SEE का लागि

                        सेट : १  

                                       समूह : क 
 
तलका प्रश्नहरूको अति छोटो उत्तर लेख्नुहोस्

 

 १. सामाजिकीकरणका कुनै दुई माध्यामहरू लेख्नुहोस् |

               २. प्रत्येक वर्ष मानव वर्ष सूचकाङ्क प्रकाशित गरिन्छ, किन ? एक वाक्यमा जवाफ दिनुहोस् |

    ३. नेपालको सन्दर्भमा मानव बेचबिखन कार्य घट्नुको साटो बढ्दो छ, किन ? एक वाक्यमा जवाफ दिनुहोस् |
   
. महिला हिंसाविरुद्ध एक आकर्षक नारा तयार पार्नुहोस् |
    
५. दिल्ली सम्झौताको मुख्य उद्देश्य के थियो ? एक वाक्यमा जवाफ दिनुहोस् |
   
. 'वैकल्पिक ऊर्जा आजको आवश्यकता' यस कथनलाई एक वाक्यमा प्रष्ट पार्नुहोस् |
    
७. साहसिक पर्यटन नेपालको आर्थिक विकासको आधार हो | यस कथनलाई एक वाक्यमा प्रष्ट पार्नुहोस् |
   
८ . वित्तीय शिक्षाको महत्वलाई एक वाक्यमा लेख्नुहोस् |
   
९. सुरक्षा परिषदको कुनै एक कार्य लेख्नुहोस् |
  
१० पञ्चशीलका सिद्धान्तले परराष्ट्र नीति प्रवर्धनमा कसरी सहयोग गर्छ ? एक वाक्यमा लेख्नुहोस

११. मानिसले गुणस्तरीय जीवनयापन गर्न के गर्नुपर्ला ? एक वाक्यमा जवाफ दिनुहोस् |

                                                  समूह : ख  

                   तलका प्रश्नहरुको छोटो उत्तर लेख्नुहोस् |

१२. हामी नेपालीहरू विश्वमा विभिन्न कुराहरूले  परिचित छौँ | हाम्रा पहिचानका अधिकारहरू उल्लेख गर्दै कुनै एकका बारे वर्णन गर्नुहोस | 

१३. नेपालको सन्दर्भमा संघीयताले ल्याएका सकारात्मक पक्षहरूलाई चार बुंदामा उल्लेख गर्नुहोस | 

१४. सम्पदाको संरक्षण मुलुकको आर्थिक विकासको आधार हो | शिर्षकमा एउटा सम्पादकीय तयार पार्नुहोस |

१५. हाम्रा लोक गीतहरूको संरक्षण र सम्वर्धनका लागि नेपाली युवा पिढीलाई कुनै चार सुझाव दिनुहोस | 

                                                                 अथवा

विश्व बन्धुत्वको भावनाले विश्वमा शान्ति स्थापना गर्न अहम भूमिका निर्वाह गर्दछ | यस कथनलाई चार बुंदामा प्रष्ट पार्नुहोस |  

१६. यदि तपाईंको साथि माथि यौन दुर्व्यावहार भएको देख्नु भयो भने के गर्नुहुन्छ ? चार बुंदामा जवाफ दिनुहोस | 

१७. नेपालको राष्ट्रिय सभा समाबेसिताको एक अनुपम उदाहरण हो | कसरी ? प्रष्ट पार्नुहोस |   

१८. भुमध्ये रेखीय हावापानीको पूर्वीय क्षेत्र र पश्चिमी क्षेत्रको सामाजिक तथा आर्थिक जीवनलाई बुँदागत रूपमा प्रस्ट पार्नुहोस | 

१९.  विश्वमा बढ्दो तनाव कम गर्न सुरक्षा परिषदले खेल्न साने भूमिकालाई चार बुंदामा उल्लेख गर्नुहोस | 

२०. राष्ट्रिय जनगणना २०५८ पछिका राष्ट्रिय जनगणनाहरूलाई केलाएर हेर्दा नेपालको जनसंख्या घट्दो क्रममा छ | यसरी नेपालको                    जनसंख्या   घट्दै  जानु पछाडिका कारणहरू के के हुन् उल्लेख गर्नुहोस |   

