एकाइ : ३ हाम्रा परम्परा र सामाजिक मूल्यमान्यता

 पाठ : १

हाम्रा राष्ट्रिय सम्पदा 

प्राचिन कालमा हाम्रा पूर्खाले धेरै मठ - मन्दिर, दरवार, पटिपौवा बनाएका थिए | विभिन्न परम्परा तथा संस्कृतिहरु चलन मा ल्याएका थिए |यसरी प्राचीन कालदेखि वर्तमान अवस्थासम्म प्रचलनमा रहेका परम्परा, संस्कृति तथा ऐतिहासिक धरोहरहरू जसले मुलुकको राष्ट्रिय पहिचान बनाउन सहयोग गर्दछन । यी सबै राष्ट्रिय सम्पदा हुन। साधरणतया सम्पदालाई तीन प्रकारमा विभाजन गर्न सकिन्छ।

क. धार्मिक सम्पदा

मन्दिर, गुम्बा, स्तुपा, मस्जिद, चर्च,गुरूद्वारा, मूर्तिहरू आदि।

ख. सांस्कृतिक सम्पदा 

मूर्त- ऐतिहासिक भवन, दरवार, स्मारक, शिलापत्र आदि।

अमूर्त - रीतिरिवाज, प्रचलन,भाषा, ज्ञान, लोकगीत आदि।

ग. प्राकृति सम्पदा 

नदी नाला, हिमाल,पहाड आदि।

विश्व सम्पदा सूचिमा सूचिकृत नेपालका सम्पदाहरू

१. काठमाडौ दरवार क्षेत्र

२. पाटन दरवार क्षेत्र

३. भक्तपुर दरवार क्षेत्र

४. चागुँनारायण मन्दिर

५.बौद्धनाथ स्तुपा

६. पशुपतिनाथ क्षेत्र

७. स्वयम्भूनाथ स्तुपा

८. सगरमाथा राष्ट्रिय निकुञ्ज 

९. चितवन राष्ट्रिय निकुञ्ज 

१०. लुम्बिनी ।

सम्पदाको महत्व:

  • कुनै पनि मुलुकको सम्पदाले त्यस मुलुकको कलाकौशल देखाउने हुंदा यसले उक्त मुलुकको ख्याति  बढाउन सहयोग गर्दछ।
  • मुलुकको राष्ट्रिय सम्पदाले धार्मिक तथा सामाजिक  सहिष्णुता अभिव्रीद्धी गर्न सहयोग गर्दछ।
  • राष्ट्रिय सम्पदाले पुर्खाको त्याग र वलिदान तथा दक्षतालाई जीवन्त राख्दै पौरखी र आत्मनिर्भर बनाउन सहयोग गर्दछ।
  • राष्ट्रिय सम्पदा पर्यटकीय गन्तब्य स्थल हुने भएको हुनाले आन्तरिक तथा बाह्य पर्यटक बढ्दा उक्त स्थान साथै मुलुककै आर्थिक गतिविधिमा वृद्धि हुन्छ।
  • विश्व सम्पदा सूचिमा सूचीकृत सम्पदाहरूले अन्तर्राष्ट्रिय पर्यटक आवागमनमा ठुलो सहयोग पुर्याउने हुंदा मुलुकलाई अन्तर्राष्ट्रिय जगतमा देशलाई चिनाउन सहयोग पुग्दछ।

पाठ : ८ 

विश्व वन्धुत्व  र मानवता 



पृथ्वीमा बसोबास गर्ने सबै धर्म, संस्कृति, वर्ग, जातजाति,लिङ्ग,वर्ण तथा आर्थिक अवस्था भएका मानिसहरूको साझा घरको रूपमा लिएर सबैप्रति समान तथा सम्मानपूर्वक गर्ने व्यवहार वा आचरण नै विश्ववन्धुत्व हो। विश्ववन्धुत्वले विश्वम मानिसबिचको आत्मिय व्यवहारलाई जनाउछ ।

विश्वबन्धुत्वको आधारहरू 

  • भाइचाराको भावना 
  • सहानुभूति 
  • समनुभुती 
  • धार्मिक तथा सामाजिक सहिष्णुता 
  • सामाजिक न्याय 


