एकाइ : १० जनसंख्या र यसको व्यस्थापन

  •  पाठ : १ 

राष्ट्रिय जनगणना २०७८ अनुसार  नेपालको जनसंख्या 

एक झलक 

  • कुल जनसंख्या :  २,९१,६४,५७८
  • पुरूषको जनसंख्या : १,४२,५३,५५१
  • महिलाको जनसंख्या : १,४९,११,०२७
  • वार्षिक वृद्धिदर : ०.९२%
  • राष्ट्रिय जनघनत्व : १९८ जना प्र. व.कि.मी.
भौगोलिक बनोटका आधारमा नेपालको जनघनत्व 
          * तराई :   ४६०
          * पहाड :  १९२
          * हिमाल :  ३४
          * सबै भन्दा बढी जनघनत्व भएको जिल्ला : काठमाडौ : ५१६९ जना
          * सबैभन्दा कम जनघनत्व भएको जिल्ला : मनाङ :  ३ जना 
  • सबैभन्दा बढी जनसंख्या भएको जिल्ला : काठमाडौ (२०४१५८७)
  • सबैभन्दा कम जनसंख्या भएको जिल्ला : मनाङ (५६५८)


  • नगरपालिकामा बसोबास गर्नेको जनसंख्या : ६६.१७%
  • गाउँपालिकामा बसोबास गर्नेको जनसंख्या : ३३.८३%
  • १५ वर्ष देखि ५९ वर्षका मानिसको जनसंख्या : ६१.९६%
  • १४ वर्ष भन्दा कम उमेर भएकाहरूको जनसंख्या : २८.८३%
  • ६० वर्ष भन्दा माथि उमेर भएकाहरूको जनसंख्या : १०.२१%
  • साक्षरता : ७६.२% 
          पुरुष : ८३.६%
          महिला : ६९.४%

प्रदेश अनुसार नेपालको जनसंख्या 
  • कोशी प्रदेश :    ४९,६१,४१२ 
  • मधेस प्रदेश :     ६१,१४,६००    
  • बागमती प्रदेश : ६१,१६,८६६ 
  • गण्डकी प्रदेश : २४,६६,४२७ 
  • लुम्बिनी प्रदेश :  ५१,२२,०७८ 
  • कर्णाली प्रदेश :  १६,८८,४१२ 
  • सुदुरपश्चिम प्रदेश : २६,९४,७८३ 
राष्ट्रिय जनगणना २०७८ अनुसार कम जनसंख्या भएका जाति हरू ;
नुहारुङ=३६
बनकरिया= १८०
कुसुन्डा = २५३
लोहोमी= ३५५
सुरेल= ३१८
वालुङ = ४८१
राउटे= ५६६
ताप्केगोला= ७४२
कोचे= ८२१
फिरी= ९२१
कलार= ९३१

नेपालमा  असमान जनसंख्या वितरण हुनुका  प्रमुख कारणहरू;
  •  उपलब्ध सेवा सुविधामा असमान वितरण ।
  • बाटो घाटोको सुविधा सबै तिर पुगे पनि शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता सुविधाको अभाव ।
  • भौगोलिक बिकटता असहज भौगोलिक अवस्थिति ।
  • विषम हावापानी ।

