एकाइ : १ हामी र हाम्रो समाज

 पाठ : १ सामाजिकीकरण 

पाठ गत सिकाइ उपलब्धि 

समजिकिकरणको परिचय दिन 

समजिकिकरणका तत्वहरू पहिचान  र व्याख्या गर्न 

समजिकिकरणका विभिन्न माध्याम र महत्व बताउन 

समजिकिकरणका सिपहरू अभ्यास गर्न 


  

कठिन तथा पारिभाषिक शव्दहरू 

शिष्टता - बोलीको मिठास  

समायोजन - आफु बसेको समाज वा वातावरणमा घुलमिल भइ बस्ने काम 

पिंढी - पुस्ता  

हस्तान्तरण - अरूको हातमा दिने काम 

दौंतरी समूह - उस्तै उमेर भएका साथीहरूको समूह 

औपचारिक शिक्षा - विधालय वा विश्वविधालय बाट पाइने शिक्षा 

अनौपचारिक शिक्षा - विधालय वा विश्वविधालय बाहिर बाट पनि पाइने शिक्षा  

समकालीन  - एउटै समयका 

मानिस सामाजिक प्राणी हो | आफु बसेको समाजबाट उसले सामाजिक मूल्यमान्यता, परम्परा, धर्म तथा संस्कृति सिक्दछ  र यी सामाजिक गतिविधिहरुलाई आफु अनुकुल बनाई समाजमा रहन सिक्दछ | यसरि सामाजिक गतिविधिहरु आफु अनुकुल बनाई समाजमा समाहित हुने प्रक्रिया सामाजिकीकरण हो | सिकाइ प्रक्रिया परिवारबाट नै सुरु हुन्छ  र परिवारलाई पहिलो पाठशाला भन्दछन भने आमा बाबा पहिलो शिक्षक हुन् | भाषा, औपचारिक वा अनौपचारिक रुपमा सिकिने सामाजिक मूल्य शिक्षा, सामाजिक अन्तरक्रिया, सरसहयोग, प्रेम तथा मैत्रीभाव आदिलाई सामाजिकीकरणका तत्व मानिन्छन् |

सामाजिकीकरणका विशेषता

१. सामाजिकीकरण निरन्तर रुपमा चलिरहने एक सामाजिक प्रक्रिया हो | 

२. सामाजिकीकरण प्रक्रिया समाज तथा भूगोल अनुसार फरक हुन्छ | 

३. सामाजिकीकरण निरन्तर रुपमा चलिरहने एक सामाजिक प्रक्रिया भएकाले यसका मूल्य मान्यताहरु एक पिंढीबाट अर्को पिंढीमा हस्तान्तरण हुन्छ | 

४. समाजका नीतिनियम तथा मूल्यमान्यताहरुले समाजका सदस्यहरुलाई नियन्त्रणमा राखेको हुन्छ | 

५. सामाजिकीकरण प्रक्रियाले एक असल समाज निर्माणमा ठुलो सहयोग पुरयाईरहेको हुन्छ | 

सामाजिकीकरणको महत्व 

१.  सामाजिकीकरण प्रक्रियाद्वारा एक सभ्य तथा असल समाजको निर्माण हुन्छ | 

२. समाजका प्रत्येक सदस्यले आफ्नो भूमिका तथा कर्तव्य त्यहि समाजबाट सिक्दछ र त्यहि समाजमा समाहित हुन्  सिक्दछ  

३. सामाजिकीकरण प्रक्रियाले समाजमा सामाजिक मूल्यमान्यता कायाम गर्न सहयोग गरिरहेको हुन्छ | 

४. सामाजिकीकरण प्रक्रियाद्वारा समाजमा रहेको सामाजिक मूल्यमान्यता, परम्परा, धर्म तथा संस्कृतिको जगेर्ना गर्न सहयोग गर्दछ | 

५. सामाजिकीकरण प्रक्रियाले समाजका प्रत्येक सदस्यको सामाजिक सिपको विकस गरि समाजमा घुलमिल हुन ठुलो मद्दत गर्दछ | 

समजिकिकरणमा निम्न तत्वहरूले भूमिका निर्वाह गर्दछ 

१. भाषा 

२. मुल्य शिक्षा 

३. सामाजिक अन्तरक्रिया 

४. सामाजिक वातावारण तथा सद्भाव 

५. प्रेम तथा स्नेह 

६. सहयोग 

७. गैर शाव्दिक संचार 

जैविक मानव, सामाजिक मानवमा रूपन्तरण हुन्छ | कसरी ?

