस कारण आयकरलाई प्रत्यक्ष कर पनि भन्दछन |    यसको विपरित नाफा नकमाउने उद्देश्यले स्थापना  भएका संघसंस्था तथा निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दल आदिमा यो कर लागदैन |      

 २. मूल्य अभिवृद्धि कर 

कुनै पनि वस्तु वा सेवाको उत्पादन देखि बिक्री तथा पैठारी र उपभोगसम्म लाग्ने अप्रत्यक्ष कर मूल्य अभिवृद्धि कर हो | यो करको अवाधारणा जर्मन नागरिक विल हेम्सले प्रतिपादन गरेका थिए भने यसलाई फ्रान्सले सन् १९५४ देखि सुरु गरेको हो | आर्थिक विकासका लागि राजस्व संकलन, राजस्वको  प्रभावकारी प्ररिचालन, बैज्ञानिक कर प्रणाली र पारदर्शिता आदि यो कर प्रणालीको मुख्य विशेषता हो |    

३. अन्त शुल्क 

 स्वदेश र विदेशमा उत्पादित विलाशिताका  वस्तुहरुको उत्पादन र उपभोगमा लगाइने अप्रत्यक्ष कर अन्त शुल्क हो |  मानवीय स्वास्थ्य तथा सामाजिक दृष्टिले हानी पुर्याउने वस्तुहरूको सहि व्यवस्थापन, न्याय, अनुशासन र शान्ति कायम गर्न अन्त शुल्कको अवाधाराणा ल्याइएको हो |  मदिरा जन्य पदार्थ जस्तै ; व्हिस्की, वाईन, बीयर तथा फलफूल को रस, सुर्ती जन्य पदार्थ जस्तै ; चुरोट, बिडी, सिगार, अन्यमा; चाउ चाउ, पास्ता. म्याकरोनी, मासु, माछा सवारी साधन आदि वातुमा अन्त शुल्क लाग्दछ |   

४. भन्सार महसुल 

  विदेशबाट आयातित कुनै पनि वस्तु तथा सेवाको र विदेश तर्फ निर्यात गरिने कुनै पनि वस्तु तथा सेवामा भन्सार कार्यालयद्वारा प्रचलित कानुन बमोजिम लिने कर भन्सार महसुल हो |  भासार महसुल उठाउनका लागि सिमावार्ती क्षेत्रमा भान्सार कार्यालयहरुको स्थापना गरिएको हुन्छ | हाल नेपालमा उत्तरी नाका तर्फ ९ वटा , दक्षीण, पश्चिम र पूर्व तर्फ २० वटा र अन्तरास्ट्रिय विमान स्थलमा एउटा गरी ३० वटा मुख्य भन्सार कार्यालयहरु रहेका छन् |     

गैर कर राजस्व 

कुनै पनि देशको सरकारले कर बाहेक अन्य स्रोत बाट प्राप्त गर्ने आम्दानीलाई गैर कर राजस्व भन्दछन | यो सरकारको गैर कर आम्दानीको स्रोत हो | सरकारका गैर कर आम्दानीका स्रोत हरू यस प्रकार रहन्छन ;

  • स्वदेश र विदेशबाट प्राप्त अनुदान , 
  • समय समयमा प्राप्त  हुने उपहार ,
  • शिक्षा, स्वास्थ्य, सवारी चालक अनुमतिपत्र शुल्क , उद्धोग दर्ता शुल्क ,
  • दण्ड तथा जरिवानाबापत प्राप्त हुने शुल्क, 
  • मृत व्यक्तिको उत्त्ताराधिकारी नभएको अवस्थाबाट  प्राप्त हुने सम्पति, 
  • सरकारी जागा जमिन भाडाबाट प्राप्त हुने शुल्क, 
  • सकारी उद्धोग धन्दाबाट प्राप्त राजस्व आदि |                                          