नेपालको जनसंख्याको आकार  
जनसंख्या भनेको कुनै पनि भौगोलिक क्षेत्रमा निश्चित समयमा बसोबास गर्ने मानिसहरूको कुल संख्या जनसंख्या हो | सामान्यरूपमा भन्ने हो भने कुनै पनि मुलुक वा क्षेत्रको मानिसहरूको संख्या जनसंख्या हो | सुगम तथा सुबिधा सम्पन्न क्षेत्रको जनसंख्या बढी हुन्छ भने यसको विपरित अर्को क्षेत्रको जनसंख्या कम हुने गर्दछ | कुनै पनि देश वा क्षेत्रमा निश्चित समयमा बसोबास गर्ने सम्पूर्ण मानिसहरूको संख्या नै त्यस देश वा क्षेत्रको जनसंख्याको आकार हो | राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २९१६४५७८ छ | यो नेपालको जनसंख्याको आकार हो | नेपालको पहिलो जनगणना वि. स. १९६८ मा गरिएको थियो | यो जनगणना अनुसार नेपालको जनसंख्या ५६,३८,७४९ रहेको छ | वि. स्. १९७८ को दोस्रो राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या  ५५,७३,७८८ रहेको देखिन्छ |  यँहा जनसंख्या बढ्नुको साटो घटेको देखिन्छ | अवैज्ञानिक जनगणना, इन्फ़्लुइन्जाको माहामारी तथा प्रथम विश्व युद्धमा गएका युवाहरूको गणना नहुनु आदि यसका कारणहरू भएको देखिन्छ | वि. स्. २०९/११ मा गरिएको जनगणना नेपालको सन्दर्भमा पहिलो राष्ट्रिय जनगणना थियो | यस जनगणनालाई पहिलो जनगणना भनिन्छ | त्यस्तै गरी वि. स. २०५८ को  जनगणना अनुसार नेपालको जनसंख्या २,३१,५१, ४२३ थिया र वार्षिक वृद्धिदर २.२५ % रहेको छ | सय वर्ष पछी वि. स. २०६८ मा गरिएको जनगणना अनुसार नेपालको जनसंख्या २,६४,९४,५०४ थियो र वार्षिक वृद्धि दर १.३५ रहेको छ | ठिक सय वर्ष पछिको  वि. स. २०६८ जनगणना नेपालको जनसंख्या पांच गुणाले  वृद्धि भइ २,६४,९४,५०४  पुगेको देखिन्छ | वि. स. २०७८ को राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २,९१,६४,५७८ रहेको छ तथा वार्षिक वृद्धि दर ०.९२ % छ | यो वि. स. २०६८ को राष्ट्रिय जनगणना अनुसारको कुल जनसंख्या भन्दा २६,७०,०७४ ले मात्र अधिक हो | यसरी वि. स. २०५८ पछिको जनगणना अनुसार नेपालको जनसंख्याको वृद्धि दर तीव्र गतिमा कम हुँदै गएको देखिन्छ | प्रति सय जनसंख्यामा प्रति वर्ष हुने जनसंख्याको व्रिद्धिलाई जनसंख्या वृद्धि दर भनिन्छ |

 नेपालको जनसंख्या वृद्धि दर तीव्र गतिमा घटीरहनु पछाडिका कारणहरू;  
  • जनसंख्या वृद्धिका मूल आधार युवापुस्ताहरू उच्च शिक्षा तथा रोजगारको नाममा मुलुक बाहिर हुनु , 
  • जनचेतना तथा जनसंख्या शिक्षाको सकारात्मक प्रभाव , 
  • युवाहरू सानो तथा एकात्मक परिवार प्रति आकर्षण बढ्नु ,
  • परिवार नियोजनका साधनहरूको सहज उपलव्धता , 
  • ढिलो बिहे गर्ने चलनको विकास हुँदा बच्चा जन्मने सम्भावना कम हुँदै जानु , आदि | 



पाठ : २ 

पावारिक योजना र गुणस्तरीय जीवन 

पारिवारिक योजना 

परिवारमा उपलव्ध स्रोतसाधन तथा आम्दानीका आधारमा परिवारलाई गुणस्तरीय, व्यवस्थित तथा मर्यादित  बनाउन बनाइने योजना पारिवारिक योजना हो | पारिवारिक योजना जन्म नियन्त्रणको कार्यक्रम मात्र नभई समग्र पारिवारिक जीवनलाई व्यवस्थित गर्ने एक व्यावहारिक शिक्षा पनि हो | सानो आकार परिवार, मातृ- शिशु कल्याण, परिवारको स्वास्थ्यको ख्याल, सहि जन्मान्तर साथै बिबाहको उमेर आदि पारिवारिक योजना अन्तर्गत पर्दछन् |