समाजमा रहेका हरेक सदस्यलाई आफु बसेको समाजको नीति, नियम, मूल्यमान्यता, संस्कार तथा परम्परासंग व्यावहारिक रूपमा परिचित गराउने कार्य सामाजिकीकरण हो | जैविक रूपमा जन्मेको मानवलाई सामाजिक मानवमा रूपान्तरण गर्दछ |  निम्न बुदाँहरूद्वारा मानिस जैविक प्राणिद्वारा सामाजिक प्राणीमा रूपन्तरण हुन्छन भन्ने कुरालाई प्रष्ट पार्न सकिन्छ |  

  १. सामाजिकिकरणले मानिसलाई आफ्नो समाजको मूल्यमान्यता, संस्कृति तथा संस्कृतिक गतिविधिसंग परिचित भइ त्यसलाई अंगाल्दै अगाडी बढ्न सहयोग गर्दछ |

२. समजिकिकरणले व्यक्तिलाई सामाजिक भूमिकाका लागि तयार गर्दछ |

३. सामाजिकीकरणले मानिसलाई सामाजिक सिपको विकास गर्दै समाजमा समाहित हुन सहयोग गर्दछ | 

४. समजिकिकरणका माध्यमबाट व्यक्तिको व्यक्तित्व विकास हुन्छ | 

५. सामाजीकरण असल र सभ्य समाज निर्माणको एउटा आधारभूत आधार हो | 


सामाजिकीकरणका माध्याम 




समाजका प्रत्येक सदस्यलाई सामाजिक मूल्यमान्यता, परम्परा, धर्म तथा संस्कृति सिकाउने साधन तथा आधारहरु सामाजिकीकरणका माध्याम हुन् | सामाजिकीकरणका माध्यामहरु दुई प्रकारका हुन्छन् | 

१. प्रथामिक माध्याम

परिवार, नातागोता तथा नातेदार, छिमेक, साथि भाइ तथा दौतरी समूह प्राथमिक माध्याम हुन् |  

२. द्वितीय माध्याम 

विद्यालय, विश्वविद्यालय,  मठ मन्दिर, स्थानीय  संघ संस्था, क्लब, संचार माध्यामहरु द्वितीय माध्याम  हुन् |
३. सामाजिकिकरणका तत्वहरू
१. भाषा
२. शिक्षा
३. सामाजिक अन्तरक्रिया
४. सहयोग
५. प्रेम र स्नेह
६. शब्दरहित संचार
७. सामाजिक वातावरण

सामाजिकीकरणका महत्वहरू

सामाजिकीकरणका महत्वाहरूलाई निम्न बुंदाहरूद्वारा प्रष्ट पार्न सकिन्छ ; 

  • सामाजिकीकरणबाटै बालबालिका तथा सबै उमेर समुहका मानिसहरूले समाजमा भएका सामाजिक व्यवहार तथा सामाजिक मूल्यमान्यताहरू सिक्दछन |
  • समजिकिकरणले समाजमा रहेका हरेक व्यक्तिको व्यक्तित्व विकासमा सघाउ पुर्याउँछ |
  • सामाजिकिकरणले समाजलाई एक असल समाजको निर्माण कार्यमा मार्ग निर्देश गर्दछ |
  • सामजिकिकरणले समाजमा समाहित भई बस्ने शिप तथा कलाको विकास गर्दछ |
  • समजिकिकरण प्रक्रिया समाजमा रहने प्रत्येक सदस्यको जीवनपद्दतिलाई सहज र सरल बनाउने माध्याम हो |    

सामजिकिकरणका तत्वहरू

  • भाषा 
  • सामाजिक अनतक्रीया 
  • प्रेम, स्नेह र सहयोग
अभ्यासका लागि प्रश्नहरू 
१.सामाजिकीकरणको परिचय दिनुहोस् |
२. सामाजीकरण सिकाइको एउटा निरन्तर प्रक्रिया हो | प्रष्ट पार्नुहोस् |
३. समजिकिकरण भएको व्यक्तिको व्यावहारमा कस्तो परिवर्तनहरू आउछन ? 
४. सामाजिकीकरणका विशेषताहरू उल्लेख गर्नुहोस् |
५. विधालयलाइ समाजिकिकरणको दोस्रो माध्यमका रूपमा किन लिइन्छ ?  
६. सामाजिकीकरण प्रक्रियामा भाषाको भूमिकालाई प्रष्ट पार्नुहोस् |
७. सामाजिकीकरण जैविक मानिसलाई सामाजिक मानिसमा रूपान्तरण गर्ने एउटा प्रक्रिया हो | प्रष्ट पार्नुहोस् |

पाठ : २
पहिचन र विविधता




कुनै पनि व्यक्तिको जातजाति,वर्ण, धर्म, सम्प्रदाय तथा अन्य कुनै आधारमा हुने परिचय पहिचान हो। मानवीय पहिचनका दुईवटा आधारहरु हुन्छन ; व्यक्तिगत पहिचन र सामुहिक पहिचन ।

मानवीय पहिचनका आधारहरू :

राष्ट्रिय पहिचान :
प्रजातिय पहिचान  :
जातिय पहिचान :
धार्मिक पहिचान :
क्षेत्रीय पहिचान :
भाषिक पहिचान :

पहिचानको महत्त्व :

