एकाइ : ६ हाम्रो भूगोल

  पाठ : १ 

हावापानीलाई प्रभाव पार्ने तत्वहरु  

हावापानी 



पृथ्वीको कुनै पनि स्थानको लामो समयसम्मको मौसम, वायुमंडल तथा जलवायुको औसत अवस्थालाई हावापानी भानिन्छ |  यो एउटा लामो समयसम्म चलीरहने प्रक्रिया हो |  अक्षांस, सामुद्रिक छाल आदि कुनै पनि स्थानको हावापनीलाई प्रभाव पार्दछ भने अति गर्मि, मध्यम हावापानी तथा अति ठण्डा यसका उधाहरणहरु हुन् | 

हावापानी र मौषमबिचको छोटो भिन्नता 

हावापानी 

कुनै पनि स्थानको लामो समयको औषत मौषमको अवस्थालाई हावापानी भनिन्छ | यहाँ लामो समय भन्नाले करिव ३० देखि ३५ वर्ष सम्मको अवास्थालाई जनाउछ | उचाई, अक्षास, सामुद्रिक धार, समुद्र देखिको दुरी, जमिनको मोहडा हावापानीलाई प्रभाव पार्ने तत्वहरू हुन् | उष्ण, समशितोष्ण र ठण्डा यसका उदाहरण हुन् |

मौषम 

कुनै पनि स्थानको छोटो अवधिको वायुमण्डलको अवस्थालाई मौसम भनिन्छ | तापक्रम, हावाको चाप ओस मौषमलाई प्रभाव पर्ने तत्वहरू हुन् | पानी पर्नु, घाम लाग्नु, बदलि हुनु, हावाहुरी चल्नु मौषमका उदाहरण हुन् |

हावापानीलाई प्रभाव पार्ने तत्वहरू

  • अक्षांश 
  • उचाई 
  • जमिनको मोहडा
  • सामुद्रीक धार 
  • सामुद्रीक दुरी  
  • वायुको बहाव दिशा  
विश्वको हावापानी 


विश्वको हावापानीलाई तीन मुख्यतया तीन भागमा  वर्गीकरण गरिएको छ | 
१. उष्ण हावापानी क्षेत्र  (० डिग्री देखि ३० डिग्री ) 
२. समशितोष्ण हावापानी क्षेत्र  (३० डिग्री देखि ६० डिग्री ) 
३. ध्रुवीय हावापानी क्षेत्र (६० डिग्री देखि ९० डिग्री ) 

पाठ : 
उष्ण हावापानी क्षेत्र
उष्ण हावापानी क्षेत्रका उपक्षेत्रहरू 
भूमध्ये रेखीय हावापानी क्षेत्र  
उष्ण तृणभूमि 
उष्ण मरूस्थलिय हावापानी क्षेत्र 
उष्ण मौषमी हावापानी क्षेत्र 

भूमध्ये रेखीय हावापानी क्षेत्र  



अवस्थिति 
भूमध्ये रेखीय हावापानी क्षेत्र  पृथ्वीको दुवै गोलार्धको ० डिग्री देखि ५ डिग्री अक्षांसमा फैलिएको छ | यो क्षेत्रमा सूर्यको किरण प्रत्यक्ष रूपमा पर्ने भएकाले यहाँ बाह्रै मास गर्मि हुन्छ | दक्षिण अमेरिकाको अमेजोन बेसिन, अफ्रिकाको कंगो बेसिन, सिंगापुर, मलेसिया आदि यो हावापानी पाइने प्रमुख क्षेत्रहरू हुन् |
जलवायु
भूमध्ये रेखीय हावापानी क्षेत्र वर्षैभरी तातो र ओसिलो हुन्छ | यो क्षेत्रको औषत तापक्रम २७ डिग्री सम्म रहने गर्दछ | यहाँ ॠतु परिवर्तन हुदैन |दिन र रात बराबर हुन्छ | बाह्रै महिना गृष्म ॠतु यो क्षेत्रको अर्को विशेषता हो |  वर्षैभरी वर्षा हुने गर्दछ | करिव २०० से. मि. भन्दा पनि बढी वर्षा हुने गर्दछ |  
वनस्पति तथा जीवजन्तु 


वर्षैभरी पर्याप्त वर्षा र उष्ण हावापानी हुने हुदाँ यो क्षेत्रमा उष्ण सदावहार वनस्पति (Ever Green Rain Forest)  पाइन्छ | अग्ला, ठुला, कडा र फराकिला पात यो क्षेत्रको वनस्पतिको विशेषता हो |  महोगानी, साल, इबोनी बाँस आदि यहाँ पाइने वनस्पति हुन | ब्राजिलको  अमाजोन र मध्ये अफ्रिकाको कंगो बेसिनमा पाइने घना जंगल यसका उदाहरण हुन |

जीवनशैली 
सदावहार घना जंगल भएको यो क्षेत्रमा विश्वका ९० % भन्दा बढी प्रजातिका जीवजन्तुहरू यो क्षेत्रमा पाइन्छन |हात्ती, गोरिल्ला, बाँदर, लेमुर आदि यहाँ पाइने जीवजन्तुहरू हुन् | विषम हावापानी र विकासका पूर्वाधारको अभावका कारण अमेजोन र कंगो बेशीको जनघनत्व न्यून रहेको छ | पिग्मी, कुबा, रेड इन्डियन, सेमांग आदि यहाँका आदि बासिहरू हुन् | यिनीहरू अझै पनि फिरन्ते जीवनशैली व्यतित गरिरहेका छन्  | एशिया महादेशको मलेसिया, इन्डोनेसिया तथा सिंगापूर भने धेरै विकसित छ | 