विश्व वन्धुत्वको महत्त्व 



  • विश्वमा शान्तिको स्थापना हुन्छ।
  • विश्वका मानिसहरूमा आपसी सम्बन्ध र समानुभुतिको विकास हुन्छ।
  • विश्व वन्धुत्वले समतामूलक विश्वको निर्माणमा सहयोग पुर्याउँछ।
  • विश्व वन्धुत्वको भावनाले परोपकार र सेवाको भावनाको विकास हुन्छ।
  • विश्व वन्धुत्वको कार्यले विश्वमा एकताको विकास हुन्छ ।
  • विश्वका सबै मानिसले फरकपनको सम्मान गर्न जान्दछन।
विश्व वन्धुत्व  मानवताको मार्गमा देखा परेका वाधाहरू
  • ठुला तथा धनी राष्ट्रहरूमा अर्थ र शक्तिको उन्माद बढ्नु।
  • विश्वमा घातक हाथतियारको उत्पादन र परिक्षण बढनु।
  • साँघुरो वैचारिकको पर्खाल भित्र खुम्चिएर बस्नु। 
  • विश्वमा बढ्दो व्यक्तिवादी र भौतिकवादी प्रवृत्तिमा वृद्धि हुनु।
  • विश्वमा बढ्दो गरिबी 
विश्वग्रामले मानव जीवनमा पारेका प्रभावहरू 



  • सूचना तथा प्रविधिको सहज आदानप्रदानमा वृद्धि ।
  • अन्तरास्ट्रिय स्तरमै बजारको विस्तार ।
  • वस्तु तथा सेवाको वितरणमा विश्वव्यापीकरण बढ्नु।
  • विश्वग्रामको भावनाले विश्वका मानिसमा भावनात्मक एकतामा वृद्धि ।
  • सुचना तथा प्रविधिमा आएको विकासले ज्ञानको क्षेत्रमा विस्तार भएको छ।
विश्वबन्धुत्वको भावना अभिवृद्धि गर्ने उपाहरू 
  • जुनै भाषा, धर्म, जातजाति, लिंग, समुदायको भए पनि मानवियताको आधारमा सबैलाई समान व्यावहार गर्ने  
  • समाज तथा राष्ट्र राष्ट्रबीच हुने समस्या तथा द्वन्दलाई वार्ताका माध्यामबाट शान्तिपूर्ण ढंगले हाल गर्ने |
  •  अन्य परिवार, समुदाय तथा मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने | 
  • मानिस मानिसबीच असल सम्बन्धको विकास गर्नका लागि अओअसी सम्बन्ध र समानुभुतिको भावनाको विकास गर्ने |
विश्वग्राम र यसले पारेका प्रभावहरू 
संसारमा सुचना तथा प्रविधिको द्रुत गतिमा भइरहेको विकासले सम्पूर्ण विश्वलाई एउटा ग्रामको रूपमा परिणत गरेको छ | यो अवस्थालाई विश्वग्राम भन्दछन | आज बिज्ञान तथा प्रविधिको उच्च विकासका कारण हामी जो जाहाँ भए पनि एउटा सानो प्रविधिका साहयताले नजिकिएका छौं |  
विश्वग्रामले  पारेका  प्रभावहरू 