  • पहिचानले कुनै पनि व्यक्तिको समुहको पहिचान कायाम गराँछ ।
  • पहिचनले व्यक्ति तथा समुदायमा अपनत्व गराउँछ।
  • यसले आफ्नो अधिकार प्रती सचेत गराउँछ ।
  • पहिचानले व्यक्ति तथा समुहलाई आ-आफ्नो अधिकारप्रती सचेत गराउँछ ।
  • पहिचान व्यक्ति तथा समुहको पहिचान गराउने आधार पनि हो।

विविधतामा एकता
फरक फरक पहिचान भएका व्यक्ति, समूह  तथा सम्प्रदायहरुबिचमा सद्भाव, सहकार्य, सम्मान र सहिष्णुता कायम रहेको  अवस्था विविधतामा एकता हो । नेपालमा १२५ भन्दा बढी जातजाति , १२३ भन्दा बढी भाषा तथा १० भन्दा बढी धर्महरु रहेका छन ।

विविधतामा एकताको महत्त्व

  • सभ्य समाजको निर्माणमा सहयोग पुग्दछ।
  • फरक फरक क्षमता तथा दक्षता भएको जनशक्तिहने हुँदा समाजको विकास छिटो छरितो हुने गर्दछ।
  • विविधतामा एकताले राष्ट्रिय एकता वृद्धि गर्न सहयोग पुग्दछ ।
  • विविधतामा एकताले सामाजिक तथा आर्थिक विकासमा सहयोग पुग्दछ ।
  • यसले  शान्तिपूर्ण सह अस्तित्वको भावना विकास गर्न सहयोग गर्दछ।
सबै जातजाति, समूह तथा व्यक्तिलाई आफ्नो पहिचान प्रति गर्व हुन्छ | यसरी आफ्नो पहिचान प्रति गर्व हुनुका कारणहरू ;
  • पहिचानले व्यक्ति, समूह तथा जातजातिको परिचय कायम गराउदछ |
  • पहिचानले व्यक्ति, समूह तथा जातजातिको आफ्नो पहिचान प्रति अपनत्व बोध गराउन सहयोग गर्दछ |
  • व्यक्ति तथा समुहको पहिचानले व्यक्ति तथा समुहगत अधिकार तथा अवसर प्रति सचेत गराउदछ | 
  • पहिचानले सबैको सम्मानको बोध गराउदछ | 
नेपालमा विविधतामा एकता कायम गर्ने उपायहरू :

  • सबै जातजाति भाषाभाषी , लिंग, धर्म, तथा समूहलाई समान व्यवहार तथा वातावारणको सिर्जना गरिनु पर्दछ| 
  • सवै धर्म, सम्प्रदाय, जातजाति तथा समुहको आफ्नै अस्तित्व र पहिचान हुने हुँदा त्यसलाई स्विकार्नु पर्दछ।
  • नेपालको संविधानको प्रस्तावनामै नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, तथा बहुसांस्कृतिक मुलुक को रुपमा परिभाषित गरेकाले समता मुलुक समाज निर्माणमा जोड दीइनु पर्दछ | 
  • निश्चित जातजाती, पेशा, सम्प्रदाय तथा भूगोलका मानिसहरु प्रति हुने भेदभावक मुलक व्यावहारलाई अन्त्य गरी  स्वस्थ समाज निर्माण गरिनु पर्दछ |
पाठ : ३ 
हाम्रा राष्ट्रिय गौरवहरू
राष्ट्रिय गौरव भन्नाले त्यस्ता विषयहरूलाई जनाउछ जसले कुनै पनि मुलुकलाई विश्वमा चिनाउन सहयोग गर्दछ। यी ती मुलुकको प्राकृति सम्पदा, धर्म, संस्कृति तथा इतिहास जे पनि हुन सक्छन।
हाम्रो मुलुक नेपालका राष्ट्रिय गौरवका विषयहरू:
हाम्रो मुलुकको राष्ट्रिय गौरवको महत्वलाई बढाउने उपाय;
  • राज्यले राष्ट्रिय गौरवका विषयहरूको विकासका लागि राष्ट्रिय स्तरमै योजना तर्जुमा गरि कार्यन्वयन गर्नुपर्छ।
  • राष्ट्रिय गौरवका विषयहरूको महत्त्व बढाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सन्चारका माध्यमबाट प्राचार प्रसार गर्नुपर्छ।
  • राष्ट्रिय गौरवका विषयका बारेमा नयाँ पुस्तालाई पाठ्यपुस्तक तथा अन्य सामग्रीहरूबाट सुसूचित गराउनु पर्छ।
  • राज्य, स्थानिय निकाय तथा आम जनता यी सबैको संरक्षण र संवर्धनमा सक्रिय रूपमै लाग्नुपर्छ । आदि।
,
विरता बोकेको इतिहास 
बहुसांस्कृतिकता
राष्ट्रिय झन्डा 
राष्ट्रिय गान
लुम्बिनी
जानकी मन्दिर
पशुपतिनाथ मन्दीर
सगरमाथा 



Comments

Post a Comment

Popular posts from this blog

SEE का लागि

एकाइ : ६ हाम्रो भूगोल

एकाइ : ७ हाम्रो विगत