उष्ण तृणभूमि हावापानी क्षेत्र 


अवस्थिति 
उष्ण तृण (घाँसे) भूमि हावापानी क्षेत्र पृथ्वीको दुवै गोलार्धको ५ डिग्री देखि २० डिग्री अक्षांसमा फैलिएको छ | सुडान, सेनेगल क्युबा आदि देशहरूमा यो हावापानीको अवस्था पाईन्छ |
जलवायु
ग्रिष्म र हिउद गरी दुइवटा मात्र ॠतुहरू हुने यो हावापानी क्षेत्र साधारणतया महाद्वीपको मध्ये भागमा मात्र पाइन्छ | यहाँ ग्रिष्म उष्ण प्रकृतिको हुन्छ र औशत वर्षा  ५० से. मि. देखि १५० से.मि. सम्म हुने गर्दछ | हिउँद सुख्खा र न्यानो हुने गर्दछ |
वनस्पति तथा जीवजन्तु 
कम वर्षा हुने भएकाले यो क्षेत्र अग्ला अग्ला ( करिव १० फिट) घाँसका प्रसिद्व छ | कम वर्षाका कारण यहाँ रूखहरू पाइदैन् | फाटफुट  कतै कतै एउटा दुइटा रूखहरू भेटिन्छन | मध्य अफ्रिकाको सभाना, भेनेजुयलाको लियोनास आदि यसका उदाहरणहरू हुन् | विश्वमा रहेका जीवजन्तुका प्रजाति मध्ये करिव ९० % यहि घाँसे मैदानहरूमा पाइन्छन | हात्ती, बाघ, सिंह, जेब्रा, बाँदर आदि यहाँ पाइने जीवा जन्तुहरू हुन् |  अफ्रिकाको सभाना क्षेत्रलाई Zoo of the World भनिन्छ |
जीवनशैली 
मसाई र हौसा जातिका मानिसहरू यो क्षेत्रका आदि बासीहरू हुन् | कृषि, पशुपालन  तथा पर्यटन यो क्षेत्रको मुख्य आर्थिक क्रियाकलाप हो | यहाँ राष्ट्रिय निकुन्जहरू स्थापना भएकाले  मानिसको जीवन आधुनिकता तर्फ बढी रहेको छ |  

उष्ण मरूस्थलिय हावापानी क्षेत्र 



अवस्थिति 


उष्ण मरूस्थालिया हावापानी क्षेत्र २० डिग्री देखि ३० डिग्री  अक्षांसमा फैलिएको छ | विशेषगरी यो हावापानी क्षेत्र पृथ्वीको उत्तरी गोलार्धमा पाइन्छ | अफ्रिका महादेशको साहरा र कलाहारी, दक्षिण अमेरिकाको अटकामा, एसियाको अरब, इरान तथा थार मरुभूमि यसका उदाहरणहरू हुन् | 
जलवायु 


यो हावापानी क्षेत्रमा वर्षभरी तातो हुने गर्दछ | यहाँ दिउँसको तापक्रम ४९ डिग्री सम्म पुग्दछ भने रातिको तापक्रम १० डिग्रीमा झर्दछ | यो क्षेत्र विश्वकै उष्ण क्षेत्र हो जहाँ नगण्य मात्रामा वर्षा हुन्छ |  
वनस्पति तथा जीवजन्तु 
अत्याधिक उष्ण हावापानीका कारण  उष्ण मरूस्थालिया हावापानी क्षेत्र प्राकृतिक वनस्पतिका उपयुक्त छैन | खजुर तथा सिउडीलगायतका वनस्पति मात्र पाइन्छन् | यस किसिमका विरुवाको जरा जमिनको गहिराई सम्म पुगेका हुन्छन | मरूस्थालिया मुसा, सर्प, उँट, ब्वाँसो, छेपारो आदि यो क्षेत्रमा पाइने जिवाजन्तूहरू हुन् | 
जीवनशैली 



विश्वको कुल जनसंख्याको करिव ५ % जनसंख्या उष्ण मरूस्थालिया हावापानी क्षेत्रमा बस्ने गर्दछन | कलाहारीका बुसमेन तथा अरबका बेडोइन आदि यहाँका आदिवासिहरू हुन् |विषम हावापानीका कारण यहाँको जनजीवन अति कष्टकर छ | मरूउधानमा कृषि कार्य तथा पशुपालन हुन्छ भने अहिले आएर खनिज उत्खनन् कार्य पनि बढ्दो क्रममा रहेकाले जिवनशैली सहज बन्दै गएको छ |  

उष्ण मौषमी हावापानी क्षेत्र 



अवस्थिति 


उष्ण मौषमी हावापानी क्षेत्र पृथ्वीको दुवै गोलार्धको ५ डिग्री देखि ३० डिग्री अक्षाँसमा फैलिएको छ | समग्र दक्षिण एसिया, पूर्वी एसियाको म्यान्मार तथा थाइल्याण्ड, चीनको दक्षिण भाग, ब्राजिल, मद्गास्कार टापू आदि यो हावापानीको क्षेत्रहरू हुन् | 
जलवायु 

उष्ण मौषमी हावापानी क्षेत्रमा गृष्ममा तातो र वर्षा हुन्छ भने हिउंदमा चिसो र सुख्खा हुने गर्दछ | गृष्ममा समुद्रबाट जमिन तर्फ बहने सामुद्रिक हावाले वर्षा गराउछ भने हिउँदमा जमिनबाट समुद्र तर्फ बहने हावाले यो क्षेत्र सुख्खा हुने गर्दछ | यहाँ ठाउँ २५ से. मी. देखि ३०० से. मी. सम्म वर्षा हुन्छ |
वनस्पति तथा जीवजन्तु 