  • सूचना तथा संचार प्रविधिको विकासका कारण आज जो जाहाँ भए पनि एउटा  सानो प्रविधिको विकासले धेरै नजिकिएका छौँ |
  • विश्वग्रामको अवधारणाले विश्वका मानिसहरूबीच विश्वबन्धुत्वको भावना बिस्तार गर्दै आफ्नो जाति, भाषा, राष्ट्र  तथा धर्म भन्दा माथि उठी मानवियताको सम्बन्ध विकास गर्दै अगाडी बढेको छ | 
  • अमानवीय गतिविधिहरूले आफ्नो स्थान गुमाउदै गइरहेका  छन् भने मानवताका समानुभुती, सहानुभूति, सहयोग, सद्भाव तथा सहकार्य जस्ता मानवीय गुणहरूले राम्रो स्थान पाइरहेको छ |  
  •  विश्वमा घटिरहेका महामारी, गरीबी, अभाव, बेरोजगारी, प्राकृतिक प्रकोप जस्ता समस्याहरूबाट पार पाउन विश्व भरका मानिसहरू एक अर्कासंग हातेमालो गर्दै अगाडी बढिरहेका छन् |
  • एक ठाउँमा उत्पादित बस्तु तथा सेवाहरूले सजिलै अर्को ठाउँमा राम्रो बजार पाइरहेका छन् | यस  किसिमका मानिसले कार्यबाट आफ्नो स्थानमा उत्पादन नहुने बस्तु तथा सेवाको उपभोग गर्न पाइरहेका छन |  
विश्वबन्धुत्वका फाइदाहरू 
  •  विश्वबन्धुत्वको भावनाले विश्वमा शान्ति स्थापना हुँदा विश्वमा विकासका कार्यहरूलाई सहजरूपमा अगाडी बढाउन पाइन्छ | 
  • विश्वका मनिसहरूले डर तथा त्रास रहित वातावरणमा सहजरूपमै आवतजावत गर्न सक्छन | 
  • मुलुकमा रहेका कलकारखाना, व्यापार तथा शैक्षिक संस्थाहरू शान्तिपूर्ण वातावरणमा संचालन हुन पाउँदा वालवालिकाहरूले सहजरूप विद्यालय गइ पढन पाउछन् | 
  • विश्वबन्धुत्वले स्थान पाउदा कुनै पनि मुलुकमा विधिको शासनमा आधारित भइ असल शासन, कानुनि राज्य, जवाफदेहिता तथा पारदर्शिता कायम गर्न ठुलो सहयोग पुग्दछ |
  • विश्वबन्धुत्वको भावनाले मानवता तथा राष्ट्रियताको भावना वृद्धि गर्दै विश्वमा देखिएका द्वन्द तथा झैँ झगडा अन्त्यका मार्ग निर्देश हुन्छ | 
विश्व बन्धुत्व कायम गर्न अन्तर्राष्ट्रिय संघ संस्थाको भूमिका

  • जाति, धर्म तथा धर्मका आधारमा कोहि पनि ठुलो हुन्दैन। जाति तथा धर्म मानव सिर्जत आधारहरू हुन। जन्मजात मानिस बराबर हुन्छ भन्ने चेतना जगाउने कार्य गर्नु पर्दछ।
  • मुलुकमा बढ्नसक्ने हिंसा तथा द्वन्द्व कम गर्न तथा रोक्न पहल गर्नु पर्दछ साथै एक निष्पक्ष मध्यस्थकर्ताको भूमिका पनि निर्वाह पनि गर्न सक्नु पर्दछ।
  • राष्ट्रिय तथा अन्तरास्ट्रिय दिवसहरूमा विभिन्न किसिमका कार्यक्रमहरू आयोजना गरि सबैलाई समानताका आधारमा अवसरहरू प्रदान गर्ने गर्नु पर्दछ ।
  • समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देखापरेका जातीय, भाषिक,धार्मिक तथा भौगोलिक सबै किसिमका विभेद अन्त्यका लागि सकारात्मक र सिर्जनात्मक भुमिका निर्वाह गर्नुपर्दछ। 
पाठ : ९ 
जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिप्रतिको दायित्व 
 

