एकाइ : ७ हाम्रो विगत

  •  एकाइ : ७

हाम्रो विगत

एकाइगत सिकाइ उपलव्धिहरु 

  • वि. स. २००७ साल देखि २०४६ साल सम्मको प्रमुख राजनीतिक घटनाक्रम र त्यसले सामाजिक र आर्थिक पक्षमा परेको प्रभावहरु वर्णन गर्न | 
  • वि. स. २०४६ साल देखि हालसम्मको राजनीतिक घटनाक्रम र यसले सामाजिक र आर्थिक पक्षमा परेको प्रभावहरुको खोजि गर्न | 
  • प्रथम र दोश्रो विश्वयुद्धका कारण र प्रभ्गाव/परिणाम उल्लेख गर्दै यी युद्धमा नेपाल र नेपालीले खेलेको भूमिका प्रस्तुत गर्न  | 
  • आफ्नो क्षेत्रका ऐतिहासिक स्थल एवंम् स्मारखारुको खोजी पहिचान, संरक्षण र सम्वर्धन गर्न |   
नयाँ शव्दहरु 
संक्रमणकाल 
सन्धि 
निरङ्कुश शासन 
क्रान्ति 
भारदार 
  • प्रचण्ड गोरखा - वि. स. १९८८ मा स्राथापित जनीतिक संगठन 
  • नेपाल प्रजापरिषद -  वि. स. १९९३, जेस्ठ २० मा स्थापित पहिलो राजनीतिक दल 
  • नेपाली राष्ट्रिय कांग्रेस - वि. स.  २००२, माघ १२ गते मातृका प्रसाद कोइरालाको नेतृत्वमा स्थापित राजनीतिक दल ।
  • नेपाली प्रजातान्त्रिक कांग्रेस  - वि. स. २००५, साउन २० गते सुवर्ण शमशेरको नेतृत्वमा स्थापित राजनीतिक दल 
  • नेपाली कांग्रेस - दुवै राजनीतिक दल नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातान्त्रिक कांग्रेस मिलेर वि. स. २००६, चैत्र २७ गते बनेको राजनीतिक दल 
  • नेपाल कम्युनिस्ट पार्टी - वि.सं.२००६, वैशाख १० गते पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापित राजनितिक दल 
  • बैरगनिया सम्मेलन - वि.सं.२००७, असोज ६ र ७ मा भारतको बैरगनिया स्थित एक गोदाम घरमा भएको नेपाली काङ्ग्रेसको राष्ट्रिय सम्मेलन जसले राणा शासन विरुद्ध सुवर्ण शम्शेरको नेतृत्वमा मुक्ति सेना गठन गरि शस्त्र आन्दोलन  र बि.पी. कोइरालाको नेतृत्वमा शान्तिपुर्ण आन्दोलन गर्ने निर्णय गरेको थियो।
  • वि.सं. २००७, कार्तिक २१ गते राजा त्रिभुवनद्वारा परिवार सहित दरवार त्यागी भारतिय राजदुतावासमा सरण र कार्तिक २५ गते दिल्ली प्रस्थान।
  • भारतिय प्रधानमन्त्री जवाहरलाल नेहरुको मध्यस्थतामा नेपाली काङ्ग्रेस, राणा र राजा त्रिभुवन विच दिल्लीमा वि.सं.२००७, फागुन १ गते त्रिपक्षिय सम्झौता जसलाई दिल्ली सम्झौता पनि भन्दछन ।
  • वि. सं. २००७, फागुन ४ गते स्वदेस फिर्ता र फागुन ७ मा राणा शासन अन्त्यको घोषणा ।