उष्ण मौषमी हावापानी क्षेत्रमा २०० से.मि. भन्दा बढी वर्षा हुने क्षेत्रमा सदाबहार वनस्पति पाइन्छ भने त्यो भन्दा कम वर्षा हुने क्षेत्रहरूमा पतझड जातका वनस्पतिहरू पाइन्छन् | रबर, बाँस, साल, सिसौ , उत्तिस, एकासिया तथा अग्ला अग्ला घाँस तथा बुट्यान आदि अन्य वनस्पतिहरू हुन् | बाघ, भालु, चितुवा, सर्प, बाँदर,गोही आदि यहाँ पाइने जीवजन्तुहरू हुन् |
जीवनशैली
राम्रो तथा सहज हावापानी र उर्वर भूमिको उपलब्धताका कारण यो क्षेत्रको जनघनत्व उच्च रहेको छ | कृषि नै यहाँको प्रमुख आर्थिक क्रियाकलाप हो | औधोगिक कार्य, बाणिज्य र पर्यटन पनि यो क्षेत्रको अर्को महत्वपूर्ण आर्थिक अतिविधि हो |

अभ्यासका लागि प्रश्नहरू 
१. विश्वको हावापानीलाई प्रभाव पर्ने तत्वहरू उल्लेख गर्दै कुनै दुईका बारेमा वर्णन गर्नुहोस |
२. भूमध्ये रेखीय हावापानी क्षेत्रका जलवायुका विशेषताहरूलाई बुदाँमा उल्लेख गर्नुहोस |
३. यदि तपाईं उष्ण घाँसे मैदान हावापानी क्षेत्रमा रहनु भएको भए  कस्तो किसिमको जलवायुको अवस्थामा रहनुहुने थियो होला ? वर्णन गर्नुहोस |
४. नेपाल विश्वको कुन हावापानी क्षेत्रमा अवस्थित छ ? यहाँ पाइने हावापानीको अवस्थाबारे छोटो जानकारी दिनुहोस |   
 


पाठ : 
समशितोष्ण सामुद्रीक हावापानी क्षेत्र 
अवस्थिती 
समशितोष्ण सामुद्रीक हावापानी क्षेत्र पृथ्वीको उत्तरी गोलार्धको ४५° देखि ६०° अक्षांश र दक्षिणी गोलार्धमा ४०° देखि ५०° अक्षांशक बिच फैलिएको छ। 
समशितोष्ण हावापानी क्षेत्र

समशितोष्ण मनसुनी हावापानी 

अवस्थित 
समशितोष्ण  मनसुनी हावापानी उत्तरी गोलार्धमा ३०° देखि ४५° अक्षांश र दक्षिणी गोलार्धमा ३०° देखी ४०° अक्षांश वरिपरि पाइन्छ । उत्तरी र मध्य चीन, दक्षिण जापान र कोरिया, अमेरिकाको दक्षिण पूर्वी भाग,उत्तर अर्जेन्टिना, दक्षिण ब्राजिल आदि यो हावापानी पाइने क्षेत्र हो । यो हावापानीले चिनको ठूलो भाग ओगटेकोले यसलाई चीनिया खाले हावापानी पनि भन्दछन ।

जलवायु / हावापानी 
समशितोष्ण हावापानी क्षेत्र गृष्ममा तातो र ओसिलो हुन्छ भने हिउँदमा ठण्डा र सुख्खा हुन्छ। यहाँको गृष्मको तापक्रम २६° से. सम्म पुग्दछ भने हिउँदमा ५° - १२° सम्म पुग्दछ। सगंसंगै गृष्ममा ५० से मि देखि १५० से मि सम्म वर्षा हुन्छ ।


वनस्पति / वन्यजन्तु 
यो क्षेत्रको प्रयाप्त वर्षा हुने क्षेत्रमा पतझड वनस्पति  पाइन्छ भने कम वर्षा हुने क्षेत्रमा बांस, बुट्यानहरू पाइन्छन। पठार क्षेत्रमा भने कोण धारी वनस्पतीहरू पाइन्छ । लोखर्के, ब्वांसो,मृग, भालु, सर्प आदि यहाँ पाइने वन्यजन्तु हुन।

जनजीवन 
यहाँ सिंचाइको राम्रो सुबिधा भएकाले  कृषि उत्पादनका लागि अति उपयुक्त छ । यो क्षेत्रमा पनि ठूलो मात्रामा अन्न उत्पादन हुने भएकाले यो क्षेत्रलाई पनि विश्वको अन्न भण्डार भन्दछन। यहाँ विश्व को एक तिहाइ जनसंख्या वसोबास गर्दछन । धान, मकै, कपास,चिया, फलफुल, सुर्ती आदि उत्पादन हुने गर्दछ। रेशम खेती, मत्स्यपालन, दुग्ध व्याव्क्सायका लागि पनि यो क्षेत्र प्रमुख क्षेत्र हो।

पाठ : ५

 शीत प्रदेश




अवस्थिति  

 शीत प्रदेश ६०° देखि ९०° उत्तर र दक्षिण दुवै अक्षांशमा फैलिएको छ। ६०° देखि ७०° अत्तर अक्षांशमा फैलिएको क्षेत्रलाई साबेरियन हावापानी भन्दन्छन। यहाँ गृष्म ऋतुको समयमा दिन अत्याधिक लामा र हिउँद ऋतुमा दिन अत्यधिक छोटा हुने गर्दछन। हिउँदको तापक्रम -१३° भन्दा कम र गृष्ममा करिव १२° सम्म पुग्दछ।