पारिवारिक योजनाको महत्व 

  • पारिवारिक योजनाले व्यक्तिलाई विवाह गर्ने उपयुक्त उमेर निर्धारण गर्न मार्ग निर्देश गर्दछ | 
  • पारिवारिक योजना व्यक्तिका लागि सही गर्वधान र जन्मान्तर कायम गर्न सहयोग पुर्याउदछ | 
  • यस प्रकारको ज्ञानले आफ्ना सन्तानको उचित लालनपालन र शिक्षा आदिमा ध्यान दिन सहयोग पुर्यौदछ | 
  • पारिवारिक योजनाद्वारा सहि तथा सभ्य आकारको परिवार र गुणस्तरीय परिवार बनाउन सहयोग गर्दछ  
  • यो एउटा सम्वृद्ध तथा सभ्य परिवार निर्माणको अधार पनि हो |
  • पारिवारिक योजनाले देश्को जनसंख्या व्यवस्थापन गर्न सहयोग पुर्याइ रहेको हुन्छ |  
पारिवारिक योजना बनाउँदा ध्यान दिनुपर्ने कुराहरू 
  • पारिवारिक सदस्यहरू बीचको साझदारीलाई अगाडी बढाउनु पर्दछ |
  • परिवारका सदस्यहरूले बालबच्चा तथा जेष्ठ सदस्यको उचित स्याहारसुसार तथा हेरचाहमा ध्यान दीइनु पर्दछ |
  • परिवारका प्रत्येक सदस्यको शिक्षा, स्वास्थ्य, रोजगार साथै सामाजिकीकरणमा ध्यान दीइनु पर्दछ |  
  • परिवारको आम्दानि र खर्चबीच तालमेल मिलाईनु पर्दछ |
  • परिवारका सदस्यको उपयुक्त उमेरमा बिबाह गराई आफ्नो आय स्रोतका आधार बालबच्चा हुनुपर्दछ | आदि |   

 गुणस्तरीय जीवन 

मानवीय जीवन जीउनका लागि आवश्यक भौतिक, सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक पक्षका आधारभूत आवश्यक्ताहरु पुरा भई सहज तथा व्यवस्थित रुपमा चलिरहेको जीवनलाई गुणस्तरीय जीवन भन्दछन |  मानवका सम्पूर्ण आधारभूत आवश्यकताहरु पुरा भई खुसीका साथ् चलिरहेको जीवनलाई  नै गुणस्तरीय जीवन मानिन्छ |  आरामदाई आवास, पोषणयुक्त भोजन, आवश्यक कपडा साथै पारिवारिक प्रेम, सद्भाव असल छिमेकी आदि गुणस्तरीय जीवनका पक्षहरु हुन् |  

वास्तवमा गुणस्तरीय जीवनका लागि यी आवश्यकताहरु पुरा भएकै हुनुपर्दछ 

  • भौतिक पक्ष : खाना, बास स्थान, कपडा तथा अन्य 
  • सामाजिक तथा संस्कृतिक पक्ष : रोजगार, शिक्षा, सुरक्षा, स्वास्थ्य सुबिधा आदि |
  • आध्यात्मिक पक्ष : सकारात्मक चिन्तन, शान्ति, स्वतन्त्रता तथा आध्यात्मिक ज्ञान आदि | 
गुणस्तरीय जीवनको महत्व  
  • गुणस्तरीय जीवनका लागि मानिसका आधारभूत आवश्यकताहरु पुरा भएका हुन्छन् | 
  • यसले मानिसको जीवनलाई सरल, सफल र सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ | 
  • सानो परिवारको अवाधारणालाई मुर्तरुप दिई सुखी जीवन यापनमा सहयोग पुग्दछ  |
  • आधुनिक, सभ्य र स्तरीय समाजको विकासमा सहयोग हुन्छ | 
  • राष्ट्रको सामाजिक, संस्कृतिक, आर्थिक तथा  राजनैतिक पक्षहरुमा सुधार आउँछ |  
  • शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चित भई सम्वृद्ध र विकसित राष्ट्रको निर्माण हुन्छ |    
गुणस्तरीय जीवनका आधार 
  • आधारभूत आवयकताहरु 
  • मानव जीवनको भौतिक गुणस्तरहरूको सूचकांक 
  • मानव विकास सूचकांक 
  • आनन्दापन  
  • पौष्टिक आहार
  • भौतिक सेवा सुविधाको सहज उपलब्धता 
  • पारिवारिक मेलमिलाप, आदि ।
गुणस्तरीय जीवन कायम गर्ने आधारहरू 
  • गुणस्तरीय स्वास्थ्य सेवाको सहज उपलब्धता 
  • गुणस्तरीय तथा व्यावहारिक शिक्षा 
  • सन्तुलित र पोषणयुक्त भोजन
  • राम्रो आम्दानी सहितको दिगो रोजगारी 
  • सानो तथा सुखी परिवार 
  • प्रजनन तथा यौन शिक्षा 
  • सुविधा सप्पन्न आवास र संचार, आदि ।
पारिवारिक योजना तथा गुणस्तरीय जीवनबिचको अन्तर सम्बन्ध 