पाठ : ७ 

 बीमा 


परिचय 

कुनै पनि व्यक्तिले आफ्नो जीवन, भौतिक सम्पति अथवा आर्थिक दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार अर्को व्यक्ति वा बिमकलाई हस्तान्तरण गर्ने एउटा वैधानिक प्रक्रिया बीमा हो | बीमा आर्थिक जोखिमको न्यूनीकरण तथा उचित व्यवस्थापन हो | बीमा गर्ने व्यक्ति बिमित हो भने बीमा कम्पनि बीमक हो |  बीमाको अवधारणा सन् १३०० मा ईटालीबाट सुरु भएको हो | जीवन बीमा सन् १७०६ मा  सुरु भएको हो | वि. सं. २००४, असोज ८ गते स्थापना भएको नेपाल माल चलानी तथा वित्त कम्पनी नेपालको पहिलो बीमा कम्पनि हो |वि. सं. २०२५ मा राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड (राष्ट्रिय बीमा संस्थान)को नेपाल सरकारको स्वामित्वमा स्थापना भयो | हाल नेपलमा  ४१ ओटा बीमा कम्पनीहरू रहेका छन | जस मध्ये १९ ओटा जीवन बीमा कम्पनि, २० निर्जीवन बीमा कम्पनि र २ ओटा पुनर्बीमा कम्पनीहरू रहेका छन् | 

बीमाका प्रकारहरू 

क. जीवन बीमा 

कुनै पनि व्यक्तिले आफ्नो जीवनमा आईपर्ने आर्थिक जोखिम कम गर्न गरेको आर्थिक सुरक्षा जीवन बीमा हो | जीवन बीमा गर्दा बीमा कम्पनि र बीमा गर्ने व्यक्ति बीच उपलव्ध बीमा सम्बन्धि कानुनका आधारमा सम्झौता हुन्छ | याहाँ बीमितले आफ्नो उमेरको आधारमा कुनै खास अवधि पुरा गरे पछी आफुले बुझाएको रकम फिर्ता पाउँदछ |

ख. निर्जीवन बीमा 

ग. पुनर्बीमा 

बीमा गर्दा हने फाइदाहरू

  • जीवन आइपर्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्न सहयोग गर्दछ |
  • अनिवार्य बचत गर्नुपर्ने हुँदा आर्थिक रूपले भविष्य सुरक्षित रहन्छ | 
  • राज्यको कानुनासार कर छुट प्राप्त हुन्छ | 
  • बीमा कम्पनीले बीमा गर्ने व्यक्तिलाई कम्पनीको नियम अनुसार नाफा तथा बोनस प्रदान गर्दछ | 
  • आफुले जम्मा गरेको प्रीमियमबाट निश्चित प्रतिशत ऋण लिन पाईन्छ |
  • यदि बीमा गर्ने व्यक्तिलाई केहि भयो भने उसका परिवार तथा हकदारले तोकिएको रकम भुक्तानी पाउँदछ, आदि |
  • निर्जीवन बीमा गर्दा बिमितको भौतिक सम्पत्तिलाई आर्थिक  सुरक्षा प्रदान हुन्छ। बीमाको अवधीभित्र बिमितको भौतिक सम्पत्तिमा हानी-नोक्सानी पुगे बिमितले सहाती अनुरूप रकम प्राप्त गर्दछ।
पाठ : ८ 
बचत तथा सेयर 
बचत 
मानिसले आफ्नो आम्दानीको केही अंश खर्च नगरी आफ्नो भविष्यलाई सुरक्षित गर्न छुट्याएर राखिएको रकमलाई बचत भनिन्छ | यस प्रकारको बचतले भविष्यमा आइपर्ने आर्थिक संकटलाई पार लगाउन सहयोग गर्दछ | बचतलाई कुनै पनि औपचारिक वितिय संस्थामा राख्नु सुरक्षित हुन्छ |
भविष्यका लागि आफ्नो आम्दानीबाट केहि रकम सञ्चित गर्दै जाने प्रक्रिया बचत हो |बचत गरिएको रकम बाट पुंजीको निर्माण हुने, बचतमा ब्याज प्राप्त हुने, भविष्यमा पर्न सक्ने आर्थिक समस्या तार्न सकिने, भविष्यमा आइपर्ने सामाजिक र अन्य व्यावहारिक कार्यका लागि ऋण लिनु नपर्ने र बचत गरेको रकम उत्पादनशिल काममा लगानी गरि आय आर्जन गर्न सकिने हुन्छ | 