पाठ :१

पाठ : २
प्रजातान्त्रिक युगको एक दशक
  • भरत शम्शेरको नेतृत्वमा गठित खुकुरी दलको आतंक, जो गुमेको १०४ वर्ष पुरानो सत्ता आतंकद्वारा फर्काउन चाहन्थ्यो ।
  •  वि. सं. २००८,मंसिर १गते राजा त्रिभुवनद्वारा मातृका प्र.कोइरालाको नेतृत्वमा मन्त्रीमंडल गठन र यो मन्त्रीमंडल यी जिम्मेवारीका साथ गठन भएको थियो।
  - स्वतन्त्र न्यायापालिकाको गठन गर्ने,
  - लोक सेवाआयोगलाई प्रभावकारी बनाउने,
  - वि.सं. २००९ सम्ममा विधान सभाको निर्वाचन गराउने,
  - नागरिकको हकको सुनिश्चितता गराउने, आदि ।
  • वि.सं. २००९, साउन३०गते राजा त्रिभुवनद्वारा आफ्नै नेतृत्वमा परामर्शदातृ सरकार गठन।
  •  वि. सं. २०१०, असार २ गते मातृकाप्रसाद कोइरालाको नेतृत्वमा एकल पार्टी सरकार गठन ।
  •  वि. सं.२०१२, वैशाख १ गते गुन्जमान सिंहको नेतृत्वमा राजा महेन्द्र द्वारा सल्लाहकार सरकार गठन ।
  •  वि. सं २०१२, माघ १३ मा राजा महेन्द्र द्वारा प्रजा परिषदका अध्यक्ष टङ्कप्रसाद आचार्यको नेतृत्वमा मन्त्री परिषदको गठन ।
  • डा. के आई सिंहको नेतृ्वमा सरकार गठन २०१४ साउन ११
  • सुवर्ण शमशेरको नेतृत्वमा (अध्यक्षतामा) सरकार गठन २०१४,कार्तिक २९
           टङ्कप्रसाद आचार्यको कार्यकाललाई महत्वपूर्ण  मानिन्छ, करणहरु तल उल्लेख गरिएका छन् ;

            क) नेपाल राष्ट्र बैकको स्थापना ( वि. स. २०१३ वैशाख १३),
            ख) सर्वोच्च अदालतको स्थापना ( वि. स. २०१३ जेष्ठ ८), 
            ग) पन्च वर्षीय योजनाको सुरुवात  आदि |
  • चिनमा निर्वासित जीवन बिताइरहेका डा. के. आइ सिंंहलाई बोलाई वि. सं.२०१४, साउन ११ गते राजा महेन्द्रद्वारा उनकै नेतृत्वमा नयाँ सरकार गठन |
  • वि. स. २०१५, जेष्ठ सुवर्ण शमशेरको नेतृत्वमा काम चलाउ सरकार गठन र यस सरकारको दुई वटा जिम्मेवारी हरु सफलताका साथ पुरागरेको थियो |
          नोट :
           क) संविधान बनाउने (वि.स. २०१४, चैत्र ३ मा भगवती प्रसाद सिंहको अध्यक्षतामा बनेको संविधान मस्यौदा                   समितिले समिविधन बनाएको थियो साथै वि. स. २०१५, फाल्गुन १ मा घोषणा भएको थियो )  र 
           ख)  निर्वाचन गराउने ( आम निर्वाचन वि. स. २००७, फाल्गुन ७ मा भयो )
            ग ) यो निर्वाचनमा  १०९  सिटका लागि  ९ राजनीतिक दलहरुले भाग लिएका थिए जस मध्ये नेपाली                           कांग्रेसले ७४ वटा सिटमा विजय प्राप्त गरेको थियो | 
             घ) नेपाली कांग्रेसका नेता बि. पी. कोइराला वि. स. २०१६ , जेष्ठ १३ गते नेपालका प्रथम जान निर्वाचित                          प्रधान मन्त्रि  भएका थिए | 
             नं ) वि. स. २०१७, पौष १ गते राजा महेन्द्र द्वारा  यो सरकार बिघटन भएको थियो |
          वि. स. २००७ साल देखि वि. स. २०१७ साल सम्मका प्रमुख राजनीतिक तथा आर्थिक उपलव्धिहरु ;
 
          क) राजनीतिक उपलव्धिहरु :
  •  निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्रको स्थापना,
  •  संयुक्त राष्ट्र संघको सन् १९५५, डिसेम्वर १४मा प्राप्त गर्न सफल र अन्य मुलुकहरुसंग पनि दौत्य सम्बन्ध स्थापन  ,
  • काठमाडौ नगरपालिकाको निर्वाचन (२००४, जेठ २९, नेपालमा भएको पहिलो निर्वाचन )