                                               समूह : ग   

  तलका प्रश्नहरुको लामो उत्तर लेख्नुहोस् |

२१. राज्यका तीन अंगहरू बिचको शक्ति शन्तुलन र शक्ति प्रीथाकिकरणको सिद्धान्त अनुसार अन्तर सम्बन्ध र सन्तुलनका आधारमा वर्णन          गर्नुहोस |

२२. पानाभरिको नेपालको नक्सा कोर्नुहोस र निम्न तथ्यहरू भर्नुहोस् | 

       पश्चिम सेती, बर्दिया राष्ट्रिय निकुन्ज, जुम्ला, सुदुर पश्चिम प्रदेश 

                                                                         अथवा

      पानाभरिको दक्षिण अमेरिकाको नक्सा कोर्नुहोस र निम्न तथ्यहरू भर्नुहोस् |

       सान्टियागो, पम्पास, पराना नदी, एन्जल झरना 

२३. वि. स. २००७ देखि वि. स. २०१७ सम्मको राजनीतिक अस्थिरताका लागि तपाईं  राजा र राजनीतिक दल दुवै कति दोषी मान्नुहुन्छ  ? आफ्नो विचारलाई सात बुंदामा लेख्नुहोस |  

२४. नेपालमा पर्यटनको सम्भावनालाई बुँदामा लेखि वर्णन गर्नुहोस | 

    
                                                              
सेट :२ 
                                                        समुह : क 
  
तलका प्रश्नहरूको अति छोटो उत्तर लेख्नुहोस्
|
.औपचारिक तथा अनौपचारिक शिक्षा समजिकिकरणको कुन माध्याममा पर्दछ ?
२. मानव विकास सूचांक प्रकाशित गर्नुको मुख्य उद्देश्य के हो ? एक वाक्यमा आफ्नो जवाफ लेख्नुहोस्
३. मानव बेचबिखन कार्य बढ्नु पछाडिका कुनै एक प्रमुख लेख्नुहोस्
४. आफु बसेको समाजमा घटीरेहका घरेलु हिंसा कम गर्ने कुनै एक उपाय लेख्नुहोस् |
५. राणा शासन अन्त्य पछिको बनेको अन्तरिम मन्त्रीमंडलमा गृह मंत्रीको पद कसले समालेका थिए
६. यदि तपाइँ एक राणा बिरोधि आन्दोलनको एक सहभागी भइदिनु भएकोभए, के तपाइँ डाक्टर के आइ            सिंहलाई समर्थन गर्नुहुनेथियो ? आफ्नो जवाफ एक वाक्यमा लेख्नुहोस्
७. ग्रामिण पर्यटन भनेको के हो
८. नेपालको उर्जा क्षेत्रको विकाश गर्न सम्वन्धित निकायलाई एक बुंदाम सुझाव दिनुहोस् |
९.संयुक्त राष्ट्र संघको शान्ति सेना अन्तर्गत नेपालले कहिले देखि आफ्नो सहभागिता जनाएको हो
१०. जिम्मा जमानी परिषद कार्य विहिन रहनु पछाडिका कुनै एक कारण लेख्नुहोस् |
११. नेपालको जनसंख्या वृद्धिदर क्रमश घट्दो क्रममा छ | किन ? एक वाक्यमा जबाफ लेख्नुहोस् |  
                                                        समुह : ख  
        
तलका प्रश्नहरुको छोटो उत्तर लेख्नुहोस् |
१२. विविधतामा एकता नेपालीको पहिचान हो | भन्ने कथनलाई चार बुंदामा प्रष्ट पार्नुहोस्
१३. मानव विकाश सूचांकको आवश्यकता किन अपरिहार्य छ ?
१४. राष्ट्रिय सम्पदा संरक्षणमा स्थानीय निकायको भूमिका शिर्षकमा नेपालको राष्ट्रिय दैनिकका लागि एउटा   सम्पादकीय तयार पार्नुहोस्
१५.प्रत्येक वर्ष मनाईने राष्ट्रिय दिवस असोज ३ गतेका सान्दर्भिकता बारेमा चार बुँदामा लेख्नुहोस् |
                                                   
अथवा 

बाल दिवसलाई समयसापेक्ष, सान्दर्भिकता र अर्थपूर्ण बनाउन के कस्ता कुरामा ध्यान पुर्याउनु पर्दछ ?  चार बुंदामा आफ्नो जवाफ लेख्नुहोस् |   