जलवायु / हावापानी 

चक्रवातका कारण वार्षिक वर्षा ४० देखि ५० से.मी. सम्म हुने गर्दछ। यहाँ क्यानडा र आलस्कामा  फैलिएको  नरम काठ भएका होचा कोणधारी रुखहरुको घना जंगल क्षेत्र रहेको छ जसलाई टाईगा भन्दछन।यस क्षेत्रका मानिसहरूको मुख्य पेशा वन पैदावरमा आधारित छ र यसलाई Lumbering भन्दछन । अत्याधिक जाडोका कारण यहाँको जनसंख्या अति कम रहेको छ । 

टुन्ड्रा हावापानी  

अवस्थिति 

७०° देखि ९०° अक्षांश सम्मको क्षेत्रलाई टुन्ड्रा प्रदेश भनिन्छ । यहाँ गृष्मको तापक्रम १०° c हुन्छ भने शितकालमा -४५° सम्म पुग्दछ भने वार्षिक  वर्षा २५से.मी. जति हुन्छ । झ्याउ, काई तथा लेउ जस्ता बनस्पतिहरु पाइन्छन। हिम भालु तथा शिल माछा आदिको  सिकार गरेर जीविकोपार्जन गर्दन्छन। यहाँका मानिसहरू इग्लु तथा ट्युपिक बस्ने गर्दछन । केहि ठाउँ तीन  महीना दिन र नौ महिना रात पनि हुने गर्दछ ।

जलवायु / हावापानी 

यो क्षेत्रमा सुर्यको किरण अति नै छडके गरी पर्दछ | जसका कारण यँहा वर्षै भरि अति चिसो हुन्छ | यँहाको ग्रिष्म अति छोटो र न्यानो हुन्छ भने हिउँद अति लामो र अत्याधिक चिसो हुने गर्दछ | ग्रिष्म लगभग दुई/तीन महिनाको हुन्छ र तापक्रम करिव १०॰ से. सम्मको हुने गर्दछ | हिउँद करिव नौ/दश महिना जतिको हुने गर्दछ र - ४५॰ से. सम्मको हुन्छ | ग्रिष्म भरी घाम लाग्दछ भने हिउँदमा घाम लाग्दैन |  

वनस्पति / जीवजन्तु 

प्राय हिउँले ढाकी अति चिसो हुने हुँदा यो क्षेत्र बोटविरुवाका लागि उपयुक्त छैन | यँहा ग्रिष्ममा काई, झ्याउ तथा लेउ जातका वनस्पति पाइन्छन् भने यो हावापानीको दक्षिणी भेग तिर होचा कोणधारी वनस्पतिहरू पाइन्छन् | ध्रुवीय भालु, ब्वाँसो, चिरू, हरिण तथा पेनगुइन आदि यो क्षेत्रमा पाइने जीवजन्तुहरू हुन् |

जनजीवन 

टुन्ड्रा हावापानी क्षेत्रमा अति नै चिसो र घाम नलाग्ने हुँदा खेतीका लागि योग्य छैन | यो क्षेत्रको दक्षिण तर्फ बसोबास गर्ने मानिसहरू सिकार खेल्ने तथा माछा मार्ने गर्दछन् |इस्किमोस, लाप्स, इन्युट आदि यो क्षेत्रका आदि बासिहरू हुन् | इस्किमोसहरू ग्रीनल्याण्डका आदिबासि हुन् भने लाप्सहरू स्क्यान्देनिभियाका हुन् त्यस्तै गरी इन्युटहरू उत्तर क्यानडाका आदिबासीहरू हुन् |   यी आदिबासीहरू हिउँदमा इग्लूमा बस्दछन भने ग्रिष्ममा ट्युपिकमा बस्ने गर्दछन् | यिनीहरू ध्रुवीय कुकुर र हरिणलाई यातायातको साधनको रूपमा प्रयोग गर्दछन् | तर विकासको गति संगै यहाँको जीवन शैलीमा परिवर्तन आएको छ |  

१.)  साइबेरियन हावापानी  


अवस्थिति 


यो हावापानी  उत्तरी गोलार्धको ६० डिग्री देखि ७० डिग्री अक्षांसमा मात्र पाइन्छ |आलस्का, क्यानडा, साबेरिया तथा स्केंदिनेभिया आदि क्षेत्र यो हावापानी पाइने क्षेत्र हो | साइबेरियाको ठुलो क्षेत्र यो हावापानीले ओगटेको हुँदा यसलाई साइबेरियन प्रकारको हावापानी पनि भन्दछन | 

जलवायु / हावापानी 

साइबेरियन हावापानीको ग्रिष्म ऋतु अति छोटो र न्यानो हुन्छ भने हिउँद लामो र ठण्डा हुने गर्दछ |यँहा ध्रुबिय वायुको प्रभाव तथा  सुर्यको किरण छड्के गरी पर्ने हुँदा वर्षी भारी चिसो हुन्छा |  करिव तीन महिनाको ग्रीष्म ऋतुको तापक्रम १० डिग्री से. भन्दा कम हुन्छ भने हिउँदमा - ३५ डिग्री सम्म पुग्दछ | यो क्षेत्रको औस्त वर्षा २५ से.मि. भन्दा कम हुने गर्दछ |  


वनस्पति / जीवजन्तु 

साइबेरियन हावापानी क्षेत्रमा कोणधारी वनस्पति पाइन्छ | यहाका रुखहरू होचा र सियो जस्ता पात भएका हुने गर्दछन | यहा पाइने कोणधारी जंगललाई  टाईगा भन्दछन | यहाँ धुपी तथा सल्ला जातका रूखहरू पाइन्छन | यी नरम जातका रूखहरूबाट कागज, सलाई, काठका समान, गितार तथा अन्य सामग्रीहरू तयार परिन्छ | यहाँ भालु, लोखर्के, हरिण आदि जातका जीवजन्तुहरू पाइन्छन |    