           ख) सामाजिक उपलव्धिहरु :
  • देशका विभिन्न ठाउहरुमा विद्यालय स्थापना र वि. स. २०१६ मा त्रिभुवन विश्वविद्यालयको स्थापना |
  • रेल्वे, दुरसंचार, सडक जस्ता भौतिक प्रुवाधर्हरुको विकास सुरु, 
  • मलेरिया, विफर, दादुरा जस्ता रोगहरुमा विदेशी साहायाताद्वारा नियन्त्रण गरि स्वास्थ्य क्षेत्रको विकास |
  • निष्पक्ष न्यालयको स्थापना, निजामती सेवा एन - २०१३ जारी गरि प्रसासनिक क्षेत्रको सुधार 
  • मुलुकमा पहिलोपटक टेलिफोन र टेलिग्राम सेवाको सरुवात।
  • सांस्कृतिक परिषदको स्थापना ।
            ग) आर्थिक उपलव्धि 
  • अर्थमन्त्री सुवर्ण शमशेरद्वारा नेपलको पहिहो वजेट प्रस्तुत |
  • आवधिक योजना (पहिलो पन्च वर्षीय योजना) को सुरुवात (२०१२ असोज १२)|
  • नेपाल राष्ट्र बैंक  (केन्द्रीय बैंक) को २०१३ वैशाख  १४ गते (२६ अप्रिल, १९५६) मा स्थापना |
  • भुमि सुधार एन २०१३ जारी |  
  • विर्ता उन्मुलन ऐन जारी।
  • नयाँ कर प्रणालीको सरुवात।
वि. सं. २००७ साल देखि वि.सं. २०१७ एक एउटा राजनितीक अस्थिरताको दसक थियो।
  • वि. सं. २००७ मा स्थापित प्रजातन्त्र नेपालका लगि नितान्त नौलो थियोे । राजनितीक दलहरूमा  प्रजातान्त्रिक मुल्यमान्यता र सिद्धन्तको अनुभवको कमिका कारण प्रजातान्त्रिक व्यवस्थालाई व्यवस्थितरूपमा सन्चालन गर्न सकिरहेका थिएनन् ।
  • पंचायती व्यवस्थामा राजनीतिक दलहरू संवैधानिक रुपमै प्रतिबन्धित थिए | उनीहरूलाई कुनै पनि किसिमको राजनीतिक गतिविधिहरु गर्ने अधिकार थिएन | जनता तथा राजनीतिक दलहरू कोही पनि राजा र पंचायती व्यवस्थाको विरोधमा बोल्न पईन्दैनथियो | यहाँ जनताको प्रजातान्त्रिक हक वाक स्वतन्त्रताको हनन भएको बेला यस व्यवस्थालाई प्रजातान्त्रिक व्यस्था भन्न मिल्दैन |
  • वि. स. २०१७, पुस २२ गते राजा महेन्द्रले पंचायती व्यस्थाको सुरुवात गरे र वि. स. २०१९ , पुस १ गते नयाँ संविधानद्वारा  राजनीतिक दल तथा तिनीहरूको गतिविधिहरू माथि पूर्ण रुपमै प्रतिवन्ध लगाई दलविहीन व्यवस्था बलियो बनाउने कदम चलेका थिए जुन एक अप्रजातान्त्रिक कदम थियो |   
  • वि. स. २०२८ को झापा विद्रोहका दोषीहरूलाई जेल सार्ने बहानामा सुखानीको जंगलमा लागि गोलि हानी हत्या गरिएको थियो | यो राज्यले गरेको मानव अधिकार विरुद्धको निन्दनीय एक अप्रजातान्त्रिक कदम थियो |