१६. प्रत्येक वर्ष जेष्ठ १५ गते मनाईने गणतन्त्र दिवसको महत्व माथि चार बुंदामा लेख्नुहोस्

१७. प. हु. नि. हु निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली बिचको भिन्नतालाई चार बुंदामा लेख्नुहोस्
१८. टाइगा भनेको के हो ? यसका विशेषतालाई चार बुँदामा लेख्नुहोस्
१९. के संयुक्त राष्ट्र संघ आफ्नो उद्धेश्य प्राप्तिमा सफल भएको छ ? आफ्नो विचारलाई चार बुंदामा लेख्नुहोस् |
२०. नेपालमा जनसंख्या वृद्धिदर क्रमशः घटिरहेको छ | यसरी  नेपालमा जनसंख्या वृद्धिदर क्रमशः घटिरहनुका  कारणहरु के के हुन् ? चार बुंदामा जवाफ लेख्नुहोस्



                                                समुह : ग  

   तलका प्रश्नहरुको लामो उत्तर लेख्नुहोस् |

२१. लोकतन्त्रलाई दिगो बनाउन राजनीतिक दलहरुको ठुलो भूमिका रहन्छ | नेपालको सन्दर्भमा नेपलका राजनीतिक  दलहरुका भूमिकालाई सात बुंदामा प्रष्ट पार्नुहोस्

२२. पानाभारिको नेपालको नक्सा कोर्नुहोस् र निम्न तथ्यहरु भर्नुहोस् | बबई नदी, महेन्द्रनगर, यारी, फिदिम

                                                  अथवा   

 पानाभारिको उत्तर अमेरिकाको नक्सा कोर्नुहोस् र निम्न तथ्यहरु भर्नुहोस् | मेक्सिकोको खाडी, सेन्ट लारेंन्स नदी, सुपेरियर  ताल, नैग्रा फल्स 

२३. २०६२/६३ को जनआन्दोलनको सफलता पछी नेपालमा आएका परिवर्तनहरुलाई सात बुंदामा प्रष्ट पार्नुहोस् |  

२४. वर्षेनी नेपालबाट लाखौ युवाहरु विदेशतर्फ पलायन हुन्छन् | यसरी देशको जनशक्ति विदेश तिर पलायन हुनु देशका  लागि राम्रो होइन | देशको जनशक्ति विदेशतिर पलान पछाडिका कराणहरू के के हुन् ? यस्तो कार्यको निवारण के  हुन् सक्छ ? तपाइको जवाफ तिन तथा चार बुँदामा जवाफ लेख्नुहोस् |                            

 

                                                  सेट : ३ 

                                              समुह : क 

  तलका प्रश्नहरुको अति छोटो उत्तर लेख्नुहोस् |

१. सामाजिकीकरण भएको व्यक्तित्वमा हुने कुनै दुई गुणहरु लेख्नुहोस्

२. तपाईको बिचारमा मानव विकास सूचकाँकमा नेपाल पछिपर्नुका कुनै दुई कारणहरु उल्लेख्गर्नुहोस् |

३.मव बेचबिखनका मा कुनै दुई कराणहरु लेख्नुहोस् |  

४. हाम्रो समाजमा देखापरेका घरेलु हिंसालाई कम गर्न कुनै दुई उपायहरु उल्लेख गर्नुहोस् 

५. राजा महेन्द्रले निर्दलीय पंचयाती व्यवस्थालाई कहिले घोषणा गरेका थिए

६. वि. सं. २०४६ सालको जन आन्दोलनको प्रमुख माग के थियो ?