जनजीवन 

साइबेरियन हावापानी क्षेत्रमा जनघनत्व अति नै कम रहेको र यँहा बसोबास गर्ने मानिसहरूको मुख्य पेशा काठको कार्यसंग सम्बन्धित हुन्छ | यो क्षेत्रको दक्षिणी क्षेत्रमा आलु, जौ, स्याउ तथा चिसो हावापानीमा उत्पादन हुने वस्तुहरू उत्पादन गरिन्छ | सिकार पनि यहाँको अर्को पेशा हो |  


पाठ :१०

अफ्रिका 




  • विश्वको दोस्रो ठुलो महादेश
  •  करिव २०.२५% भूभाग अफ्रिकाले ओगटेको छ 
  • क्षेत्रफल : ३,०३,६५,००० वर्ग कि.मी.
  • तीन वटा महत्वपूर्ण अक्षाम्सहरू  ०॰ भूमध्य रेखा, २३ १/२॰ कर्कट रेखा उत्तरमा र २३ १/२॰ दक्षिणमा मकर रेखाहरूले   अफ्रिकालाई पार गर्दछन | 
  • देशहरूको संख्या : ५४
  • सबैभन्दा ठुलो देश: अल्जेरिया 
  • सबैभन्दा भन्दा सानो देश : सेसिलेस
  • शिखरहरू : किलिमन्जारो पर्वत, अट्लस पर्वत, केप शृङखला, ड्रेकेन्सवर्ग शृङ्खला आदि।
  • मुख्य नदिहरू: नाइल, नाईजर, कंगो, जाम्बेजी, अरेन्ज आदि ।
अफ्रिका महादेश विभिन्न जातका बनस्पति तथा जीवजन्तुहरूका लागि प्रसिद्ध रहेको छ | यहाँको सहारा, कलाहरी तथा नामिब मरुभूमिको क्षेत्र मरूस्थलिय वनस्पतिहरू जस्तै क्याक्टस प्रजातिका काँडेदार, बाक्लो र चिल्ला पात भएका, लामा जरा भएका खस्रा घाँस जस्ता बनास्पति पाईन्छन् | भूमध्यसागरीय हावापानी पाइने उत्तरी र दक्षिणी भागमा भूमध्यसागरीय सदाबहार वन झाडीका रूपमा पाइन्छ | अफ्रिका महादेशको भित्रि तथा मध्य भागमा सभाना घासे मैदान रहेको छ जहाँ जेब्रा, जिराफ, अस्ट्िच, जलगैंडा आदि जातका जीवजन्तुहरू पाइन्छन् | यहाँको कंगो बेंसीमा उष्ण सदावहार जंगल पाइन्छ |  
करिव ८०० भन्दा बढी जातजाति तथा २००० भन्दा बढी भाषा बोलिने अफ्रिका महादेश विविधताले भरिएको महादेश हो |   

भौगोलिक बिभाजन

  • पठार क्षेत्र 
  • पर्वतीय क्षेत्र 
  • ग्रेट रिफ्ट उपत्यका 
  • नाइल तथा जायर बेँसी 
  • मरूभूमी तथा घाँसेमैदान क्षेत्र 
हावापानी 
  • उष्ण तथा ओसिलो हावापानी 
  • मरूस्थलिय हावापानी 
  • उष्ण मौसमी हावापानी 
  • उच्छ समस्थलिय हावापानी 
  • समशितोष्ण मौसमी हावापानी  आदि।
आर्थिक र सामाजिक जीवन 
  • करिव ८०० भन्दा बढी जातजाति र २००० भन्दा बढी भाषा बोलिने अफ्रीका, विविधताले भरिएको महादेश हो |
  • करिव ७ औं सताव्दितिर अरबियनहरू आई उनीहरूले अरबियन भाषा र इस्लाम  धर्मको प्रचार तथा बिस्तार गर्न थाले |
  • सन् १६५० पछी युरोपियनहरूले पनि अफ्रीकामा प्रवेश गरे |उनीहरूले अफ्रिकामा आफ्नो अधिपत्य जमाई  बिस्तारै उपनिवेश नै खादा गरे |
  • वन्यजन्तुको विविधता, इजिप्टको पिरामिड, भिक्टोरिया ताल र झरना, नेल नदि, मिश्रको सभ्यता स्थल, हिरा, सुन चांदी बहुमुल्य खनिज तथा विसाल घाँसे मैदान आदिले अफ्रिकाको उन्नतिको सम्भावनालाई बोकेको छ |
  • लामो समय सम्म गृहयुद्ध, रोग, अशिक्षा र गरिबीबाट  आक्रान्त अफ्रीका पछिल्ला दिनहरूमा शान्ति ,विकास र सम्वृद्धितर्फ उन्मुख हुँदै गइरहेको छ  |
  • अफ्रीका मानिसहरू केवल जिविकोपारजनमुखी कृषिमा लागेका छन् | धान, मकै गहुँ. कोदो, कपास, चिया सुर्ती, उखु, कोका, कफी आदि याँहाको प्रमुख बालिहरू हुन् |
  • याँहा उष्ण घाँसे मैदान क्षेत्र तिर गाई, भेंडा, बाख्रा आदि पाल्ने गरिन्छ |
  • ठुला ठुला घाँसे मैदान देशहरूमा राष्ट्रिय निकुन्जहरू स्थापना गरिएका छन् | यो एउटा पर्यटनको ठुलो संसाधन हो |  
  • अहिले आएर अफ्रीका पर्यटनका लागि एउटा उत्तम गन्तव्य स्थल बन्न पुगेको छ |