  • वि. स. २०४० , माघ १ गतेको सिन्धुलिकों पिस्करको घटनालाई पनि मानवता विरुद्धको एक अकल्पनीय घटनाको रुपमा लिन सकिन्छ | जहाँ धेरै निर्दोष नेपालीहरूले अकारण ज्ञान गुमाउनु परेको थियो |    
  • यो तीन दसकको समयमा जनताको मौलिक हक तथा अधिकारहरू, वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता जस्ता सम्पूर्ण अधिकारहरू खोसिएका थिए | जुन एक गैर प्रजातान्त्रिक मुलुकको ज्वलन्त उदाहरण थियो |  
जनताको प्रजातन्त्र प्रतिको चाहनालाई बुझ्न नसक्दा वि. स. २०४६ सालमा पंचायती  शासन विरुद्ध ४९ दिन समा चलेको आन्दोलनले नेपालमा पुन: प्रजन्तान्त्रको उदय भइ मुलुकले नयाँ युगमा प्रवेश पाएको हो |
नेपालको इतिहासमा राजा महेन्द्रलाई एक महत्वकांक्षी राजा वा शासक मानिन्छ | यस कथनलाई निम्न बुँदाहरू प्रष्ट पार्न सकिन्छ |
नेपालको इतिहासमा राजा महेन्द्रलाई महत्वपूर्ण शासक मानिन्छ यद्धपि उनले प्रजातन्त्रलाई खोसी दलविहीन पंचायती व्यवस्थालाई वि. स. २०१७ मा सुरु गरेका थिए | पृथ्वी नारायण शाहले नेपाललाई एक बनाए तर नेपाललाई नेपाल बनाएर चिनाउने काम राजा महेन्द्रले  गरेका थिए | पृथ्वी नारायण शाहलाई एक महत्वाकांक्षी शासकका रुपमा पनि लिइन्छ | यस कथनलाई निम्न बुँदाहरू प्रष्ट पार्न सकिन्छ |
  • महेन्द्रले वि. स. २०११ चैत्र ४ गते नेपालको राजगद्दीमा राजाको रूपमा आसिन भए लगतै वि. स. २०१२ वैशाख १ गते गुन्जमान सिंह नेतृत्वको सल्लाहकार सरकार ग गरि प्रत्यक्ष शासन सुरू गरेका थिए | 
  • वि. स. २०१५ सालमा आम निर्वाचनद्वारा बनेको प्रतिनिधि सभालाई वि. स. २०१७ पुस १ गते  बिघटन गरि जननिर्वाचित प्रधान मन्त्रि वि. पी. कोइरालालाई अपधस्त गरी  वि. स. २०१७ पुस २२ गते दल बिहिन पंचायती व्यवस्थाको घोषणा गरी प्रत्यक्ष शासन सुरु गरेका थिए | 
  • वि. स. २००७ सालको क्रान्ति पछी नेपालको मन्त्रिमण्डलको बैठकमा भारतीय राजदुतको उपस्थिति रहने व्यवस्थालाई हटाई दिएका थिए | 
  • सन् १९६२ मा भारत र चिनको युद्धका बहानामा नेपाल तिब्बत सिमाना भारतीय सेनाका सैनिक क्याम्पहरू खडा गरिएका थिए | राजा महेन्द्रले भारतीय सैनिक क्याम्पहरूलाई वि. स. २०२८ तिर हटाई दिएका थिए  र परिणाम स्वरूप भारतले नेपाल माथि नाका बन्दि लगाएको थियो | 
  • नेपालमा ठुला ठुला राजमार्गहरू थिएन् | तराईका एउटा जिल्लाबाट अर्को जिल्लामा जान भारतिय मार्ग भएर जानु पर्दथ्यो |नेपालको पूर्वी क्षेत्र पश्चिमी क्षेत्र एक अर्कासंग जोडिएका थिएन् | यो समस्या हटाई नेपाललाई भावनात्मक रुपमा एक गर्न भारत, वेलायत, रुस तथा एसियाली विकास बैंकको सहयोगमा  पूर्व पश्चिम राजमार्गको निर्माण गराए |