७. विदेशी विनिमय दर भनेको के हो

८. सहकारीले गरिबी निवारणमा कसरी सहयोग पुर्याउदै आएको छ ? एक वाक्यमा जवाफ दिनुहोस् 

९. संयुक्त राष्ट्र संघको कुन अंगले विधायिकाको कार्य गर्दछ

१०. वालवालिकाहरूलाई  साईबर कुलतबाट जोगाउणका लागि कुनै एक सुझाव दिनुहोस् |

११. नेपालको वार्षिक जनसंख्या वृद्धिदर घट्दै जानुको कुनै एक कारण लेख्नुहोस्



                  समुह : ख  

    तलका प्रश्नहरुको छोटो उत्तर लेख्नुहोस् |

१२. विविधताले भरिपूर्ण हाम्रो देशमा राष्ट्रिय  एकता कायम गर्न के कस्ता उपायहरू अपनाउनु पर्नेछ ? कुनै चार सुझाव दिनुहोस् |

१३. संघीयता हाम्रो देशका लागि कसरी बरदान बन्न सक्दछ ? कुनै चार सुझाव दिनुहोस् |

१४. विश्व बन्धुत्वका लागि युवा पुस्ताको भूमिका कस्तो हुनुपर्दछ ?  | यसै सन्दर्भलाई आधार बनाई युवा पुस्तालाई कुनै चार सुझाव दिनुहोस्

 १५. हाम्रा लोक बाजा तथा लोक धुन हाम्रा परिचय हुन् | लोक बाजा तथा लोक धुनको संरक्षणमा युवा पुस्ताको  भूमिकालाई चार बुंदामा प्रष्ट पार्नुहोस |

                                          अथवा 

नेपालका संस्कृतिक तथा धार्मिक सम्पदाहरूको संरक्षण र सम्वर्धनमा स्थानीय तह र प्रदेश सरकार निर्वाह गर्नु पर्ने  भूमिकालाई क्रमस: दुई दुई बुंदामा जवाफ लेख्नुहोस

१६. नेपालमा मानव बेचविखनका विरुद्ध भएका प्रयास तथा ति कार्यहरूको प्रभावकारिताको छोटो विश्लेश्नातक लेख तयार पार्नुहोस |

१७. लोकतान्त्रिक शासन प्रणालीमा संघीय कार्यपालिकाको भूमिकालाई चार बुंदामा उल्लेख गर्नुहोस

१८. नेपालको भौगोलिक अवस्थालाई आधार बनाई धरातलीय विविधताले मानव जीवनमा पार्ने असरहरू बारे प्रस्ट पार्नुहोस |

१९. विश्वमा शान्ति स्थापनाका लागि पंचशिलका सिद्धान्तले निर्वाह गर्न सक्ने भूमिकालाई चार बुंदामा उल्लेख गर्नुहोस

२०. गुणस्तरीय जीवन निर्वाणमा परिवारका सदस्यहरूको भूमिकालाई चार बुँदामा प्रस्ट पार्नुहोस्

                                                   समुह : ग  

  तलका प्रश्नहरुको लामो उत्तर लेख्नुहोस् |

२१. स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि निर्वाचन आयोग र नागरिकको भूमिकालाई कसरि प्रभावकारी बनाउन सकिन्छ ?  क्रमस : तीन र चार बुंदामा आफ्नो सुझावलाई प्रस्तुत गर्नुहोस

२२. पानाभारिको नेपालको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त संकेत प्रयोग गरि भर्नुहोस्

 कन्चनजंघा हिमाल, सुदुरपश्चिम प्रदेश, अरनिको राजमार्ग, चिया उत्पादन क्षेत्र \

                                                   अथवा 

पानाभारिको दक्षिण अमेरिकाको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त संकेत प्रयोग गरि भर्नुहोस् |

एन्जल फल्स, अत्कामा मरुभूमि, अमेजों नदि, उरुग्वे 

२३. प्रतिनिधि घोषणा पत्र २०६३ पृष्ठभुमिका बारेमा छोटकरिमा उल्लेख गर्दै त्यसपछि राजनीतिक घटनाहरू लाई बुँदागत रुपमा उल्लेख गर्नुहोस |

२४. नेपालमा बैदेशिक रोजगारको आर्थिक र सामाजिक क्षेत्रमा पारेका प्रभावहरू समावेस गरि दुइ साथीहरू बिचको संवाद तयार पार्नुहोस | .  