पारिवारिक योजना र गुणस्तरीय जीवनबिच गहिरो सम्बन्ध हुन्छ। जब पारिवारिक योजना सहि र व्यावहारिक हुन्छ तब गुणस्तरीय जीवनले त्याहाँ प्रवेस पाउदछ भने गुणस्तरीय जीवन भएको परिवारमा जीवन व्यवस्थित र उपलव्ध स्रोतका अधारमा योजनाबद्ध ढंगले जीवन अगाडी बढ्दछ । गुणस्तरीय जीवनले परिवारमा सुमधुर सम्बन्ध बढाउन भरपुर सहयोग गर्दछ। त्यस कारण यो भन्न सकिन्छ कि पारिवारिक योजना र गुणस्तरीय जीवनबिच घनिष्ठ सम्बन्ध रहेको छ।

पारिवारिक योजना बनाउँदा ध्यान पुर्याउनु पर्ने कुराहरू 
  • परिवारका सदस्यहरूबिच समझदारी तथा सुमधुर सम्बन्धको विकास गर्ने ।
  • परिवारका जेष्ठ नागरिक तथा साना वालवालिकाको उचित स्याहारसुसारको व्यवस्था मिलाउनु पर्दछ।
  • परिवारका प्रत्येक सदस्यले आफ्नो जिम्मेवारीलाई ईमान्दारीका साथ निर्वाह गर्नु पर्दछ ।
  • परिवारका साना सदस्यहरूको शिक्षा, स्वास्थ्य तथा सामाजिकिकरणमा ध्यान दिनुपर्दछ ।
  • पारिवारिक आम्दानी तथा खर्चका बिचमा तालमेल मिलाउनु पर्दछ ।
पाठ : ६ 
सामुदायिक स्वास्थ्य 

सामुदायिक स्वास्थ्यका क्षेत्रहरू 
  • समुदायमा वितरण गरिने खाद्य पदार्थको निरीक्षण
  • सरुवा एवम महामारीको नियन्त्रण तथा रोकथाम 
  • दुर्घटना तथा चोत्पटकको रोथाम
  • कुपोषणको रोकथाम 
  • स्वास्थ्य शिक्षा तथा खोप कार्यक्रम 
  • वातावरणीय स्वास्थ तथा सरसफाइ 
  • विपत व्यवस्थापनको तयारी, आदि ।
सामुदायिक स्वास्थ्य सेवाको महत्त्व 
  • सामुदायिक स्वास्थ्यले समुदायमा स्वास्थ वातावरण निर्माण गर्न सहयोग गर्दछ।
  • सामुदायिक स्वास्थ्य सेवाले समुदायको वातावरण सफा राख्न सहयोग गर्दछ।
  • समुदायमा स्वस्थ जनशक्ति निर्माण भएपछि समुदायको तिव्र विकासमा सहयोग गर्दछ।
  • सामुदायिक स्वस्थको अध्ययबाट समुदायका सदस्यहरूमा आफ्नो स्वास्थ्यप्रति सचेतना आनाई समाज र राष्ट्रको स्वास्थ्य सेवाप्रती सहयोग पुर्याउन सदछ्न।
  • स्वस्थ जनशक्ति राष्ट्रको विकासको एक महत्त्वपूर्ण पूर्वाधार हो।

Comments

Popular posts from this blog

SEE का लागि

एकाइ : ६ हाम्रो भूगोल

एकाइ : ७ हाम्रो विगत