  • मुलुकको आर्थिक उन्नतिका लागि तिब्र औधोगीकिकरणको अवधारणालाई अगाडी सारी बांसिबरी छाला जुत्ता कारखाना, हेटौडा सिमेन्ट, जनकपुर चुरोट कारखाना, बिरगंज चिनी कारखाना आदिको स्थापना गराए 
  • मुलुकमा सामाजिक सुधारका लागि मुलुकी ऐन - २०२० जारी गरि छुवाछुत, जतिभेद तथा लिंगभेद आदि सबै हटाउने प्रयास गरे |       
पाठ : ३ 
पंचायत शासनकालका राजनीतिक घटना हरु 
  • २०१७,पौष १७ - जननिर्वाचित प्रधानमन्त्री वि.पी. कोइरालालाई अप्धस्त गरि राजा महेन्द्रद्वारा प्रत्यक्ष शासनको सुरुवात | 
  • २०१७, पौष २२  -  राजा महेन्द्रद्वारा राजनीतिक दलहरुमाथि प्रतिबन्ध र पंचायती व्यवस्थाको सुरुवात |
  • २०१८, माघ ९ -  जनकपुर बम काण्ड | दुर्गानन्द झा, अरविन्द ठाकुर तथा दलसिंह थापा द्वारा राजा महेन्द्रको गाडीमा बम प्रहार भएको थिया | नाइके   दुर्गानन्द झालाई २०२० माघ १५ मा फाँसी दिईयो |
  • वि. स. २०१९, पौष १ - नेपालको सम्विधान - २०१९ राजा महेन्द्रद्वारा जारी | 
  • वि. स. २०२९, फागुन २१ - सुखानी हत्याकाण्ड, यस हत्याकाण्डमा रामनाथ दाहाल, नारायण श्रेष्ठ, कृष्ण कुइकेल, नेत्रप्रसाद र  विरेन राजवंसीलाई झापा बिद्रोहमा राष्ट्रिय पंचयातका सदस्य धर्मप्रसाद उपाध्यायलाई हत्याको आरोप लागेको थियो र तत्कालिन सरकारले यिनीहरुको गोलि हानी हत्या गर्यो  |
  • वि. स. २०३१ पौष - टिम्बुरबोटे हत्याकाण्ड - 
  • वि. स. २०३५, चैत्र २७ - देउमाइ हत्याकाण्ड 
  • वि. स. २०३६, जेष्ठ १० - जनमत संग्रह घोषणा   
  • वि. स. २०४०, माघ १ - पिस्कर हत्याकाण्ड 
  • वि. स. २०४२, जेष्ठ १०- र असार ६ -  कांग्रेसको सत्याग्रह र बम बिस्फोट  
  • वि. स. २०४६, माघ ५-७ - सर्बोच्च नेता गणेशमान सिंहको घरमा  कांग्रेसको राष्ट्रिय सम्मेलन 
  • वि. स. २०४६, फागुन ७ - जनान्दोलनको सुरुवात र वि. स. २०४६, चैत्र २६ मा अन्त्य |
नेपालमा पंचायाती शासन व्यवस्थाको उदयका कारणहरु
  • नेपालका राजनीतिक दलहरुबीच अस्वस्थ प्रतिस्पर्धाको विकास हुनु 
  • अनुभव बिहिन राजनीतिक दलहरुले अपरिपक्क व्यवाहार प्रदर्शन गर्नु ( लोकतान्त्रिक आचरणको कमि )|
  • दिल्ली सम्झौतामा सहभागीहरुले दिल्ली सम्झौताका बुंदाहरु अक्षरश: पालना गर्न नसक्नु | 
  • राजाहरुमा प्रत्यक्ष शासनको मोह बढ्नु | 
  • संक्रमणकाल लम्बिनु |
