एकाइ : १ हामी र हाम्रो समाज
पाठ : १ सामाजिकीकरण पाठ गत सिकाइ उपलब्धि समजिकिकरणको परिचय दिन समजिकिकरणका तत्वहरू पहिचान र व्याख्या गर्न समजिकिकरणका विभिन्न माध्याम र महत्व बताउन समजिकिकरणका सिपहरू अभ्यास गर्न कठिन तथा पारिभाषिक शव्दहरू शिष्टता - बोलीको मिठास समायोजन - आफु बसेको समाज वा वातावरणमा घुलमिल भइ बस्ने काम पिंढी - पुस्ता हस्तान्तरण - अरूको हातमा दिने काम दौंतरी समूह - उस्तै उमेर भएका साथीहरूको समूह औपचारिक शिक्षा - विधालय वा विश्वविधालय बाट पाइने शिक्षा अनौपचारिक शिक्षा - विधालय वा विश्वविधालय बाहिर बाट पनि पाइने शिक्षा समकालीन - एउटै समयका मानिस सामाजिक प्राणी हो | आफु बसेको समाजबाट उसले सामाजिक मूल्यमान्यता, परम्परा, धर्म तथा संस्कृति सिक्दछ र यी सामाजिक गतिविधिहरुलाई आफु अनुकुल बनाई समाजमा रहन सिक्दछ | यसरि सामाजिक गतिविधिहरु आफु अनुकुल बनाई समाजमा समाहित हुने प्रक्रिया सामाजिकीकरण हो | सिकाइ प्रक्रिया परिवारबाट नै सुरु हुन्छ र परिवारलाई पहिलो पाठशाला भन्...