बचतको महत्व / फाईदा 
बचतका महत्व्हरूलाई निम्न बुँदाहरूद्वारा प्रष्ट पार्न सकिन्छ | 
  • बचतले भविष्यलाई सुरक्षित राख्न मद्दत गर्दछ |
  • नियमित रूपमा बचत गर्दा पुँजीको निर्माण हुन्छ |
  • औपचारिक वितिय संस्थामा गरेको बचतमा राम्रो व्याज प्राप्त हुन्छ |
  • नियमित बचत द्वारा निर्मित बचतलाई व्यवसायमा  लगानी गरी आर्थिक उन्नति गर्न सकिन्छ |  
  • आफ्ना परिवारका सदस्यको भविष्य सुरक्षित रहन्छ | 
  • उक्त बचतलाई विभिन्न सामाजिक कार्य जस्तै विवाह, व्रतबन्ध तथा अन्य कार्यहरूमा खर्च गर्न सहयोग पुग्दछ |           

 बचतका प्रकार र बचत कहाँ गर्ने ?

  • औपचारिक वितिय संस्थाहरूमा गरिने बचत 
  • अनौपचारिक वितिय संस्थाहरूमा गरिने बचत  
  • अर्धऔपचारिक वितिय संस्थाहरूमा गरिने बचत   
  • खुत्रुके बचत 
सेयर 
कुनै पनि व्यावसायिक संस्था वा कम्पनिले आफ्नो संस्था वा कम्पनीको आर्थिक अवस्थाको विकास र विस्तारका लागि आवश्यक पूंजी संस्था वा कम्पनीको नाममा सेयर जारी गरेर संकलन गर्दछ | यसरी संस्था वा कम्पनीको पूंजीलाई स्-साना एकाइमा विभाजित अंशलाई पूंजी भन्दछन | याँहा कम्पनीलाई आवश्यक पर्ने पूंजी संकलन गर्न पूँजीलाई विभिन्न अंशमा विभाजित गरी नेपाल धितोपत्र बोर्डको अनुमति लिएर धितोको निष्कासन गरिन्छ | हाल नेपालमा प्रति कित्ता सेयरको मूल्य रू. १०० कायम गर्ने चलन रहेको छ |

सेयरको महत्व 
सेयरको महत्वलाई निम्न बुँदाहरूद्वारा प्रष्ट पार्न सकिन्छ |
  • आफुसंग भएको सानो वा ठुलो कुनै पनि प्रकारको पूंजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सकिने |
  • देशको औधोगिक तथा अन्य क्षेत्रको विकासमा प्रत्यक्ष सहभागी भइने |
  • देशको समग्र आर्थिक विकासमा सहयोग पुग्ने |
  • यस प्रकारको शिक्षाले वितिय व्यवस्थापन सम्बन्धि राम्रो ज्ञान हुने |
  • समग्रमा व्यक्तिगत तथा पारिवारिक आर्थिक विकासमा ठुलो सहयोग पुग्ने | आदि |
सेयरका प्रकारहरू 
साधारणतया सेयर दुई प्रकारका हुन्छन :
  • अग्राधिकार सेयर 
साधारण सेयरधनि वा लगानीकर्ता भन्दा अगाडिनै आफ्नो लगानीको प्रतिफल वा लगानी फिर्ता पाउने अधिकार सहित जारी गरिएको सेयरलाई अग्राधिकार सेयर भन्दछन |यस प्रकारको सेयरमा लगानीकर्ताले सम्झौता अनुसार निश्चित लाभांश प्राप्त गर्दछ र लगानीकर्ताले पूँजीको जोखिम उठाउनु पर्दैन | अग्राधिकार सेयर धनीहरूले कम्पनीको साधारण सभा र मतदानमा सहभागिता जनाउन पाउदैनन |
  • साधारण सेयर 
अग्राधिकार सेयरबाट लाभांस वितरण गरेर बाँकी रहेको मुनाफाबाट लगानीकर्तालाई  वितरण गरिने सेयर साधारण सेयर हो | यो जोखिमपूर्ण सेयर भएकाले जोखिम उठाउन चाहने लगानीकर्ताले मात्र यस प्रकारको सेयरमा लगानी गर्दछन | याँहा सेयरधनीलाई साधारण सभामा भाग लिन र मतदान गर्ने पूर्ण अधिकार रहेको हुन्छ |  
लगानीकर्तालाई सेयर खरिद गर्न डीम्याट खाताको आवश्यकता पर्दछ | भौतिक रूपमा रहेको सेयर प्रमाणपत्रलाई विधुतीय प्रणालीमा अभिलेखीकरण गर्ने कार्य  डीम्याट खाता हो |