  • तत्कालिन सरकारले देशमा अमन चयन कायम गर्न नसक्नु |
  • जनतामा राजनीतिक चेतनाको कमि, आदि | 
नेपालमा पंचायाती शासन व्यवस्थाको पतनका  कारणहरु
  • दलविहीन पंचायती व्यवस्थाले दलहरु तथा जनतामा दमनको निती अख्तियार गर्नु |
  • विकेन्द्रीकृत शासन व्यवस्था भानिएता पनि  केन्द्रीकृत शासन व्यवस्था अपनाउनु |
  • दलविहीन पंचायती व्यवस्थाले जनताका मौलिक हकहरुको हनन गर्नु |
  • भ्रस्टाचार र नातावादको प्रसय पाउनु | 
  • राजनीतिक दलहरुले  निरन्तर अथक प्रयासहरुलाई जारी राख्नु | 
नेपालमा पंचायाती शासन व्यवस्थामा भएका केहि महत्वपूर्ण उपलव्धिहरु 
  • नयाँ मुलुकी एन २०२० जारी भयो 
  • भूमि सुधार एन २०२१ जारी भयो 
  • विभिन्न सार्वजनिक संस्थानहरुको स्थापना हुनु |
  • नेपाललाई  १४ अंचल, ७५ जिल्ला र पाच विकासक्षेत्र विभाजन गर्नु |
  • नेपाललाई पांच विकास क्षेत्रमामा विभाजन 
  • गाउँ फर्क अभियानको सुरुवात 
  • मुलुकमा विकेन्द्रीकरणको सरुवात
  • नयाँ शिक्षा ऐन २०२८ जारी
  • जनमत संग्रको घोषणा र निर्वाचन 
  • विकासका पूर्वाधारहरुमा विकास हुनु , आदि | 
आर्थिक उपलब्धिहरू
  • विकासका पूर्वाधारहरूको विकास
  • मध्यम तथा ठुला उधोगहरूको स्थापना
  • सार्वजनिक संस्थानहरूको स्थापना
  • उपलव्ध स्रोत साधनहरू सहि सदुपयोगको सुरुवात 
  • वैदेशिक साह्यतामा वृद्धि 
वि. सं. २००७, २०४६ र २०६२/६३ सालमा आन्दोलको आवश्यकता महसुस गरियो;
वि सं २००७ सालको आन्दोलन 
वि सं २००७ सालको आन्दोलन १०४ वर्ष लामो जहानियाँ राणा शासन अन्त्यका लागि गरिएको थियो। यो आन्दोलनले दिल्ली संझौता गरि निरङकुस राणा शसन अन्त्य भएको थियो। निम्न बुंदाहरूद्वारा वि सं २००७ सालको आन्दोलनको आवश्यकतालाई प्रष्ट पार्न सकिन्छ। 
  • अप्रजातान्त्रिक जहानियाँ राणा शासन नागरिकको पक्षमा थिएन । नागरिकलाई केवल दासदासिको रूपमा हेरिन्थ्यो ।यस्तो अप्रजातान्त्रिक तथा कठोर शासन अन्त्य गरि जनताको शासन स्थापना गर्नु आन्दोलनको अन्य विकल्प नै थिएन ।
  • संसारमै शिक्षाका माध्यमबाट विकासका कार्यहरू अगाडि बढिरहंदा नेपालको शाक्षरता दर जम्मा २% मात्र थियो। शिक्षा तथा स्वास्थ सुबिधा राणा परिवारसँग मात्र थियो। अब जनतालाई शिक्षित बनाई विकासका कार्यहरू संगसंगै अगाडि बढनका लागि यो आन्दोलन गर्नु परेको थियो ।
वि सं २०४६ सालको आन्दोलनको आवश्यकता 
वि सं २०१७ सालमा राजा महेन्द्रले जन निर्वचित प्रधानमन्त्री 