                            सेट : ४ 

                                                             समुह : क 

    तलका प्रश्नहरुको अति छोटो उत्तर लेख्नुहोस्

१. हाम्रो देश नेपालको राष्ट्रिय गौरवका कुनै दुई आधारहरू लेख्नुहोस् |

२. नेपालका राष्ट्रिय गौरवका आयोजनाहरू समय समपन्न हुँदैनन् | यी आयोजनाहरूलाई लक्ष्य अनुरुप समयमै सम्पन्न   गर्न एक सुझाव दिनुहोस् |

३.अहिलेका वालवालिका यौन विसंगति बढिरहनुको प्रमुख कारण केलाई मान्नुहुन्छ  ? एक वाक्यमा जवाफ दिनुहोस् |

. तलदिएको सामाजिक समस्याको पहिचान गरि त्यसको निराकरणका लागि एक सुझाव दिनुहोस् |

. क्याप्टेन यज्ञ बहादुर थापा कुन राजनीतिक घटनासंग आवद्ध व्यक्ति हुन् ?

६. वि. सं. २०४६ सालमा बनेको अन्तरिम सरकारका प्रधानमंत्री कृष्ण प्रशाद भट्टराईको कार्य काललाई एक वाक्यमा मुल्यांकन गर्नुहोस् |

७. पन्च वर्षीय आवधिक योजनाको योजनाकार राष्ट्र कुन हो ?  

८. मानिसहरूलाई जीवन बीमा गर्न उत्प्रेरित  गर्न एक वाक्यमा सुझाव दिनुहोस् |

९. असंग्लाग्न परराष्ट्र नीति भनेको के हो ?

१०. हालसालै नेपाल सरकारले सामाजिक संजाल टिक टक माथि प्रतिवन्ध लगाएको छ | यस कार्य प्रति तपाईंको विचारलाई एक वाक्यमा लेख्नुहोस्

११. नेपालका केहि जिल्लाको जनसंख्या ऋणात्मक हुँदै गैरहेको छ |यसो हुनुका कुनै एक कारण लेख्नुहोस् |        

 

                                                      समुह : ख

    तलका प्रश्नहरुको छोटो उत्तर लेख्नुहोस् |

१२. द्वीतीय समजिकिकरण र प्राथमिक सामाजिकीकरणलाई चार बुंदामा फरक छुट्याउनुहोस् |

१३. वर्तमान अवस्थामा नेपालका संघीय, प्रदेश र स्थानीय सरकारहरू आफ्ना अधिकारका लागि द्वन्दमा रहेको देखिन्छ नेपालको संविधानले व्यवस्था गरे अनुरुप संघीय सरकारले गर्नुपर्ने कार्यहरू के के हुन्

१४.स्थानीय  समप्दाको संरक्षणमा स्थानीय तहको भूमिका शिर्षकमा एउटा सम्पादकीय तयार पार्नुहोस्

१५. हाम्रो लोक गीत तथा लोक नाचलाई जोगाउन तपाईंको बिचारमा के गर्नुपर्दछ ? चार बुँदामा  सुझावदिनिहोस् |                                        

                                             अथवा 

   तपाईंले धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तिवहरूका बारेमा पढी सक्नुभएको छ | ति व्याक्तिहरूको जीवनीबाट प्राप्त गर्नुभएको सन्देसहरूलाई चार बुँदामा लेख्नुहोस् |  

१६.  छाउ प्रथा पश्चिम नेपालमा अझै पनि अभिसपको रूपमा कायम रहेको छ | यस्तो असामाजिक प्रथा  हटाउन सामाजिक अध्ययन शिक्षक र विद्धार्थी बिचको संवाद तयार पार्नुहोस् |

१७. न्यायापालिकाका कुनै चार कार्यहरू लेख्नुहोस्

१८. समशितोष्ण घासे मैदान हावापानी क्षेत्रको  आर्थिक क्रियाकालाप बारे छोटो विवरण तयार पार्नुहोस |

१९. सामाजिक संजालको सहि सदुपयोग गर्नका लागि एउटा ब्यानर तयार पार्नुहोस |

२०  गुणस्तरीय जीवन कायम गर्न के गरिनु पर्दछ ? चार बुंदामा प्रष्ट पार्नुहोस|

                                                  समुह : ग     

तलका प्रश्नहरुको लामो उत्तर लेख्नुहोस् |

२१.नेपालको राजनीतिक स्थायित्वका लागि राजनीतिक दलहरूको भूमिकालाई बुँदागत रूपमा प्रष्ट पार्नुहोस

२२. पानाभारिको नेपालको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त संकेत प्रयोग गरि भर्नुहोस्