पाठ : ७ 
उत्तर अमेरिका 
परिचय 


  • उत्तर अमेरिका विश्वको तेश्रो ठुलो महादेश हो  | यसको क्षेत्रफल     रहेको छ | यो महादेशलाई क्रिस्टोफर कोलम्बसले पत्तालगाएका थिए | 
  • यस महादेशको पूर्वमा आन्ध्र महासागर छ भने पश्चिममा प्रशान्त महासागर रहेको छ | उत्तर तर्फ  छ भने दक्षिणमा दक्षिण अमेरिका पर्दछ | 
  • उत्तर अमेरिकालाई बेरिङस्ट्रेटले एसियासंग र पानामा नहरले दक्षिण अमेरिकासंग छुट्याएको छ | 
  • उत्तर अमेरिकाको अधिकांस भूभाग समशितोष्ण हावापानी क्षेत्रमा पर्दछ |
भौगोलिक स्वरूप 
उत्तर अमेरिकालाई पूर्वी उच्च भूमि, पश्चिमी उच्च भूमि र केन्द्रीय मैदानी भाग गरी तीन भागमा विभाजन गरिएको छ 
 
  पूर्वी उच्च भूमि (Eastern High Lands)
  • पूर्वी उच्च भूमि फ्लोरिडा देखि न्यु फाउन्डल्याण्ड सम्म फैलिएको छ |
  • यो उच्च्भूमि पुराना मोडदार पर्वतहरूले भरिएको छ | यो उच्च भूमि क्यानडीयन ढाल (ग्रीनल्याण्डमा अवस्थित उच्च समस्थल) र सेन्ट लरेन्सको दक्षिण तर्फ अवस्थित अलेप्चियन उच्च भूमिले बनेको छ |
  •  यस क्षेत्रको पूर्वी भागमा आन्ध्र महासागरको तटीय मैदान पर्दछ |
पश्चिमी उच्च भूमि (Western High Lands)
  • पश्चिमी उच्च भूमि आलस्का देखि पानामा सम्म फैलिएको छ | यो क्षेत्र रक्की पर्वतले भरिएको छ | रक्की पर्वत माला विश्वको सबै भन्दा लामो पर्वत श्रेणी हो | यो श्रेणी करिव ६,४०० कि.मि. लम्बाईमा फैलिएको छ |
  •   १,५०० कि. मि. फराकिलो यो क्षेत्र उत्तर तिर बाट दक्षिण तिर जाँदा साघुरिंदै गएको छ |
  • पश्चिमी उच्च भूमिको पूर्वी भागमा रक्की पर्वत, उत्तरमा आलसका श्रेणी, दक्षिणमा तटीय पर्वत र यो क्षेत्रको बिचमा क्यास्केड पर्वत श्रेणी पर्दछ |
  • यँहा धेरै उपत्यका र बेंशीहरू रहेका छन् | 
  • कोलोराडो नदिद्वारा निर्मित ग्रान्ड क्यानोन १,८२९ मि. गहिरो भाग तथा उत्तर अमेरिकाको अग्लो पर्वत म्याकिनले (६,१९० मि.) पनि यहि अवस्थित छ | 
  • भूकम्प  र ज्वालामुखीका लागि यो क्षेत्र प्रसिद्ध रहेको छ | 
केन्द्रीय मैदानी भूभाग (Central Low Land)
  • उत्तर अमेरिकाको पूर्वी उच्च भुमी र पश्चिमी उच्च भुमीका बीचको  मैदानी भूभाग मेक्सिकोको खाडी देखि हुड्सनबेसम्म फैलिएको छ |   
  • हुड्सनबेको वरिपरी फैलिएको क्षेत्रलाई क्यान्डीयन ढाल भन्दछन् भने बिचको घाँसे मैदानलाई प्रेरिज भन्दछन् | 
  • प्रेरिज पशुपालन र खेतीका लागि विश्वमा प्रसिद्ध छ | यसलाई संसारको खाध भण्डार पनि भन्दछन |
उत्तर अमेरिकाका नदि तथा तालहरू 