पाठ : १०

आवधिक योजना (आर्थिक योजना )

परिचय 

कुनै पनि देशसंग उपलव्ध स्रोतसाधनहरूको व्यवस्थित प्रयोग गरि निश्चित समयमा तोकिएका उद्देश्यहरू पुरा गर्न बनाईएको कार्यक्रमको रूपरेखा आर्थिक योजना हो | यस किसिमको योजनाले एउटा निश्चित अवधि निर्धारण गर्ने हुनाले यसलाई आवधिक योजना पनि भन्दछन |  निश्चित लक्ष्य र उद्देश्य प्राप्तिका लागि निश्चित समयभित्र प्राथमिकताका आधारमा समपन्न गरिने कामको योजनालाई आवधिक योजना भनिन्छ | 

सर्वप्रथम सन् १९२८ मा यसप्रकारको आवधिक योजनाको अवाधराणा पूर्व सोभियत संघबाट  आएको हो | यस योजना द्वारा पूर्व सोभियत संघले ठुलो आर्थिक उन्नति गरेपछी दोस्रो विश्व युद्धपछी धेरै चर्चा पाएको हो |  आर्थिक योजनाले देशमा उपलव्ध स्रोतसाधनलाई काँहा, कति तथा कसरी प्रयोग गरी निश्चित  लक्ष्य प्राप्त गर्न मार्ग निर्देश गर्दछ |  

सर्व प्रथम राणा प्रधानमन्त्री जुद्ध शमशेरले आफ्नो कार्यकालमा २० वर्षे आर्थिक योजना तयार पारेका थिए तर यसलाई अगाडी बढाउन सकेनन त्यस्तै गरी वि. सं. २००५ मा मोहन शमशेरले १५ वर्षे योजना तयार परे तर यो योजना पनि प्रायोगमा आउन सकेन | वि. सं. २०१३ सालमा एउटा पन्च वर्षीय योजना (२०१३ देखि २०१८ ) तयार भई प्रयोगमा आयो | यो नै नेपालको पहिलो आवधिक थियो | हाल नेपालमा पन्ध्रौँ (२०७६/७७  देखि २०८०/८१) चलिरहेको छ |

आर्थिक योजनाका विशेषताहरू 

  • जनकल्याणका लागि उपलव्ध स्रोत साधनका आधारमा उद्देश्यहरुको निर्धारण,
  • निर्धारण गरिएका योजनाका आधारमा आर्थिक क्रियाकलापहरूको परिचालन, 
  • उपलव्ध स्रोत साधनको विवेकपूर्ण प्रयोग र परिचालन, 
  • विकासका लागि स्रोत साधनहरुको न्यायोचित वितरण, 
  • देशका जनताको आर्थिक जिवानमा व्यापक सकारात्मक परिवर्तन, आदि |   
आर्थिक योजनाका महत्वहरू 
  • देशमा उपलव्ध स्रोत साधनको विवेकपूर्ण प्रयोग हुने, 
  • देशको सबै क्षेत्रको विकास दिगो विकासको अवधारणा अनुरुप हुने, 
  • देशमा रहेको गरिवी तथा बेरोजगारी हटाउन सहयोग पुग्ने, 
  • तोकिएको अवधिमै विकासका आयोजनाहरु सम्पन्न  हुने, 
  • जनता तथा देशको आर्थिक उन्नति हुने, 
  • देशमा दिगो विकासले सबै क्षेत्रको सन्तुलित विकास हुने, आदि |
पन्ध्रौँ  पंच वर्षीय आर्थिक योजना 
पन्धौं पन्च वर्षीय योजना आर्थिक वर्ष  २०७६/७७  बाट सुरु भएको हो र यस योजनाले आर्थिक वर्ष  २०८०/८१ मा आफ्नो लक्ष्य पूरा गर्ने योजना बनाएको छ |  तीव्र र सन्तुलित आर्थिक विकास, सम्वृद्धि, सुशासन र नागरिकले सुखको अनुभूति गर्न पाउनुपर्छ भन्ने यस योजनाको प्रमुख उद्देश्य रहेको छ | समृद्ध नेपाल, सुखी नेपाली यस योजनाको नारा रहेको छ | संघीय संरचना अनुसार तिनै तहको अन्तरसरकारी वित व्यवस्थापन, निजी क्षेत्र, सहकारी तथा सामुदायिक क्षेत्रसंगको सहकार्यद्वारा लक्ष्य हाँसिल गर्ने यस योजनाको उद्देश्य रहेको छ |