     कुम्भकर्ण  हिमाल, सुदुरपश्चिम प्रदेश, भीमदत्त  राजमार्ग, स्याउ  उत्पादन क्षेत्र |

                                                              अथवा 

  पानाभारिको दक्षिण अमेरिकाको नक्सा बनाई निम्न तथ्यहरूलाई उपयुक्त संकेत प्रयोग गरि भर्नुहोस् |

एन्जल फल्स, पटागोनिया  मरुभूमि, अमेजों नदि, संटियागो  

२३.प्रथम विश्व युद्धका परिणामहरूनै दोस्रो  विश्व युद्धका कारणहरू थिए | प्रष्ट पार्नुहोस् |

 २४. जीवन वीमाको महत्व र बीमा गर्दा ध्यान पुर्याउनुपर्ने कुराहरू उल्लेख गर्दै साथीलाइ चिठी लेख्नुहोस |  

                                             सेट : ५ 

                                                                                                                                                              तलका प्रश्नहरूको अति छोटो उत्तर लेख्नुहोस् |

१.       हाम्रा कुनै दुई राष्ट्रिय पहिचानहरू लेख्नुहोस् |

२.       राष्ट्रिय गौरवका आयोजनाहरूलाई किन प्राथमिकता दीइनु पर्दछ |

३.       मादक पदार्थ सेवन गरेर सवारी साधन किन चलाउनु हुदैन ?

४.       बढ्दो वालवालिका विरुद्ध हुने हिम्सा कम गर्न एक आकर्षक नारा तयार पार्नुहोस् |

५.       द्वितीय विश्व युद्धको अन्त्य पछी देखापरेको कुनै एक तत्कालिन प्रभाव लेख्नुहोस् |

६.       दलविहीन पंचायती व्यवस्थाको घोषणा कहिले गरिएको थियो ?

७.       नेपालको पहिलो सहकारी संस्था कहिले स्थापना भएको हो ?

८.       नेपलको द्रुत आर्थिक विकासका लागि कुन क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्दछ ? उल्लेख गर्नुहोस् |

९.       पन्चशिलका सिद्धान्तलाई एक वाक्यमा प्रष्ट पार्नुहोस् |

१०.   विश्व व्यापिकरण र स्थानीयकारणलाई एक वाक्यमा फरक छुट्याउनुहोस् | 

११.   व्यावाहारिक शिक्षाले मानव जीवनमा कसरी परिवर्तन ल्याउछ ? लेख्नुहोस् |       

    तलका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस् | 

  १२. नेपालको राष्ट्रियले कसरी समाबेसितालाई झल्काउने प्रयास गरेको छ ? आफ्नो विचारलाई चार बुंदामा उल्लेख               गर्नुहोस | 

                                     

                                                          सेट : ६ 


अति छोटो उत्तर आउने प्रश्नहरू                                                                                         

१. सामाजिकीकरणक कुनै दुइ माध्यामहरु लेख्नुहोस् |                                                                       

२. प्रत्येक वर्ष मानव वर्ष सुचकाँक प्रकाशित गरिन्छ किन एक वाक्यमा जवाफ दिनिहोस् |

३. तपाईं बसोबास गर्ने समाजमा रहेको कुनै एउटा सामाजिक समस्या लेखि त्यसको निराकरणको कुनै एउटा उपाय उल्लेख गर्नुहोस् | 

४. साइबर अपराध विरुद्ध एक आकर्षक नारा तयार पार्नुहोस् 

५. दिल्ली सम्झौता कहिले गरिएको थियो ?

६. १२ बुंदे दिल्ली सम्झौता गरिए पछि नेपालको राजनीतिक क्षेत्रमा परेको  तत्कालिन प्रभाव लेख्नुहोस ।

७. नेपालमा उर्जाको महत्वलाई दुई बुंदामा उल्लेख गर्नुहोस् 

८. नेपालको जल उर्जाकोसहि सदुपयोग गर्न एउटा सुझाव दिनुहोस् |

९. सुरक्षा परिषदको कुनै एउटा कार्य लेख्नुहोस् |

१०.राष्ट्रिय जनगणना - २०७८ अनुसार  नेपालको भौगोलिक क्षेत्रहरूको असमान  जनघनत्वका कुनै एक कारण दिनुहोस् 