  • मेक्सिकोको खाडीमा मिसिने मिसिसिपी नदि, सुमेरु सागरमा मिसिने नेल्सन र म्याकेन्जी, प्रशान्त महासागरमा मिसिने युकें, कोलोराडो , कोलम्बिया, फ्रेसर तथा आन्ध्र महासागरमा मिसिने सेन्ट लरेन्स नदी यहांका प्रसिद्ध नदीहरू हुन् |
  • सुपेरियर, हरन, इरी, ओंटेरियो, मिचिगन आदि यांहाका प्रमुख तालहरू हुन् | यसलाई ग्रेट लेक क्षेत्र पनि भन्दछन् | इरी र ओंटेरियो तालका बिचमा नायगर झरना रहेको छ |
आर्थिक गतिविधि तथा सामाजिक जीवन 
  • सुरुमा युरोपबाट बसाईं सरी गएका  गोरा जातिका  फ्रेन्च र अंग्रेजी भाषीहरूले याँहाका आदिबासिहरूलाई  शासन गरी बसेका थिए |
  • आजभोली उत्तर अमेरिकामा संसारका सबै क्षेत्रबाट मानिसहरू पुगी बसोबास गर्दछनन्| 
  • उत्तर अमेरिका / संयुक्त राज्य अमेरिका संसारका मानिसहरूको मिश्रित बसोबास गर्ने महादेश वा देश बनेको छ | साथै विभिन्न प्रकृतिको भिसा प्रणालीबाट अमेरिका र क्यानाडा पुग्ने क्रम बढ्दो छ |
  • लोकतन्त्र, स्वतन्त्रता, समानता, समावेशीता र समता उत्तर अमेरिकाको सामाजिक जीवनका विशेषताहरू हुन्|
  • याँहा मानव सुरक्षा देखि आयआर्जनका प्रशस्त सुविधाहरू भएकाले मानिसको जीवनशैली अति उन्नत रहेको छ |
  • उत्तर अमेरिकाको उत्तरी भेगमा अझै पनि इस्किमोस, लाप्स, इन्युट जस्ता फिरन्ते  आदिबासीहरु बसोबास गर्दछन | 
  • संयुक्त राज्य अमेरिका र क्यानाडा जस्ता देशहरूले अतुलनीय पूर्वाधारहरूको निर्माण, संचालन र वृद्धि गरेका छन् |
  • दक्ष जनशक्तिको सहज उपलब्धता र उचित व्यवस्थापन, अधिकतम स्रोत र साधनको परिचालन भएकाले उत्तर अमेरिकाको आर्थिक  अवस्था निक्कै मजबुत रहेको छ साथै विश्वका उच्च प्रतिव्यक्ति आयमा उत्तर अमेरिका र क्यानाडा रहेको छ |
  • कृषिमा आधुनिक र व्यावसायिक खेतीका कारण गंहु तथा मकै जस्ता कृषि उत्पादन प्रशस्त रहंदा यो महादेश खाध बालिका लागि आत्मनिर्भर बनेको छ |

दक्षिण अमेरिका 
 परिचय

हावापानी 
  • दक्षिण अमेरिकाको अमेजिन बेंसी क्षेत्रमा वर्षै भरि गर्मि र ओसिलो हावापानी पाईन्छ |
  • भूमध्य रेखीय हावापानीको क्षेत्रमा प्राय दैनिक रुपमा घनघोर वर्षा हुने गर्दछ |
  • दक्षिण अमेरिकाको तटीय क्षेत्रहरूमा सामुद्रिक हावापानीको प्रभावले वर्ष भरिनै वर्षा हुने गर्दछ |
  • दक्षिण अमेरिकाको केहि  मध्य भागहरूमा सामुद्रिक हावापानीको प्रभाव कम हुने हुनाले लामो समय सम्म खरेडी पर्ने गर्दछ |
  • यो महादेशको पूर्वी क्षेत्रहरूमा असामयिक वर्षा र अत्याधिक गर्मि हुने गर्दछ |   
वनस्पति तथा यसका विशेषताहरू  
  • दक्षिण अमेरिकाको अमेजोन बेंसी क्षेत्रमा घना उष्ण सदाबहार जंगल फैलिएको छ |
  • पृथ्वीको फोक्सो मानिने यो जंगललाई सेल्भास भन्दछन र यो संसारकै विस्तृत क्षेत्रमा फैलिएको घना जंगल हो |
  • अति नै मोटा, कडा तथा अग्ला  जातका काठका लागि यो जंगल विश्व भरि नै प्रसिद्ध छ |
  • दक्षिण अमेरिकाको पूर्वोत्तर क्षेत्रको उच्चभूमिमा बिशाल घाँसे मैदानहरू पाइन्छन् ||
  • यसको मध्य र दक्षिण पूर्वी क्षेत्रमा पम्पास नाम गरेको  घाँसे मैदान फैलिएको छ भने ब्राजिलको पूर्वी दक्षिण क्षेत्रमा क्याम्पोस नाम गरेको घाँसे मैदान रहेको छ |
  • विश्वको सबै भन्दा सुख्खा मरुभूमि अटकामा मरुभूमि लगभाग वनस्पति बिहिन रहेको छ | 
आर्थिक क्रियाकलापहरू 
  • लामो समयसम्म युरोपेली देशहरूको उपनिवेशबाट गुज्रिएको दक्षिण अमेरिकाको आर्थिक तथा सामाजिक जीवन युरोपबाट प्रभावित रहेको छ |
  • दक्षिण अमेरिकाको अमेजोन बेंशी क्षेत्रमा प्रारम्भिक जीवनशैलीका रेड इन्डियन जातका आदि बाशिहरूको बसोबास रहेको छ |
  • युरोपबाट दक्षिण अमेरिका  बसाईं सरि गएका स्पेनिस, पोर्चुगिजहरूले त्यहाँका आदिबासीहरूलाई परास्त गरी उनीहरूको इन्को सभ्यता लोप गराई आफ्नो शासन र सत्ता स्थापित गराएका थिए |     
  • दक्षिण अमेरिकाको मध्य  क्षेत्रबाट मानिसहरू तटीय क्षेत्र तर्फ बसाईं सरी स्थाई रूपमै बसोबास गर्न थाले  जसका कारण यो महादेशको पूर्वी तटीय क्षेत्रमा जनघनत्व अत्याधिक रहेको छ भने मध्य भागमा जनशक्तिको ठुलो अभाव रहेको छ ||  
  • ब्राजिल संसारमा सबै भन्दा धेरै मात्रामा कफी, कोका तथा उखु उत्पादन गर्ने देश हो भने अर्जेन्टिना सबै भन्दा धेरै गहुँ उत्पादन गर्ने देश हो |
  • पम्पास क्षेत्रमा ठुलो संख्यामा भेंडा तथा गाईवस्तुहरू पालिन्छ तथा एन्दिज क्षेत्रमा lhama जातका भेंडा पालिने गरिन्छ  यी भेंडाहरू लाई उन र मासुका लागि पालिने गरिन्छ |
  • तामा, फलाम, सुन, पेट्रोल, हिरा, कोइला आदिका लागि यो महादेश प्रसिद्ध रहेको छ |
  • रोमन क्याथोलिक तथा प्रोटेस्टेन्ट धर्मालम्बीहरूको बाहुल्यता रहे पनि हिन्दु तथा इस्लाम धर्मालम्बीहरूको पनि बाहुल्यता रहेको छ |
  • पर्तुगाली, रेड इन्डियन, निग्रो, म्युलेतोस, मेस्तिजोस आदि यहाँका आदिबासी हरू हुन् |
  