पाठ : ७
 प्रथम विश्व युद्ध  

 सन् १९१४, जुलाई २८ देखि सन् १९१९, जुन २८ सम्म विश्वमा एउटा विधंस्कारी युद्ध भयो जसले विश्वको राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा काया पलट भयो।यहि बिनासकारी युद्धलाई प्रथम विश्व युद्ध भनिन्छ । 
प्रथम विश्व युद्धका कारणहरु
  • युरोपका राष्ट्रहरुबिच गुटबन्दी 
  • गोप्य सन्धिहरु 
  • युरोप तथा एसियामा उग्र राष्ट्रवाद र सैन्यवादको सुरुवात
  • उपनिवेशवाद र सामराज्यवादको विकास 
  • भ्रमपूर्ण तथा झुठा समाचारको प्रसारण 
  • बाल्कन समस्या 
  • तत्कालीन कारण 
प्रथम युद्धका परिणामहरू
  • अकल्पनीय जनधनको क्षति 
  • भर्सेलिजको सन्धि 
  • अधिनायकवादको सुरुवात 
  • विश्वमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना 
  • विश्व व्यापी आर्थिक संकट
  • राष्ट्र संघको स्थापना 
  • नयाँ राष्ट्रहरूको उदय
प्रथम विश्व युद्धमा नेपालको भूमिका 


दोश्रो विश्व युद्ध 

विश्वका दुई शक्ति मित्र राष्ट्र ( फ्रान्स, वेलायत, अमेरिका, रुस र चिन ) र धुरी राष्ट्र ( जर्मनी, इटाली तथा जापान) बिच सन् १९३९ सेप्टेम्बर १ देस्खी  १९४५, सेप्टेम्बर १२ सम्म  भएको विनासकारी युद्धलाई  दोश्रो युद्ध भनिन्छ | यस विनासकारी युद्धलाई प्रथम विश्व युद्धको दोश्रो संस्करण मानिन्छ | 

दोश्रो विश्व युद्धका कारणहरु 

  • भर्सिलिजको सन्धी 
  • तानाशाहहरुको उदय 
  • विश्वव्यापी आर्थिक मन्दी 
  • जापानिज विस्तारवादी नीति 
  • गठबन्धनहरुको उदय 
  • स्पेनको गृह युद्ध 
  • राष्ट्र संघको असफलता 
  • जर्मनीद्वारा पोल्याण्ड आक्रमण (तत्कालिन कारण ) 
 दोश्रो विश्व युद्धका परिणामहरु 
  • अकल्पनीय धनजनको क्षति 
  • विश्वमा ध्रुवीकरणको विकास 
  • अमेरिका र रुस बीच शीत युद्धको सुरुवात 
  • उपनिवेशहरुको अन्त्य 
  • विभिन्न अन्तराष्ट्रिय संघ संस्थाहरुको उदय 
  • संयुक्त राष्ट्र संघको स्थापना , आदि | 
दोश्रो विश्व युद्द्धमा नेपालको भूमिका 