११. गुणस्तरीय जीवनका लागि तपाईंको परिवारले गरेको कुनै एक कार्य लेख्नुहोस् |

                                                      समूह ‘ख’

    छोटो उत्तर आउने प्रश्नहरू (९×४=३६)

१२.  मानिस जैविक प्राणीबाट सामाजिक प्राणीमा रुपान्तरण हुने गर्दछ चार बुँदामा प्रष्ट पार्नुहोस् |

१३. मानव विकास सूचांक भन्नाले के बुझिन्छ मानव विकास सूचांकको महत्वलाई तीन बुँदामा प्रष्ट पार्नुहोस् |

१४. हाम्रो सम्पदाहाम्रो पहिचान शिर्षकमा एउटा सम्पादकीय तयार पार्नुहोस् 

१५. हाम्रो लोक गीत तथा लोक नाचलाई जोगाउन तपाईंको बिचारमा के गर्नुपर्दछ चार बुँदामा सुझाव दिनिहोस् 

                                                        अथवा 

तपाईंले धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तिवहरूका बारेमा पढी सक्नुभएको छ ति व्याक्तिहरूको जीवनीबाट प्राप्त गर्नुभएको सन्देसहरूलाई चार बुँदामा लेख्नुहोस् |  

१६.  हाम्रो समाजमा रहेका  सामाजिक समस्या हटाउनका लागि सरकारी तथा गैर सरकारी संघ संस्थाहरूबाट  धेरै प्रयासहरू भएता पनि सामाजिक समस्या जस्ताको त्यस्तै छ यी समस्याहरूलाई हटाउन के कस्ता प्रयाशहरू गर्नु पर्दछ चार बुंदामा उल्लेख गर्नुहोस् |

१७. संघीय व्यस्थापिकाका कुनै चार कार्यहरू लेख्नुहोस् |

१८. उष्ण घाँसे मैदान हावापानी र समशितोष्ण घाँसे मैदान हावापानीलाई चार बुंदामा फरक छुट्याउनुहोस् |

१९. संयुक्त राष्ट्र संघले आफ्ना उद्देश्यहरू प्राप्तिका लागि के कस्ता कार्यहरूलाई अगाडी बढाउनु पर्दछ आफ्नो सुझावलाई चार बुँदामा प्रष्ट पार्नुहोस् 

२०. राष्ट्रिय जनगणना २०७८ ले नेपालको जनसंख्या तीव्र गतिमा घटिरहेको देखाएको छ यसरी जनसंख्या तीव्र गतिमा गतिरहनुका कारणहरू उल्लेख गर्नुहोस् |   

                                                 समूह `´

लामो उत्तर  आउने प्रश्नहरू (४×७=२८)

२१. कानुनी शासनमा न्यायपालिकाको भूमिकालाई सात बुंदामा उल्लेख गर्नुहोस।

२२. पानाभरिको नेपालको नक्सा कोरि निम्न तथ्यहरू उचित संकेत सहित भर्नुहोस।

२३. यद्यपि २००७ सालको क्रान्तिले १०४ वर्षे राणा शासनलाई अन्त्य गरेता पनि यो क्रान्तिका उपलव्धिलाई अपूर्ण मानिन्छ। अब २००७ सालको क्रान्तिका सरात्मक र नकारात्मक पक्षहरूलाई तीन र चार बुंदामा लेख्नुहोस।

२४. नेपाल पर्यटन उधोगका लागि उर्वर भुमी हो । नेपालमा पर्यटनको संभावनालाई सात बुंदामा प्रष्ट पार्नुहोस।

                                                       सेट : ७                                                अति छोटो उत्तर आउने प्रश्नहरू 

                                                         समूह   

१. हाम्रा राष्ट्रिय गौरवहरूको संरक्षणका कुनै दुइ उपायहरू लेख्नुहोस् |

२. नेपालको दिगो विकासका लागि के कुराहरूमा ध्यान दिनुपर्दछ

३. घरेलु हिम्साले परिवारमा  के कस्ता असर पुर्याउछन

४. हाम्रो समाजमा रहेको अन्ध विश्वास हटाउन एउटा नारा तयार पार्नुहोस्

५. प्रचण्ड गोरखा र नेपाल  प्रजापरिषदलाई एक वाक्यमा फरक छुट्याउनुहोस्

६. वि. स. २०१७, पुष १ र  वि. स. २०६१, माघ १९ लाई कारण र उपलव्धिका आधारमा फरक छुत्यौनुहोस