जेष्ठ नागरिकको हेरचाह गर्ने तरिका 
  • आफ्नो घर तथा समुदायमा रहेक जेष्ठ नागरिकलाई सम्मानका साथ बोलाइनु पर्दछ | 
  • जेष्ठ नागरिकहरूसँग समय बिताई उनीहरूका कुराहरू सुनिदिनु पर्दछ | यसरी उनिहरूको कुरा तथा विचार सुनिदिंदा उनीहरू आत्म विश्वासप्रति विकास प्राप्त हुन्छ | 
  • सत्तरी वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई सार्वजनिक यातायातमा यात्रा गर्दा पचास प्रतिशत भन्दा बढी छुट दिइनु पर्दछ | 
  • प्रत्येक जेष्ठ नागरिकलाई राज्यले निशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुपर्दछ | 
  • सार्वजनिक सेवा प्रदायक  स्थानहरूमा जेष्ठ नागरिकका लागि छुट्टै डेस्क वा लाइनमा  पहिलो प्राथमिकता प्रदान गरिनु पर्दछ  ।
जेष्ठ नागरिक प्रति परिवार र  राज्यको भूमिका 
परिवारको भूमिका 
  • परिवारका प्रत्येक सदस्यले आफ्नो परिवारमा हुनुहुने जेष्ठ सदस्यप्रति सम्मान र सद्भाव देखाउनु पर्दछ | 
  • उहाँहरूको विचार तथा अनुभव  सुनेर आवश्यक परे ढाडस दिनुपर्दछ | 
  •  उहाँहरू बस्ने तथा सुत्ने कोठा खुल्ला तथा हावा  बहने किसिमको हुनुपर्दछ | 
  • उहाँहरूलाई समयमै भोजन प्रदान गर्ने र खाए नखाएको पनि विचार गर्नुपर्दछ| साथै नियमित रुपमा सन्तुलित भोजन प्रदान गर्नुपर्दछ| 
  • सय समयमा बाहिर घुमाउन लैजानु पर्दछ।
राज्यको भूमिका 
  • आफ्नो मुलुकमा बसोबास गर्ने प्रत्येक जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्ने |
  • उहाँहरूलाई सार्वजनिक यातायातमा निशुल्क यात्राको  व्यवस्था मिलाउनु पर्दछ | 
  • सबै सेवाप्रदायक कम्पनिहरूले सेवा प्रदान गर्दा जेष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ ।
  • परिवार वा वृद्ध आश्रम कहिँ पनि उहाँहरूको बस्ने खाने व्यवस्थालाई राम्रोसङ्ग मिलाउनुपर्दछ| 
  • जेष्ठ नागरिक उपर हुने कुनै पनि प्रकारको दुरव्यवहार तथा होच्याउने कार्य भएको पाइएमा त्यस उपर छानबिन गरी कारवाहीका लागि सिफारिस गरिनुपर्दछ | आदि |  
नेपालमा असहाय तथा अपाङ्गता भएका व्यक्तिहरूका राज्यबाट भएका प्रयास हरू 
  • अपाङ्गता भएका व्यक्तिहरूलाई वर्गीकरण गरी त्यस वर्गीकरणका आधारमा परिचयपत्र प्रदान गरिने व्यस्वस्था मिलाइएको छ |  
  • राज्यले समावेशी कोटा अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलागि  ४ प्रतिशत सिटको व्यवस्था गरेको छ | 
  • राज्यले अपाङ्गता भएका व्यक्तिहरूलागि नि:शुल्क शिक्षाको व्यवस्था गरेको छ |
  • अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन -२०७४ अनुसार यस्ता व्यक्तिहरूलाई अपमानजनक व्यवहार, शारीरिक वा मानसिक दुर्व्यवहार, कुनै पनि किसिमको हिंसा गरेको प्रमाणित भएमा दण्डको व्यवस्था गरिएको छ | 
  • राज्यले तोकेको भन्दा कम आय भएका अपाङ्गता भएका व्यक्तिलाई  निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ | आदि| 
नेपालमा असहाय तथा अपाङ्गता भएका व्यक्तिहरूको अवस्थामा सुधार ल्याउन गर्नु पर्ने कायहरू 
  • असहाय तथा अपाङ्गता भएका व्यक्तिहरूलाई उनिहरूकै क्षमताका आधारमा अवसरहरू प्रदान गरि त्यसै अनुरुप काम गर्ने वातावारण प्रदान गरिनु पर्दछ | 
  • समाजमा उनीहरू प्रति रहेको नकरात्म सोचलाई हटाई उनीहरूलाई हौसला र उत्प्रेरणा प्रदान गर्नुपर्दछ |
  • राज्यले पनि स्थानीय तह देखिनै उनीहरूको तथ्यांक जम्मा गरी उनीहरूलाई आर्थिक तथा अन्य किसिमको सहयोग प्रदान गर्नु पर्दछ | 
  •  असहाय तथा अपाङ्गता भएका व्यक्तिहरूको सहयोगार्थ स्थापित संघ संस्थाले पनि उनीहरूको समग्र विकासका लागि राज्यसँग मिलेर आफ्ना कर्यक्रमहरूलाई अगाडी बढाउनु पर्दछ | 
  • परिवारका सदस्यहरूले पनि आफ्ना परिवारमा भएका त्यस्ता सदस्यहरू राम्रो ख्याल राख्नु पर्दछ |  


 
पाठ ७.

युनिसेफ 
स्थापना : सन् १९१९
मुख्यालय : न्युयोर्क, अमेरिका
कार्य:

Comments

Popular posts from this blog

SEE का लागि

एकाइ : ६ हाम्रो भूगोल

एकाइ : ७ हाम्रो विगत