नक्सा निर्माणका विधिहरू
नक्सा निर्माणका सामान्यतया दुइ वटा विधिहरू छन।
परम्परागत विधि 
आधुनिक विधि 

परम्परागत विधि 
  • स्वतन्त्र नक्सा निर्माण विधि
  • ट्रेसिङ्ग विधि
  • स्टेन्सिल विधि
  • छायाँप्रती/फोटो कपि विधि 
  • कार्वन विधि 
  • वर्ग विधि 
आधुनिक विधि
  • भौगोलिक सुचना विधि 
  • विश्व अवस्थिति प्रणाली 
  • गुगल अर्थ 
भौगोलिक सुचना विधि
भौगोलिक सुचनाहरूको सङ्कलन, सन्चय, व्यवस्थापन गरि देखाउने प्रविधी भौगोलिक सुचना विधि हो। यो विधिलाई वेलायती नागरिक रोगर टमिल्सनले सन् १९६८ मा विकास गरेका थिए। यो प्रविधिले नक्सा निर्माणको कार्यमा ठूलो उपलब्धि प्राप्त गर्यो।
यस प्रविधिका कार्यहरू :
  • भूउपग्रह, विश्व अवस्थिती प्रणाली तथा अन्य विविध स्रोतहरूबाट  तथ्यांकलन सङ्कलन गर्दछ।
  • सङ्कलित तथ्यांकहरूको सत्यता परिक्षण गरि व्यवस्थापन गर्ने कार्य गर्दछ।
  • प्राप्त सम्पूर्ण तथ्यांकहरूलाई विभिन्न क्षेत्रमा विभाजन गरि विश्लेषण गर्ने कार्य गर्दछ।
  • अब यि सबै तथ्यांकहरूलाई दृश्यात्मक प्रस्तुतिको काम गर्दछ।

विश्व अवस्थिती प्रणाली 

विश्व अवस्थित प्रणाली विश्वव्यापी रेडियो नाबिक प्रणाली हो, जस अन्तरगत २४ ओटा भूउपग्रहहरूको समूह र तिनिहरूको पृथ्वीको सतहमा रहेका स्टेसनहरू मार्फत आफ्ना कार्यहरू गर्दछ्। प्राप्त आधारभुत तथ्यहरूको आधारमा नक्सा उतार्ने कार्य गरिन्छ,जस्तै अक्षांश तथा देशन्तर आदि। यो वैज्ञानिक प्राविधिबाट कुनै पनि स्थानको नक्सा उतार्न सहज हुन्छ।


गुगल अर्थ 

एउटा यस्तो कम्प्युटर प्रोग्राम जसले भूउपग्रह प्रतिमामा GIS तथ्यांक आदिमा आधारित भएर पृथ्वीको सतहलाई 3D मा प्रस्तुत गर्दछ। यो कार्यक्रमलाई कम्प्युटर तथा स्मार्ट फोन आदिमा राखेर प्रयोग गर्न सकिन्छ ।

पाठ :१० 

पृथ्वीको सतहमा हुने अचानक हलचल भुकम्प हो। टेकटोनिक प्लेटहरूको हलचल, ज्वालामुखी बिस्फोट तथा संचित शक्तिलाई थेग्न नसकेपछि जमिन अवस्थित चट्टान टुक्रिएर हुने हलचल भूकम्पका कारणहरू हुन। नेपाल भूकम्पिय दृष्टिकोणबाट ११औं स्थानमा पर्दछ। 

पृथ्वी सतहभन्दा ठिकमुनि भूकम्पको उत्पत्ति हुने स्थानलाई उद्गमबिन्दु भन्दछन। उदगमबिन्दुको ठिकमाथी पृथ्वीको धरातलमा जहाँ हलचलको पहिलो झड्काको महसुस गरिन्छ वा हुन्छ, त्यसलाई केन्द्रबिन्दु भन्दछन। 

भूकम्प तथा भूकम्पको क्षतिबाट सुरक्षीत रहने उपायहरू :

  • दुई चार दिनका लागि पुग्ने सुख्खा खानेकुरा ,टर्चलाईट,सिटि,औषधी, पानीको बोतल रहेको आपतकालीन झोला तयार पार्ने र बाहिर जाँदा लिएर जाने मिल्ने स्थानमा राख्ने।
  • भूकम्प प्रतिरोधि संरचनाको निर्माण गर्ने।
  • भूकम्पका बेला टेबुल, खाट वा डेस्कबेन्चमुनी घँडा टेकेर बस्ने र बिस्तारै सुरक्षीत ठाँउतिर लाग्ने ।
  • विधुत र ग्याँसको स्विच बन्द गर्ने।
  • आपतमा परेकालाई  आवश्यक सहयोग गर्दै उद्वार कार्यमा लाग्ने र सन्चारका साधानलाई निरन्तर सुनिरहने। 
  • भूकम्प प्रतिरोधी संरचनाको निर्माण गर्ने।


Comments

Popular posts from this blog

SEE का लागि

एकाइ : ८ हाम्रो आर्थिक क्रियाकलाप