७. वितिय शिक्षालाई प्रभावकारी बनाउने कुनै एक उपाय लेख्नुहोस्

८. नेपालको पर्यटन प्रवर्धन गर्न एउटा आकर्षक प्लेकार्डको नमुना  बनाउनुहोस् |

९. विश्व व्यापिकरणको कुनै एक सकारात्मक पक्ष लेख्नुहोस् |

१०. सामाजिक संजालको सदुपयोगका लागि एक सहि सुझाव दिनुहोस् |

११. वसाईसराईका कुनै एक नकारात्मक प्रभाव लेख्नुहोस् |    

                       समूह ‘ख’

   छोटो उत्तर आउने प्रश्नहरू (९×४=३६)

१२. हाम्रो राष्ट्रिय गौरव हाम्रो पहिचान शिर्षकमा एउटा लेख तयार पार्नुहोस् |

१३. हाम्रो देशमा संघीयताले ल्याएका सकारात्मक परिवर्तनहरू लाई संस्थागत गर्न के गरिनुपर्दछ ?

१४. हामीलाई थाहा छ विश्व बन्धुत्व विश्व शान्तिको मूल आधार हो | विश्व बन्धुत्वलाई बढाउन के कस्ता कार्यहरूलाई अगाडी बढाउनु पर्दछ ? आफ्नो सुझाव लाई चार बुंदामा लेख्नुहोस

१५. हाम्रा लोक गीत तथा लोक बाजाहरूको संरक्षणमा स्थानीय युवा र स्थानीय निकायको भूमिकालाई चार बुंदामा  उल्लेख गर्नुहोस् |

                                                     अथवा 

तपाईंको विद्यालयमा राष्ट्रिय दिवस मनाउन एउटा कार्यक्रमको खाका तयार पार्नुहोस् |

१६. नेपालमा भ्रष्टाचारले दिन प्रति दिन बढिरहेको अवस्थामा भ्रष्टाचार कम गर्न आम जनता र राज्यको                भूमिकालाई  क्रमस ; दुई बुंदामा लेख्नुहोस

           १७. नेपालको संघीय कानुन निर्माण प्रक्रिया बुँदागत रुपमा लेख्नुहोस |

          १८. पूर्वीय भूमध्येरेखिय हावापानी र पश्चिमी  भूमध्येरेखिय हावापानीलाई चार बुंदामा फरक छुट्याउनुहोस् | 

          १९. विश्व व्यापिकरण नेपालका लागि वरदान हुन् सक्छ | यस कथनलाई चार बुँदामा प्रष्ट पार्नुहोस् | 

          २०. यधपी बाटो घाटो तथा अन्य सुबिधा गाउँ गाउँ पुगे पनि नेपालको जनसंख्या वितरण असमान छ | कि ? प्रष्ट पार्नुहोस् |      

                                                                समूह ‘ग’

                लामो  उत्तर आउने प्रश्नहरू

     २१. निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भय रहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दल र नागरिकको भूमिकालाई         तीन र चार बुंदामा उल्लेख गर्नुहोस् |

     २२. पानाभारिको नेपालको नक्सा कोर्नुहोस र उचित संकेत सहित निम्न तथ्यहरू भर्नुहोस् |

         पश्चिम सेती नदी, यारी, अमादबलम हिमाल, फिदिम  

                                                           अथवा

पानाभारिको उत्तर अमेरिकाको नक्सा कोर्नुहोस र उचित संकेत सहित निम्न तथ्यहरू भर्नुहोस् |

        मृत उपत्यका, रक्की पर्वत, पानामा नहर र मेक्सिको खाडी 

     २३. नेपालमा पंचायत शासन व्यवस्थाको उदयमा राजा र राजनीतिक दलको भूमिकालाइ तीन र चार बुंदामा उल्लेख             गर्नुहोस् | 

     २४. वितिय शिक्षाका महत्व दर्सौदै दुई साथीहरू बीचको एउटा संवाद तयार पार्नुहोस् |  

      


Comments

Popular posts from this blog

एकाइ : ६ हाम्रो भूगोल

एकाइ : ७ हाम्रो विगत