दोश्रो विश्व युद्धका समय जुद्ध शमशेर नेपालका प्रधानमंत्री थिए |  नेपालले बेलायतका तर्फबाट युद्धमा अप्रत्यक्ष रुपमा  भाग लिएको थियो  | यस युद्धमा बबर शमशेरको नेतृत्वमा  २ लाख ५० हजार सैनिकले भाग लिएका थिए | उनीहरुले साईप्रस, ग्रीस, सिरिया, लेबनान, प्यालेस्टाइन, इराक, सिंगापूर, मलाया र बर्मा आदि देशहरुमा नेपाली सैनिकहरुले लडेका थिए |  यस युद्धमा सात हजार पाँच सय चवालिस युवाहरु मारिएका थिए भने २३ हजार ६५५ घाइते भएका थिए | नेपाली सैनिकहरुको बिरतालाई देखेर वेलायत सरकारले जुद्ध शमशेरलाई मानार्थ महारथी पद प्रदान गरेको थियो भने ३ करोड ३३ लाख रुपिया पनि प्रदान गरेको थियो |
दोस्रो विश्व युद्धका प्रमुख घटनाहरू
  • जर्मनीद्वारा पोल्यान्डमाथि आक्रमण - १९३९ सेप्टेम्बर १
  • वेलायत र फ्रान्सद्वारा जर्मनीविरुद्ध युद्धको घोषणा - १९३९ सेप्टेम्बर ३
  • जापनद्वारा गुट परिवर्तन गरि धुरी राष्ट्रको तर्फबाट युद्धमा सामेल - १९४० अप्रिल ३० 
  • जापानद्वारा पर्ल हार्बरमा रहेको अमेरिकि सेनाको क्याम्पमाथी आक्रमण - १९४१ डिसेम्बर ७
परीक्षा तयारीका लगि प्रश्न 
१. दिल्ली संझौता भन्नाले  के बुझ्नुहुन्छ ?
२. बैरगेनिया सम्मेलन भन्नानाले के बुझ्नुहुन्छ ?
३. दिल्ली संझौता कहिले गरिएको थियो ?
४. तपाईंको विचारमा दिल्ली संझौताको कमजोरी के थियो ?
५. डा. के आई सिंंह तथा भिमदत्त पन्त जस्ता नेताहरूले दिल्ली संझौताको विरोध किन गरे ? एक वाक्यमा जवाफ दिनुहोस ।
६. नेपालको पहिलो राजनीतिक दल कुन हो ?
७. नेपालको पहिलो शिक्षामन्त्री को हुन ?
८. राणा शासनलाई  निरङकुस जहानियाँ शासन भनिनुका कुनै एक  कारण लेख्नुहोस ।
९. वैरगनिया सम्मेलन भन्नाले के भुझ्नुहुन्छ ?
१०. वैरगनिया सम्मेलनको उद्देश्यलाई एक बुंदामा प्रष्ट पार्नुहोस।
११. दिल्ली संझौता र १२ बुंदे दिल्ली संझौतालाई एक बुन्दामा फरक छुट्याउनुहोस् ।
१२. दिल्ली सम्झौतालाई भिमदत्त पन्त लगायत अन्यले किन विरोध गरेका थिए ?
१३. दिल्ली संझौतालाई त्रिपक्षिय संझौता पनि भन्दछन । किन ?
१४. दिल्ली संझौताका कुनै दुई सकारात्मक पक्षहरू लेख्नुहोस ।
१५. नेपालीहरूका लागि दिल्ली संझौता एक अपुरो संझौता थियो । किन ? एक वाक्यमा जवाफ  दिनुहोस् ।
१६. जयतु संस्कृतम्  भन्नाले के बुझ्नुहुन्छ ?
१७. पन्चायती शासन व्यवस्थालाई एक अप्रजातान्त्रिक शासन  व्यवस्था भनिन्छ । किन ?
१८. राजा महेन्द्र एक सत्ता महत्वाकांक्षी शासक थिए । एक वाक्यमा प्रष्ट पार्नुहोस।
   
प्रथम विश्व युद्ध 
अति छोटो उत्तर आउने प्रश्नहरू
१. गोप्य सन्धिका पिता भन्नाले कसलाई जनाउछ ? 
२. प्रथम विश्व युद्धको तत्कालिन कारण के थियो ? 
३. दोस्रो विश्व युद्धका तत्कालिन कारण के थियो ? 
४. शित युद्ध भनेको के हो ? 
५. मार्शल प्लान र कोमेकोन प्लानलाई एक वाक्यमा फरक देखाउनुहोस | 
६. ब्ल्याक ह्याण्ड सोसाइटी भनेको के हो ? 
७. साम्यवादको विस्तार दोस्रो विश्व युद्धको कारण कसरी भयो ? 
८. प्रथम विश्व युद्धको कुनै  सकारात्मक कारण लेख्नुहोस |
९. दोस्रो विश्व युद्ध कुनै एक सकरात्मक कारण लेख्नुहोस | 
१०. जर्मनीका हिटलरले भर्सिलिजको सन्धि उलङ्घन गर्दा पनि वेलायत मौन बसिरह्यो | किन ?   
११. त्रि पक्षीय मैत्री सन्धि भन्नाले के भुझ्नुहुन्छ ?
१२. बाल्कन लिग भनेको के हो ? 
१३. अटोमन साम्राज्य भन्नाले कुन देशलाई जनाउछ ?
१४. प्रथम विश्व युद्धमा अमेरिकाले जर्मनी विरुद्ध युद्धको घोषणा कहिले गरेको थियो ? (६ अप्रिल, १९१७) 
१५. पेरिस शान्ति सम्झौता कहिले भएको थियो ? 

Comments

Popular posts from this blog

SEE का लागि

एकाइ : ६ हाम्रो भूगोल