राष्ट्रिय लक्षय 
समृद्ध नेपाल, सुखी नेपाली पन्ध्रौँ पन्च वर्षीय योजनाको प्रमुख लक्ष्य रहेको छ | यस महत्वाकांक्षी उद्देश्य प्राप्तिका लागि समृद्ध अर्थतन्त्र, सामाजिक न्याय र परिष्कृत जीवनशैली  सहितको समाजवादउन्मुख लोककल्याणकारी राज्यमा रुपान्तरण गरि उच्चआयस्तर भएको मुलुकमा स्तरोन्नतिका आधार निर्माण गर्दै यस योजनाले लक्ष्य प्राप्त गर्ने राष्ट्रिय लक्ष्य राखेको छ | 

पन्ध्रौँ राष्ट्रिय योजनाका राष्ट्रिय उद्देश्यहरु 
  • सर्वसुलभ, गुणस्तरीय र आधुनिक पूर्वाधार निर्माण, उत्पादन र रोजगारी अभिवृद्धि  उच्च, दिगो र समावेशी आर्थिक वृद्धि तथा गरिवी निवारण गर्दै सम्वृद्धिको आधार निर्माण गर्ने | 
  • गुणस्तरीय स्वास्थ्य तथा शिक्षा, स्वस्थ तथा  सन्तुलित वातावरण, सामाजिक न्याय र जवाफदेहिता सार्वजनिक सेवा कायाम गरी संघीय शासन व्यवस्थाको सुदृधीकरण गर्दै नागरिकलाई मर्यादित र परिष्कृत जीवनयापनको अनुभूति गराउने |
  • सामाजिक ,आर्थिक रुपान्तरण तथा स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण गरी देशको स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय हितको संरक्षण गर्ने |  
पन्ध्रौँ राष्ट्रिय योजनाका राष्ट्रिय रणनीतिहरू 
  • तीव्र र दिगो  रोजगारमुलक आर्थिक वृद्धि गर्ने |
  • सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चितता गर्ने | 
  • आन्तरिक तथा अन्तरदेशीय अन्तरआवद्धता एवं दिगो वस्ती विकास गर्ने | 
  • उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने | 
  • पूर्ण, दिगो र उत्पादनशील सामाजिक सुरक्षा तथा संरक्षण प्रदान गर्ने | 
  • गरिवी निवारण र आर्थिक सामाजिक समानतासहितको  न्यायपूर्ण समाज निर्माण गर्ने |
  • प्राकृतिक स्रोतको संरक्षण र परिचालन तथा उत्पादनशीलताको विकास गर्ने | 
  • सार्वजनिक सेवाको सुदृधिकरण, प्रादेशिक सन्तुलन र राष्ट्रिय एकता सम्वर्धन गर्ने |
पन्ध्रौँ राष्ट्रिय योजनाका प्रमुख कार्यक्रमहरू
१. आर्थिक क्षेत्रका कार्यक्रमहरु 

आर्थिक क्षेत्र 
  • दिगो एवं भरपर्दो सिंचाई सुबिधा गराई कृषि उत्पादन बढाउने |
  • राष्ट्रिय अर्थतन्त्रमा उद्धोग क्षेत्रको योगदान बढाउन औधोगिक क्षेत्रको बिकास र बिस्तार गर्ने |
  • मुलुकमा आर्थिक विकासका लागि निर्यातको प्रवर्धन, आयातको व्यवस्थापन र ब्यापार सन्तुलनमा जोड दिने | 
  • नेपाल लाई एक आकर्षक, मनोरम र सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने | सामाजिक क्षेत्र 
 सामाजिक क्षेत्र 
  • मुलुकको जनसंख्या तथा बसाईं सराइको उचित व्यवस्थापन गर्ने |
  • बैज्ञानिक तथा गुणस्तरीय शिक्षाद्वारा सिर्जनशिल, दक्ष, प्रतिस्पर्धी तथा उत्पादशील जनशक्तिको विकास गर्ने |
  • मुलुकका सबै तह र क्षेत्रमा सबल स्वास्थ्य प्रणालीका लागि गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्याउने |
  • सबै जनतामा स्वच्छ तथा सफा खाने पानीको उपलव्धताका लागि व्यव्थापन गर्ने | 
पूर्वाधार क्षेत्र
  • वैकल्पिक तथा नवीकरणीय उर्जाको विकास,
  • यातायात संजालको विकास,
  • सुचना तथा संचार प्रविधिमा सबै नागरिकको पहुँच, आदि | 
लोकतन्त्र र सुशासन क्षेत्र 
  • लोकतान्त्रिक मूल्यमान्यतानुसार सुशासन कायम गर्ने,
  • न्यायपूर्ण शासन प्रणालीको विकास,
  • प्रभावकारी सरकारी सेवा,
  • स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनको संचालन र व्यवस्थापन, आदि |
निजि तथा सहकारी क्षेत्र 
  • निजि तथा सहकारी क्षेत्रलाई आर्थिक सम्वृद्धिको सम्बाहकका रूपमा लिएको,
  • निजि क्षेत्रलाई औधोगिक क्षेत्रको अग्रणी भूमिकामा स्थापित गर्ने, 
  • कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण र औधोगिकीकरणमा निजि क्षेत्रलाई अभिप्रेरित गर्ने, 
  • सहकारी क्षेत्रको माध्यमद्वारा रोजगारी सिर्जना गरिबी निवारण गर्ने, आदि 
नेपालका आर्थिक योजनाहरू आशा गरे अनुसार उपलब्धिहरू हासिल गर्न नसक्नुका  कारण  
  • राजनीतिक अस्थिरता
  • प्रयाप्त आर्थिक अभाव 
  • बढि महत्वाकान्क्षी योजनाहरूको निर्माण 
  • योजना तयार गर्दा केन्द्रमा बसेर तयार गर्ने परिपाटी
  • दक्ष जनशक्तिको अभाव
आर्थिक योजनालाई उपलब्धिमुलक बनाउने तरीका 
  • आर्थिक योजना तयार पार्दा जुन क्षेत्रका लागि योजना बनाईंदैछ, त्यस क्षेत्रको स्थलगत भ्रमण गरि त्यस क्षेत्रको आवश्यकता अनुरूप योजना तयार पार्नुपर्दछ।
  • योजना बनाउँदा दिगो विकासको सिद्धान्तमा आधारित भई जनसहभागिताका साथ निर्माण गर्दा योजनाले मुर्तरुप पाउने हुंदा जनसहभागिता अनिवार्यरूपमा गराउनु पर्दछ।
  • प्रदेश सरकारले योजना बनाउदा आफ्ना प्रदेशमा भएका सम्पूर्ण स्थानीय निकायलाई समबेश गरि योजना बनाउनु पर्दछ।
  • विकासकार्यमा सहभागी जनता / नागरिकले आफ्ना जनप्रतिनिधिहरू तथा सरोकारवालाको काम कर्तव्य प्रति निगरानी राखी आवश्यक सुझाव प्रदान गर्नुपर्दछ ।
  • आवश्यक लागतको व्यवस्था गरि सुन्य भ्रस्टाचारमा विकासका योजनालाई अगाडि बढाउनु पर्दछ।
नेपालमा स्थानीय योजना तर्जुमा प्रक्रिया 
  • अभिमुखीकरण तथा तयारि कार्यशाला 
  • विकासको विध्धमान स्थिति तथा उपलव्धिको समिक्षा 
  • वस्तु स्थिति विश्लेषण, विवरण तयारी एवं अद्ध्यावाधिकरण 
  • सोच, लक्ष, उद्देश्य, रणनीति र प्राथमिकता निर्धारण 
  • स्रोतको अनुमान, प्रक्षेपण र क्षेत्रगत बाँडफाँड 
  • मानव संशाधनको आवश्यकता पहिचान र प्रक्षेपण 
  • मस्यौदा प्रस्तुति, सुझाव संकलन, तथा अन्तिम स्वरूप प्रदान 
  • योजना स्वीकृति तथा कार्यान्वयन अनुगमन तथा मुल्यांकन 



Comments

Popular posts from this blog

SEE का लागि

एकाइ : ६ हाम्रो भूगोल

एकाइ : ७ हाम्रो विगत